मतदाता नामावली सङ्कलन सुरू
- आश्विन ९, २०८२
भक्तपुर, ९ असोज । भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा वर्तमान अवस्थामा व्यवसायिक सुरक्षा चुनौती विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबै नागरिकको कर्तव्य रहेको बताउनुभयो । सबै नागरिक सार्वजनिक सम्पत्तिको संरक्षणमा जिम्मेवार नभएसम्म देशको विकास हुन नसक्ने उहाँको भनाइ छ ।
उहाँले पछिल्लो समयमा घटेको घटनाक्रमपछि सबै नागरिकमा डर, त्रास सिर्जना भएको भन्दै मनोबल बढाउन सबैले आ–आफ्नो ठाउँबाट सकेको पहल गर्न आवश्यक रहेको बताउनुभयो । उद्योगी व्यवसायीहरूलाई निर्वाधरूपमा व्यवसाय सञ्चालन गर्न अनुरोध गर्दै सुरक्षितरूपमा उद्योग, व्यवसाय सञ्चालनको लागि सुरक्षा निकायबाट पर्याप्त सुरक्षाको ग्यारेन्टी रहने उहाँले स्पष्ट पार्नुभयो ।
सङ्घकी अध्यक्ष रोशनीमैयाँ धौबन्जारले पछिल्लो समय देशमा उत्पन्न विषम परिस्थितिसँगै उद्योगी व्यवसायीहरूले भयरहित एवं सुरक्षित तरिकाले आफ्नो उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माणका लागि जिल्लास्थित सुरक्षासँग सम्बन्धित निकायका प्रमुखहरूसँग बसेर अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । विनाशकारी भूकम्प, कोभिड महामारी, आर्थिक मन्दीका कारण मार खेपिसकेका उद्योगी व्यवसायीहरू पछिल्लो समय व्यवसायिक सुरक्षा चुनौतीको रूपमा सामना गरिरहेको उहाँको भनाइ छ ।
सङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद मानन्धरले पछिल्लो समयमा देशमा घटेको घटनाले अर्थतन्त्रमा ठुलो प्रभाव परेको बताउँदै निजी क्षेत्रको मनोबल उकास्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत सुवप्रसाद रिजाल, सङ्घका महासचिव नविन प्रजापतिलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा रणशेर गण सूर्यविनायकका गणपति निरजप्रताप जबरा, जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का, सशस्त्र प्रहरी बल नं. २२ हेक्वाका सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार महतलगायत जिल्लाका विभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरू उपस्थित रहनुभएको थियो ।
Leave a Reply