मदनलाल पौड्यालको आत्मकथा ‘मृत्युले मुसारेको मानिस’
- भाद्र ३०, २०८२
नेपोलियनले रुसमाथि हमला गर्दा रुसी जार सरकार र त्यहाँकै सेनाले मस्को र अन्य धेरै सहर एवम् निर्माणहरूलाई ध्वस्त पारेका थिए । त्यहाँका मेच, टेबल र अन्य सामान सबै भाँचकँुच गरेका थिए तथा खाद्यान्नसमेत ओसारेर साध्य नहुने हुँदा आगो लगाएर नष्ट गरेका थिए ।
रुस क्षेत्रफलको हिसाबले फ्रान्सभन्दा धेरै ठुलो थियो । रुसी सेना पछि हट्दै थियो र फ्रान्सेली सेना रुसमा घुस्दै गयो । रुसी मौसमअनुसार हिउँको वर्षा बढ्दै गयो, फ्रान्सेली सेना मस्को पुग्दा खानेकुरा थिएन, बस्ने कुनै बन्दोबस्त भएन, हिउँ र जाडो बढ्दै गयो, तर सरकारी भवनहरू कब्जा त गरे झ्याल–धोका केहीमा पनि थिएन । आवश्यक लुगाफाटा समेत पुग्दो भएन । फ्रान्सेली सेनाको प्रतिकूलता बढ्दै गयो अनि रुसी सेनाले प्रत्याक्रमण सुरु गर्यो । रुसी भू–दास (किसान जनता) ले आफ्नो देश जोगाउन घरमा भएका हात–हतियार लिएर फ्रान्सेली सेनामाथि जहाँ–तहीँ हमला गर्न थाले । आखिर ३ लाख फ्रान्सेली सेना पेरिस पुग्दा ३ हजार पनि बाँकी रहेन र नेपोलियनसँग खालि आफ्नो रक्षाको निम्ति ३०० सेना बाँकी रह्यो । ‘सेनापतिजी, अरू सेना खोइ ?’ भनी सोध्दा उत्तर दियो – ‘सबै मरे ।’
आखिर उनी अन्तिम पटकको लडाइँ वाटरलु भन्ने ठाउँमा घेरिए र पक्राउ परे, बेलायती सेनाले उनलाई अफ्रिकाको पश्चिम र दक्षिण अमेरिकाको पूर्वमा ‘सेन्ट हेलेना’ भन्ने दुर्गम र अत्यन्त खराब मौसम हुने टापुमा बन्दी बनाएर राख्यो । उनी मर्दा तीन महिनापछि मात्रै पेरिसमा मृत्युको खबर पुग्यो । आत्महत्या गर्ने सम्भावना भएको हुँदा उनको बन्दुकमा गोली हुन्थिएन र हरेक औषधिमा बेलायती सेनाको चर्को निगरानी थियो । तर, उनको भतिजा पुनः सत्तामा पुग्यो, उनी पनि अत्याचारी निस्के, अनि अर्को फ्रान्सेली क्रान्तिले बोनपार्ट परिवारले माथिल्लो पदमा उम्मेदवारसमेत बन्न नपाउने संविधानबाट कानुनको बन्दोबस्त गर्यो ।
xxx
२००७ सालको सशस्त्र सङ्घर्षमा भारतका तालिम प्राप्त कति युवाहरू दोस्रो विश्वयुद्धबाट फर्केका थिए । भारतको गोरखपुरमा तिनीहरू नेपालमा राणा शासन ढाल्न ‘मुक्ति सेना’को पल्टनमा सामेल भए । राणा सरकारका सेना पछि हटे† वीरगञ्ज, भैरहवा, नेपालगञ्जजस्ता केही ठाउँमा ‘मुक्ति सेना’ ले धनी जमिनदारहरूको भकारीको अन्न गरिब जनतालाई बाँडे । वीरगञ्जमा ‘मुक्ति सेना’ ले धनी र मारवाडी व्यापारीहरूसँग रसद–पानीको निम्ति पैसा माग्नु र बन्दोबस्त खोज्नु स्वाभाविक थियो । तर, नेपाल तराईका शोषकहरूले भारतीय सीमाहरूका सरकारी कार्यालयका टेलिफोनबाट दिल्लीमा गुहार मागे । भारतीय सेना नेपालको ठाउँ–ठाउँमा प्रवेश गरी मुक्ति सेनामाथि सशक्त कारबाही गरे । वीरगञ्जमा मुक्ति सेनाका जवान थिरबम मल्ललाई हत्या ग¥यो । भैरहवामा भारतीय सेनाले मुक्ति सेनाका एक नायक डाक्टर के. आई. सिंह र उनका जवानहरूलाई निःशस्त्र गर्दै काठमाडौँ चलान गरियो । के.आई. सिंह सिंहदरबारमा कैद गरिए र अन्य जवानहरूलाई जेलमा राखे ।
डाक्टर के. आई. सिंहले सिंहदरबार कब्जा गरे, त्यो एक प्रकारको सैनिक विद्रोह थियो – मुक्ति सेनाको । दिल्ली सरकारले २४ घण्टाभित्र सिंहदरबार नछोडे ‘बमवार्ड’ गर्ने घोषणा गर्यो त्यो विद्रोही समूहको नेता चीन भागे, तर नयाँ जनवादी सरकारसँग कूटनैतिक सम्बन्ध राख्ने ‘उल्लेख नभएको सूत्र’ बन्यो । पछि मुक्ति सेनालाई मन्दिरहरूको ‘सुनको गजुर चोरेको’ आरोप लाग्यो र मुक्ति सेनालाई रानीपोखरीको दक्षिणपट्टि बनेको अञ्चलाधीश कार्यालय भवन बनाएको ठाउँमा ‘सशस्त्र प्रहरी’ जस्तै एउटा प्रहरी टोलीको रूपमा विस्तार गरियो । पछि तिनीहरूका केही अफिसरहरूसमेत नेपाली सेना (शेर बटालियन) मा लिइए ।
बेलायती पुँजीवादी क्रान्तिका नायक क्रामबेलले १० वर्षको गृहयुद्धको नेतृत्व गरे, त्यस युद्धमा झन्डै ११ प्रतिशत बेलायतीहरू मारिएका थिए । राजा चाल्र्सलाई संसदीय न्याय समितिले ज्यान सजाय दियो । उनी बेलायतका ‘संरक्षक’ भए । १० वर्ष उनको शासनमा उनका ‘नयाँ सेना’ लाई विभिन्न क्षेत्र र अन्य देशमा पनि आक्रमण गर्न पठाइयो । पछि त्यो सेना पनि बदनाम भयो । क्रामबेलको मृत्युपछि उनका छोरालाई प्रोटेक्टर बनाइयो, उनी न सैनिक नेता न त राजनीतिक नेता थिए । एक वर्षपछि उनले राजीनामा दिए । पुँजीपतिवर्ग र सामन्तवर्ग मिले र उठ्दो कामदारवर्गको सेना बदनाम भएपछि राजतन्त्रको पुनः स्थापना भयो । बेलायतको ‘आदर्श सेना’ को पतनपछि बेलायत पुनः एक प्रतिगामी र साम्राज्यवादी देश बन्यो ।
दोस्रो विश्वयुद्धपछि हिटलर जर्मनीको हारपछि सोभियत सङ्घले नियन्त्रणमा लिएको पूर्वी जर्मनीमा समाजवादी व्यवस्था लागु ग¥यो र संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स आदि पश्चिमेली साम्राज्यवादीहरूले कब्जा गरेको भाग ‘पश्चिमेली जर्मनी’ को रूपमा नामकरण गरियो ।
पूर्वी जर्मनीमा विजय दिवसको उत्सव मनाउन सोभियत नेता स्तालिन नगई सोभियत कमान्डर इन् चिफ जुकोभ पुगे । तर, उनले त्यहाँ कलकारखानाहरू ध्वस्त भएको देखेनन् र ठुलठुला हातहतियारसमेत ध्वस्त नगरिएको देखे । कार्यक्रमपछि उनी सोभियत सङ्घमा स्तालिनसँग त्यसबारे प्रश्न गर्दा हाँस्दै उनले बताए, “ती सबै कलकारखानाहरूको पुँजी अमेरिका र पश्चिमी देशहरूले सोभियत अर्थतन्त्रसँग प्रतिस्पर्धा गर्न जर्मनहरूलाई सहयोग दिएका थिए र हातहतियार पनि रुससँग लडाइँ गराउनकै निम्ति दिएका थिए । अचानक सोभियत सेना त्यहाँ पुगेको हुनाले ती सबै नष्ट नभएको हो ।” (जुकोभ क्रान्तिभन्दा पहिले जार सेनाकै एक कमान्डर थिए ।)
सैनिक जर्नल वा सैन्य क्षेत्रमा काम गर्ने हरेक व्यक्तिलाई देशको सबै राजनैतिक, आर्थिक, कूटनैतिक, सैद्धान्तिक र अन्य विषयबारे जानकारी हुन्छ भन्ने होइन । नेपालका पुँजीवादी अर्थशास्त्रीहरूलाई समाजवादी अर्थशास्त्रको राम्रो जानकारी नभएकै कारणले नेपालको अर्थतन्त्र ध्वस्त भएको हो । विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष र एसियाली विकास बैङ्कजस्ता आर्थिक संस्थाहरू पश्चिमी देशकै आर्थिक शोषणका केन्द्रहरू हुन् जसले विकासशील देशहरूको अर्थतन्त्रलाई ध्वस्त पार्दै छन् ।
xxx
वर्तमान सुशीला कार्कीको सरकारलाई दलाई लामाले तुरुन्तै किन बधाई दिए ? नेपालका अन्य कुनै पनि सरकारलाई दलाई लामाले किन बधाई दिएनन् भन्नेबारे धेरै साधारण जनताको जिज्ञासाका विषय बन्यो ।
दलाई लामा तिब्बतको ‘धर्मराज’ हुन् । उनी राजा हुन् तर शासन गर्दैनन् । शासन गर्नेहरू त्यहाँका ठुलाठुला पुराना दास मालिक र सामन्तहरू हुन् । पछि तिब्बत औपचारिक रूपले नै चीनको अभिन्न अङ्ग बन्यो । तर, चीनका अरू केही ‘प्रान्तहरू’ लाई ‘प्रान्त’ नभई स्वायत्त प्रदेशहरू भन्ने गरिएको छ । विभिन्न जातजाति र भाषाभाषीहरूका ती प्रदेशहरू प्रान्तहरूभन्दा फरक धर्म र संस्कृति मान्ने र आ–आफ्नै परम्परा भएको हुनाले प्रान्तले नपाएका अधिकारहरू पनि प्रदान गरिएको देखिन्छ । उदाहरणको निम्ति नेपाल र भोटको लडाइँमा भोट हारेपछि हरेक वर्ष नेपाललाई ‘लडाइँको क्षतिपूर्तिको रूपमा’ केही रकम ‘कर’ तिर्दै आएको थियो । टङ्कप्रसाद आचार्यको सरकारले रणबहादुर शाहको नेपाली–चीन सम्झौताअनुसार तिब्बतको मामलामा पेचिङ दरबारको फैसला अन्तिम हुनेछ भन्ने मान्यतालाई ‘नेपालले त्यो कर नलिने’ बारे चीनसँग समझदारी गरेको थियो । पहिलेदेखि तिब्बतमा पेचिङ सरकारको एकजना ‘गभर्नर’ जस्तै हुन्थ्यो ।
पश्चिमी देशहरूको उक्साहटमा तिब्बेती दास मालिक र सामन्तहरूको विद्रोहपछि दलाई लामाको एक लडाकु टोली नेपालको उत्तरी क्षेत्र मुस्ताङमा बसेको थियो । त्यसको सबै रसद–पानीको आपूर्ति भारत गोरखपुरबाट हुन्थ्यो । (दलाई लामा भारतको सिमलातिर आज पनि बस्छन् र त्यसको सबै खर्च सहयोगको नाममा अमेरिकी गुप्तचर विभाग सीआईएले बेहोरेको बारे सबै सार्वजनिक भएको विषय हो ।) एकपटक वाङ डि लामा वा खम्पाली काण्डले नेपाली सेनाका धेरै जवानहरू मारेको हुनाले दलाई लामाकै टेप सुनाएर वाङ डि लामालाई पश्चिम नेपालबाट बाहिर जाने बाटो दिएको थियो । बाटोमा महाकाली अञ्चलको माथिल्लो जिल्लामा भाग्दै गर्दा नेपाली प्रहरीद्वारा उनी मारिए ।
नेपाल एक चीन नीति मानेको देश हुँदा नेपालले दलाई लामालाई औपचारिकरूपले तिब्बतको शासक मान्दैन । तर, नेपालमा शेरबहादुर देउवा प्रम भएको बेला चिनियाँ दूतावासअगाडि काठमाडौँमा रहेका तिब्बेती शरणार्थीहरूको नाममा भएका ती व्यक्तिहरू धर्ना बस्थे । यसकारण, नेपाली काङ्ग्रेस बरोबर विवादमा परेको देखिन्छ ।
Leave a Reply