भर्खरै :

‘टाल्सटाय, टैगोर, बेथुन, चेहरुको जीवनी पढ्नुस्’

भक्तपुर, २८ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देशको राजनीति बिग्रे जनताले दुःख पाउने हुँदा सही राजनीतिमा लाग्न शिक्षकहरू अभिप्रेरित हुनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
बाल विकास इङ्गलिस सेकेण्डरी स्कूलद्वारा बुधबार आयोजित शुभकामना आदान–प्रदान तथा वार्षिक भेटघाट कार्यक्रममा अध्यक्ष रोहितले कुनै पनि पेशामा निःस्वार्थपूर्वक सेवाभावल लागे सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
पैसा कमाउनकै निम्ति राजनीति गर्ने नेता, मन्त्री र सांसदहरूको कारण देशले सही निकास नपाएको उल्लेख गर्दै उहाँले सत्तामा गएपछि असल मान्छे पनि बिग्रिरहेको बताउनुभयो ।
नयाँ पुस्ताको शैक्षिक, सांस्कृतिक र वैचारिक स्तर उठाउन, योग्य, सक्षम, असल नागरिक बनाउन शिक्षक–शिक्षिकाहरूले विद्यार्थीहरुलाई देश–विदेशका कलाकार, साहित्यकार, नेताहरूको जीवनीबारे सुसूचित गर्न सके देशको इज्जत बढ्ने छ, उहाँले भन्नुभयो ।
घोकन्ते विद्याले निडर, निर्भिक नागरिक तयार नहुने विचार व्यक्त गर्दै अध्यक्ष रोहितले विद्यार्थी जीवनकालदेखि विद्यार्थीहरूलाई बोली–व्यवहारमा शिष्ट बनाउने, चरित्र निर्माण गर्ने काममा शिक्षक–शिक्षिकाहरूको महत्वपूर्ण योगदान हुन्छ भन्नुभयो ।
शिक्षाको क्षेत्रमा नयाँ पुस्ता अघि बढे पनि सांस्कृतिक समस्याले समाज बदल्न कठिनाइ भइरहेको चर्चा गर्दै उहाँले शिक्षकहरूको व्यक्तित्व विकास गर्न लेखक, कलाकार र नेताहरूको जीवनी अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थीहरू जहाँ गए पनि, जहाँ पुगे पनि सक्षम र योग्य बनाउन विद्यालयले विभिन्न गतिविधिहरू गरिरहनुपर्छ, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो – ‘राम्रो पक्षको अनुकरण गर्नुपर्छ, कमिकमजोरी सुधारेर अघि बढ्नुपर्छ ।
टाल्सटाय्, रवीन्द्रनाथ टैगोर, नर्मन बेथुन, चे ग्वेभारा, जोनरिड, एडगर स्नो आदिको जीवनी पढेर शिक्षा लिनुपर्नेमा जोड दिंदै उहाँले अन्धविश्वासबाट मुक्त हुन विद्यार्थीहरूलाई वैज्ञानिक शिक्षा दिनुपर्छ भन्नुभयो ।
चीन र अमेरिकाबीच व्यापार युद्ध भइरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले संरा अमेरिकाले चिनियाँ सामानमा कर बढाएपछि चीनले पनि जवाफको रूपमा अमेरिकी सामग्रीमा कर बढाएको प्रसङ्ग उल्लेख गर्नुभयो ।
प्रदेश नं. ३ का नेमकिपाका सभासद् सृजना सैंजूले देशको मागअनुरूप दक्ष जनशक्ति उत्पादनमा विद्यालयले सहयोग पु¥याउने विचार व्यक्त गर्दै शैक्षिक गन्तव्यस्थल, ज्ञान विज्ञानको केन्द्र बनाउने शैक्षिक अभियानमा बाल विकासले पनि योगदान पु¥याइरहेको बताउनुभयो ।
असल शासनको लागि सिद्धान्त र विचारको इमानदारीपूर्वक राजनीति गर्नुपर्नेमा जोड दिंदै उहाँले सुंसस्कत समाज निर्माणमा शिक्षक–शिक्षिकाहरूको महत्वपूर्ण योगदान हुने विचार व्यक्त गर्नुभयो ।
सत्तारूढ दलका नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभामा समाजवादउन्मुख राज्य र समाजवादउन्मुख अर्थतन्त्रको विकास गर्ने भने तापनि उनीहरू पद र पैसाको राजनीतिमै केन्द्रित भएको विचार उहाँले व्यक्त गर्नुभयो ।
नेमकिपाले क्रान्तिकारी संसदवादको राजनीति गरिरहेको चर्चा गर्दै सभासद् सैजूले शिक्षालाई उत्पादन श्रमसँग जोड्नुपर्छ, शिक्षा अनिवार्य र निःशुल्क हुनुपर्छ भन्नुभयो ।
गलत विचार, गलत कार्य र गलत बाटोको नेमकिपा विरोध गर्छ, नेमकिपा सिद्धान्त र विचारको राजनीति गर्छ, इमानको राजनीति गर्छ, उहाँले भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति चैत्यराज शाक्यले शिक्षकहरूको मेहेनत र प्रयासले नै विद्यार्थी सक्षम, योग्य हुने हुँदा शिक्षकहरूले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक वहन गर्नुपर्नेमा जोड दिनुभयो ।
शैक्षिक स्तरलाई अझ उचाइमा पु¥याउन शिक्षक–शिक्षिकाहरूको सल्लाह र सुझाव आवश्यक रहेको चर्चा गर्दै उहाँले शिक्षकलाई भाषाको तालिम दिन र विद्यार्थीहरूलाई चिनियाँ भाषालाई नियमित कक्षाको रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
बाल विकास इङ्गलिश स्कूलका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले विद्यालयको गतिविधि र भावी योजनाबारे जानकारी दिदैं शिक्षक÷शिक्षिकाहरूले अनुशासित निर्वाह गरिरहेको बताउनुभयो ।
सीमित बजेटको आधारमा विद्यालय र विद्यार्थीका आधारभूत आवश्यकता पूर्ति गरिरहेको विचार व्यक्त गर्दै उहाँले विद्यार्थीहरूको व्यक्तित्व विकास गर्न भाषा, वाद्यवादन, साहित्य, नाचगान, खेलकुद आदि क्षेत्रमा जोड दिइरहेको बताउनुभयो ।
विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, शिक्षक, शिक्षिकाहरूको उपस्थितिमा भएको सो भेटघाट कार्यक्रममा विद्यालयका शिक्षक शड्ढर आचार्यले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *