“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
कृतिका प्रजापति
मानव भएर जन्म लिइसकेपछि व्यक्तिमा अनेक इच्छा र सपना हुनु स्वाभाविक हो । कहिले ती सपना पूरा गर्न सहज बाटो भेटिन्छन् भने कहिले सपनालाई पछ्याउँदा पछ्याउँदै टुंगो नभएको बाटोमा हिंडिरहेको हुन्छ । मानिसले मृत्युलाई टार्न सक्दैन । जन्म पछि मृत्यु अवश्य हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि आत्महत्या गर्नु निराशा, उपायविहीनता, आशाको उज्यालो नदेख्नु र कायरताको पराकाष्ठा हो । आत्महत्या गर्नु भनेको जीवनदेखि भाग्नु हो । जीवनमा सुख–दुःखका क्षणहरू आइरहन्छन् । अज्ञानता, अति महत्वाकांक्षी, ईष्र्या, अपरिपक्वता आदिका कारण मानिसहरू आत्महत्या गर्छन् ।

अहिलेका किशोर–किशोरीहरू आफूलाई सानै उमेरदेखि परिपक्व ठान्छन् । समयको चालचलन, विभिन्न सुविधाहरूको उपयोग, सामाजिक सञ्जालमा आबद्धता र प्रतिस्पर्धी समाजले गर्दा उनीहरू अरुभन्दा भिन्न रुपले प्रस्तुत हुन चाहन्छन् । विशेषगरी किशोरावस्थामा कसैले आत्महत्या गर्छ भने त्यो पक्कै अपरिपक्क र अज्ञानताले भएको हो भनी आँकलन गर्न सकिन्छ । अहिलेका किशोर–किशोरीहरूमा सानै उमेरदेखि विपरीत लिंगका साथीहरूप्रतिको आकर्षण, सामाजिक सञ्जालको व्यापक दुरुपयोग र परिवारको उचित हेरचाहको अभावले गर्दा उनीहरूले डिप्रेसनका कारण मृत्युको बाटो रोजिरहेका छन् ।
भर्खरै १५–१६ वर्षका किशोर–किशोरीहरूको आत्महत्याको खबरले जो–कोही दुःखी हुन्छन् । आमा आफ्नो सन्तानको आत्महत्याको कुराले बेहोस् हुन्छिन् । आत्महत्या गर्नुपूर्व उनीहरूमा भएको तनाव, छट्पटीलाई बुझेर सही मार्गदर्शन गर्न नसक्नुमा अभिभावकले पश्चातापको आँसु खसाल्नुपर्ने हुन्छ । आफ्नो सन्तान कुन बाटोमा हिंडिरहेको छ, उसको साथी संगत कस्तो छ र उसको बानी व्यवहारमा आएको परिवर्तनलाई हरेक अभिभावकले समयमै सबै कुराबारे जानकारी राख्नु आवश्यक छ । साथै टोल–टोलमा क्लब, विद्यार्थी संगठनहरू खोलेर किशोर–किशोरीहरूलाई त्यसमा संलग्न गराउन सकेमा उनीहरूको ध्यान मोड्न पनि सकिन्छ । युवाहरूले आ–आफ्नो संगठनमा साहित्य गोष्ठी, वादविवाद प्रतियोगिता, स्वतन्त्र भाषणको कार्यक्रम, खेलकुद आदि कार्यक्रम आयोजना गरी व्यक्तित्व विकास गर्न सक्छन् । आफ्ना सन्तानलाई प्रगतिशील बाटोतिर दो¥याउने प्रयास हरेक अभिभावक र समाजको दायित्व हो ।
समाजमा कसैको आत्महत्याको खबरले हामी ‘बिचरा’ ! ‘कठै’ ! भन्दै सहानुभूति व्यक्त गर्नु सिवाय अरु केही गर्न सक्दैनौं । केही घटना हुनुको पछाडिका रहस्यहरू अनुमान गर्दै बस्छौं । के समाजमा बसिसकेपछि र एउटा सामाजिक प्राणी भएको नाताले सहानुभूति प्रकट गर्दैमा समाजप्रतिको हाम्रो दायित्व पूरा हुने हो ? हुन त हाम्रो समाज या भनौ परिवारमा शिक्षा र व्यवहारिक ज्ञानको कमी छ ।
किशोर–किशोरीहरूको संवेदशील उमेरमा पनि यदि परिवारले आफ्ना सन्तानको विशेष रेखदेख र उनीहरूलाई आवश्यक मानसिक, शारीरिक, शैक्षिक, सामाजिक आदि दिशानिर्देशन गर्न नसक्नु भनेको आफैले आफ्नो सन्तानलाई दुर्गतिको बाटोतिर दोहो¥याउनु ठहर्छ । किशोर–किशोरी आफ्नो करिअर र साथीभाइसँगको सम्बन्ध (रिलेसनसिप) मा असफल भएको महसुस गर्दै डिप्रेसनको सिकार हुन्छन् । एक–दुई महिनाको डिप्रेसनमा फसेको व्यक्तिलाई यदि उसले सही दिशानिर्देश नपाए उसले स्वतः जीवनदेखि पलायनको बाटो रोज्छ । खराब साथीको संगत, कुलत, लागूपदार्थ सेवन आदिमा फस्ने सम्भावना पनि १२–२० वर्षका वा टिनएजरका किशोर–किशोरीमा धेरै देखिन्छ ।
बढी त अहिलेका किशोर–किशोरीहरू आफ्नो केटा साथी वा केटी साथीले विश्वासघात गरेको भन्दै आत्महत्या गर्छन् । उसलाई थाहा हुन्छ आफू सुन्दर, असल र सक्षम छ भन्ने । आफू भन्दा महत्वपूर्ण यो संसारमा कसैलाई सम्झनु हुँदैन । अरुले आफूलाई कसरी मूल्याड्ढन गर्छ भन्ने मुख्य कुरा होइन । यदि आफू स्वयम् खुसी हुन सक्दैनन् र अरुको माध्यमबाट खुसीको आशा गर्छ भने त्यसले मनलाई सधैं पीडा र छटपटीमात्र दिन्छ । अरुको भरमा नपरी आफै सक्षम हुने कोसिस हरेक व्यक्तिले गर्नुपर्छ । हामीले यो संसारमा आउँदा के नै लिएर आएका छौं र, केही चिज गुमाउनुमा हामी त्यति धेरै चिन्ता गर्छौं । हरेक चिजको विकल्प भएसँगै यदि अप्रिय घटना भइहाले पनि त्यसको समाधान र विकल्पहरू पनि हुन्छन् । समस्या छन् भने साथीभाइ या आफन्तसँग आवश्यक छलफल गरी समयमै त्यसको समाधान गर्नतिर लाग्नुपर्छ ।
साथीभाइसँगको मनमुटाबमा आफू एक्लो हुने डरले मानसिक तनावका कारण मान्छेले आत्महत्या गर्छ, चाहे त्यो विवाहित होस् वा अविवाहित । हाम्रो समाज नै कमजोर र एक्लोलाई हेप्ने किसिमकोे छ । समाजमा पारपाचुके भएर बसेकी महिललालाई हेर्ने नजर नै बेग्लै छ । आत्मनिर्भरताको बाटोमा हिंड्न थालेमा कसैको साथ छुट्नुमा पछुतो र दुःखी हुुनुपर्ने छैन ।
परिवर्तन भनेको आफैमा हुन्छ । सबै मानिसहरू आफू एक्लो हुने डर मनमा राख्छ । टुटेको÷फाटेको मनलाई हामीले सम्हाल्न सक्छौं तर एकचोटि गुमेको जीवन फेरि पाउन असम्भव छ । एकबारको जीवनमा उतारचढावहरू थुप्रो हुन्छ । समस्यासँगै समाधान पनि हुन्छन् । त्यसैले आफैलाई माया गर्न सिक्नुपर्छ । सेक्सपियरको भनाई ‘मानिसको जीवन बलिरहेको मैन हो’ भनेझैं मृत्यु एकदिन अवश्यक हुन्छ । त्यसैले जतिसुकै कठिन परिस्थिति नै किन आइ नपरोस् आत्महत्याको बाटो रोजेर जीवनदेखि भाग्ने दुस्साहस कसैले नगरौं । देशलाई केही योगदान दिएर जाउँ भन्ने उद्देश्य हरेक युवाहरूमा हुनु जरुरी छ ।
श्रमिक साप्ताहिक बाट
Leave a Reply