भर्खरै :

शोषित पीडित जनताको समान अधिकारको निम्ति सङ्घर्ष आवश्यक

शोषित पीडित जनताको समान अधिकारको निम्ति सङ्घर्ष आवश्यक

भक्तपुर, ७ असोज । सर्वसुलभ उपभोक्ता सहकारी संस्था लि. को आयोजनामा मङ्गलबार शुभकामना आदानप्रदान कार्यक्रम भयो ।
कार्यक्रममा भनपा १० का पूर्ववडाध्यक्ष एवम् जनकवि चन्द्रबहादुर उलकले संस्थाले व्यवसायको आयव्ययसम्बन्धी पारदर्शी तरिकाबाट सदस्यहरूलाई जानकारी गराइरहेको पक्ष अति राम्रो छ भन्नुभयो ।
जेनजीको नाउँमा देशको अमूल्य संरचना ध्वस्त गर्ने, देशको सार्वभौमसत्ता विदेशी भारतलाई सुम्पिने चलखेल बढिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले शोषित पीडित जनताको पनि समान अधिकारको निम्ति सङ्घर्ष आवश्यक छ भन्नुभयो ।
संस्थाका सल्लाहकार कृष्णभक्त लवजुले सञ्चालक, व्यवस्थापक, कर्मचारीहरूको इमानदारीताले संस्था निरन्तर सञ्चालन भइरहेको विचार व्यक्त गर्नुभयो । स्थापनाकालदेखि नै उपभोक्ता हक हितसम्बन्धी सेवा गर्ने, विभिन्न सहुलियत दरका सामानहरू बिक्री वितरण गर्ने, कृतिम अभाव नगर्ने गरी संस्था सञ्चालन भइरहेको जानकारी गराउँदै उहाँले शुभकामना दिनुभयो ।
संस्थाका सल्लाहकार एवम् संस्थापक अध्यक्ष कृष्णगोविन्द लाखाजुले देशको परिस्थितिअनुसार सहकारीले विभिन्न चुनौतीसँग सामना गर्नुपर्ने विचार राख्नुभयो । संस्थाका सदस्यहरूको सकारात्मक सहयोगले संस्थाको प्रगति हुने धारणा उहाँले राख्नुभयो भयो । संस्थाका सल्लाहकार राजेन्द्र दुमरुले संस्थाका सदस्यहरूको सकारात्मक सोच भएकै कारण १० औँ वर्ष पार गर्न सफल भएको हो भन्नुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष नारायणमान बनमालाले आ. व. २०८२ को आयव्ययबारे जानकारी गराउँदै साल्ट ट्रेडिङ कर्पोरेसनबाट विभिन्न खाद्य सामग्रीहरू सहुलियत दरमा बिक्री वितरण भइरहेको जानकारी गराउनुभयो ।
संस्थाका उपाध्यक्ष बद्रीप्रसादको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका सचिव गणेशराम मुस्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *