‘व्यवसायिक सुरक्षा चुनौती’ विषयक अन्तरक्रिया सम्पन्न
- आश्विन ९, २०८२
भक्तपुर, ८ असोज । नेपाल क्रान्तिकारी किसान सङ्घ छालिङका अग्रज कार्यकर्ता टेकबहादुर दथेपुथेको बुधबार निधन भयो । उहाँ २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन छालिङ गाविस वडा नं ४ को सदस्य पदमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित हुनुहुन्थ्यो । निमोनिया रोगको बिरामी दथेपुथे विगत एक महिनादेखि भक्तपुर अस्पतालको आईसीयु कक्षमा उपचारार्थ हुनुहुन्थ्यो ।
पिता काजीबहादुर तथा आमा कृष्णमाया दथुपुथेको जेठो छोरा टेकबहादुरको जन्म २००७ साल पुस २ गते भएको थियो । उहाँका ३ छोरा र २ छोरी हुनुहुन्छ ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवाल र नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूले उहाँको पार्थिव शरिरमा नेपाल क्रान्तिकारी किसान सङ्घको झन्डा ओढाइ श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूले पार्टीप्रति प्रतिबद्ध असल तथा इमानदार कार्यकर्ता टेकबहादुर दथेपुथेको निधनमा शोकलाई शक्तिमा बदल्नुपर्ने बताउनुभयो ।
Leave a Reply