देशको रक्षा गर्न र स्वाभिमान जोगाइराख्न नागरिकहरू सधैँ सचेत रहनुपर्ने
- कार्तिक २३, २०८२

भक्तपुर, ५ असोज । देउजा गाउँ आधारभूत विद्यालय, सूर्यविनायक नपा वडा नं. १० को २२ औँ अभिभावक दिवसमा छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजुले विद्यालयको प्रगतिको कामना गर्दै भदौ २३ र २४ गते भएको विध्वंसमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको हात हुनसक्ने बताउनुभयो ।
सिंहदरबार, अदालत, संसदमा आगो लगाउनु ठुलो गल्ती भएको उल्लेख गर्दै उहाँले सरकारमा पटक पटक गएका पार्टीहरूले यसको जिम्मेवारी लिनुपर्ने बताउनुभयो । भ्रष्टाचार, अनियमितता, नातावाद, निर्वाचनमा पैसा बाँड्ने, भोजभतेर खुवाएर मत लिने कामले यो परिस्थिति आएको हो, उहाँले भन्नुभयो ।
उहाँले नेपाली जनताको इमानदारीपूर्वक सेवा गर्नु साँचो राजनीति हो भन्नुभयो ।
कार्यक्रममा देउजा गाउँ आधारभूत विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष सूर्यभक्त त्वाती, प्र.अ. बाबुकाजी श्रेष्ठ, शिक्षक निर्मल माक, चितपोल सामुदायिक सिकाइ केन्द्रका मनशोभा सुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अतिथि सैँजूले विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए ।
Leave a Reply