भर्खरै :

मोदी अनसनमा

नयाँ दिल्ली, ११ अप्रिल । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अनसन बस्ने भएका छन् । विपक्षी दलले भारतीय संसदमा अवरोध गरेको विरोधमा भारतीय जनता पार्टी भाजपाका अरु सांसदहरुसँगै मोदी पनि एक दिन अनसन बस्न लागेका हुन् ।
भाजपाको एक दिने अनसन मूलतः काँग्रेस आइले संसदमा गर्दैआएको अवरोधको विरोधमा हुने बताइएको छ । भाजपाका अध्यक्ष अमित साहले पनि अनसनमा भाग लिनेछन् ।
साह भने हाल कर्नाटकमा आगामी चुनावको तयारीमा व्यस्त छन् ।
भाजपाले काँग्रेस नेतृ सोनिया गान्धी सहित काँगे्रस आई पार्टीमाथि संसद अवरोध गरेको आरोप लगाउँदै आएका छन् ।
काँग्रेसले भने आफूमाथिको आरोप झुठ भएको र मोदीको अनसन नाटक भएको प्रतिक्रिया जनाएको छ ।
‘यो मोदी सरकारको नाटक हो । भाजपाले देशसँग क्षमा माग्नुपर्छ र आफूले २५० घण्टाभन्दा बढी समय संसद अवरोध गरेकोमा भाजपा अनसन बस्नुपर्ने हो ।’, काँग्रेस प्रवक्ता रणदिप सिंह सुर्जेवालाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *