भक्तपुर साकोसमा कुरूस बुनाइ बनाउने तालिम सम्पन्न
- आश्विन ५, २०८३
भक्तपुर, ७ असोज । यही असोज १८ र १९ गते भक्तपुरको इटाछेँ नःपुखु टोलमा हुन गइरहेको ४५ औँ नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) को तयारीबारे जानकारी दिन तःमुंज्या ग्वसाखल (आयोजक समिति) ले मङ्गलबार पत्रकार भेटघाट कार्यक्रम आयोजना ग¥यो ।
कार्यक्रममा ग्वसाखलका अध्यक्ष रवीन्द्र खर्बुजाले ४५ औँ नेपालभाषा साहित्य तःमुंज्याको तयारी तीव्र रूपमा अगाडि बढेको जानकारी दिँदै सम्पूर्ण सरोकारवाला र शुभचिन्तकहरूसँग सल्लाह, सुझाव र सहयोगको निम्ति आग्रह गर्नुभयो । उहाँले प्रचारप्रसारको कार्यमा पत्रकार र सञ्चारकर्मी मित्रहरूको सहयोगको निम्ति पनि अनुरोध गर्नुभयो ।
उहाँले तःमुंज्या मितव्ययी तवरले गर्न कोसिस गर्दा पनि हिजोआजको बजारभाउ अनुसार धेरै खर्च हुने भएकोले मजदुर, किसान, उद्योगी, व्यवसायी, व्यापारी, कर्मचारी, शिक्षक, प्राध्यापकलगायत समस्त शुभचिन्तकहरूसँग आर्थिक सहयोगको निम्ति अनुरोध गरिरहेको बताउनुभयो ।
उहाँले विगतका वर्षमा झैँ यस वर्ष पनि तःमुंज्यामा देशका प्रतिष्ठित देशभक्त बुद्धिजीवी, लेखक, साहित्यकार, प्राध्यापक, सीमाविद्, वकिल, चिकित्सक आदिलाई निमन्त्रणा गरिसकिएको र धेरैजनाबाट सकारात्मक जवाफ प्राप्त गरेको जानकारी दिनुभयो ।
उहाँले तःमुंज्या २०४५ सालको श्वेत आतङ्क र कोरोना महामारीको समयमा पनि नरोकिएको तथ्यबारे चर्चा गर्दै स–साना अवरोध वा समस्या हुँदैमा तःमुंज्या नरोकिने स्पष्ट पार्नुभयो ।
त्यस्तै ग्वसाखलका सचिव राजन जतिले ग्वसाखल गठनदेखि गरेका गतिविधिबारे सविस्तार जानकारी दिँदै तमुंज्याको तयारीमा सबैको साथ र सहयोगको निम्ति अनुरोध गर्नुभयो ।
ग्वसाखलका सदस्य तथा प्रचारप्रसार उपसमितिका संयोजक राजकुमार लघुले तःमुंज्याको प्रचारप्रसारका कार्यमा पत्रकार र सञ्चारकर्मी मित्रहरूको प्राप्त सहयोगको निम्ति धन्यवाद दिँदै सहयोग निरन्तर पाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, रामगोपाल तमखु ‘मजदुर’ दैनिकका प्रकाश थुसा, ‘राजधानी’ दैनिकका पूर्णभक्त दुवाल, ‘चाँगुपत्र’ साप्ताहिकका हरिसुन्दर छुकां, कैलाश खबर टेलिभिजनका अन्जिरसिह बिकलगायत विभिन्न मिडिया सञ्चारकर्मीहरूले सुझाव दिनुभएको थियो ।
Leave a Reply