देउजागाउँ आधारभूत विद्यालयमा छात्रवृत्ति तथा पुरस्कार वितरण
- आश्विन ५, २०८२
भक्तपुर, ३ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घ भनपा वडा नं १ एकाइ समितिको आयोजनामा शुक्रबार स्थानीय युवाहरूको भेला भयो ।
देशको समसामयिक विषयमा भएको उक्त भेलामा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले भ्रष्टाचारीहरूलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिँदै नयाँ पुस्तालाई राजनीतिक चेतना दिनुपर्छ† इमानदार बनाउनुपर्छ र सङ्घर्ष गर्न प्रेरित गर्नुपर्छ भन्नुभयो ।
विदेशीहरूको चलखेलप्रति सतर्क हुनुपर्ने विचार व्यक्त गर्दै उहाँले सार्वजनिक सम्पत्ति ध्वस्त पार्ने कार्य निन्दनीय छ भन्नुभयो ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीमाथि एनजीओलाई अदालतमा भित्याउने आरोप लागेको उल्लेख गर्दै उहाँले ऊर्जामन्त्री कुलमान घिसिङ भारतको बिजुली महँगोमा किनेर नेपालको बिजुली भारतलाई सस्तोमा बेच्ने व्यक्ति हुन् भन्नुभयो ।
आन्दोलन निश्चित उद्देश्यको निम्ति हुनुपर्ने औँल्याउँदै उहाँले आन्दोलनमा घुसपैठ भएको हो भने त्यसबारे आयोजक समितिले समीक्षा गर्नुपर्छ भन्नुभयो ।
नेमकिपा भनपा वडा नं. १ का अध्यक्ष कृष्णबहादुर दुगुजुले पार्टीले विगतमा थालेको आन्दोलनबारे चर्चा गर्दै नयाँ पुस्तालाई प्रशिक्षित गर्दै आएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष लक्ष्मीसुन्दर सुवालको सभापतित्वमा भएको सो कार्यक्रममा राजन कोजु, कृता कोजु, विनिसा सकिजु र राज श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply