ट्रम्प आफै बोक्सी आफै धामी
- माघ ५, २०८२
एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका स्वतन्त्रता र मुक्ति आन्दोलनपछि साम्राज्यवादी र उपविदेशवादीहरू सन् १९५०–१९६० सम्ममा स्वतन्त्रता प्राप्त देशहरूका आन्तरिक कारणले नयाँ निर्वाचित सरकारहरूले पनि स्थिर राख्न नसकेको अनुभव गरे । उपनिवेशवादीहरूले ती नव स्वतन्त्र देशहरूमा पुनःउपनिवेश स्थापना गर्नसक्ने सम्भावना देखे । त्यसपछि एकपछि अर्को स्वतन्त्रता प्राप्त भएका देशहरूमा सैनिक विद्रोहरूद्वारा सत्ता पल्टाउने प्रतिगामी पाइलाहरूमा उपनिवेशवादीहरू सफल हुँदै गए । यसरी हरेक ३ महिनामा एउटा देशमा उनीहरूले सत्ता विद्रोहका घटनाहरू घटाए ।
सत्ताबाट फालिएका प्रत्येक पराजीत शक्तिले पुनः आफ्नो ‘स्वर्ग’ फिर्ता लिन आ–आफ्ना कमी–कमजोरीबाट सिक्थे र शत्रुका कमी–कमजोरीहरू थाहा पाएर पहिलेभन्दा गम्भीर भई उनीहरूले सशस्त्र सङ्घर्ष गरे । इतिहासमा पुराना त्यस्ता घटनाहरू पाइन्छन् र तिनीहरूले त्यही सिके ।
एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूको स्वतन्त्रता र मुक्ति आन्दोलनमा पनि नयाँ शक्तिमा धेरैजसो नेतृत्व २५–३० वर्षका थिए – उदाहरण पेट्रिस लुम्बुबा र एनक्रुमा हुन् । तिनीहरूका देशहरूमा व्यापक सङ्गठन र जनतामा प्रतिरोध गर्ने आवश्यक जागरण र एकताको विकास भइसकेको थिएन र नेतृत्वमा अनुभवको कमी थियो । त्यसको उल्टो ती देशहरूमा उपनिवेशवादीहरूले तयार गरेका सेनाका नेता र अफिसरहरू तुलनात्मकरूपले सैन्य तालिम र अनुभवहरूमा अगाडि थिए । त्यसमा मुख्य कुरो ती सेनाको पृष्ठभूमि उपनिवेशवादी थियो र तिनीहरूले नै तत्तत् उपनिवेशवादी देशको निर्देशनमा सैन्य विद्रोहरू गर्थे । झन्डै सन् १९६०–७० सम्म संसारमा एक प्रकारको ठुलो अन्योल देखिएको थियो ।
पूर्वी युरोपतिर दोस्रो विश्व युद्धपछि रुसी लाल सेनाले विजय प्राप्त गरेका देशहरूमा ती देशहरूको कम्युनिस्ट पार्टी, मजदुर आन्दोलन र प्रगतिशील एवम् जनतान्त्रिक पक्षहरूको एकल वा संयुक्त सरकारहरू बने । पोल्यान्ड, पूर्वी जर्मनी, चेकोस्लाविया, हङ्गेरी, रोमानिया, युगोस्लाविया, बुलगेरिया र अल्वानिया समाजवादी देश घोषित भए । तर, ती देशका शासक दलका नेतृत्वहरूसँग सत्ता हाँक्न आवश्यक अनुभव थिएन भन्ने समयले प्रस्ट गर्दै लग्यो ।
सङ्घर्षहरूबाट फालिएका प्रतिगामी शक्तिहरू चुप लाग्ने कुरै थिएन र कम्युनिस्ट र प्रगतिशील विचारसँग असहमत बाँकी–पुराना नाजीवादी हिटलरका ‘राष्ट्रिय समाजवाद’ र ‘जर्मन जाति आर्य रगत, (सारा संसारलाई शासन गर्ने नैतिक अधिकार राख्छ भन्ने मान्यता भएका) र ‘जहाँ जहाँ जर्मन जाति र जर्मन भाषाभाषी छन् ती ठाउँ जर्मनीको’ भन्ने ‘बडाराष्ट्र अहङ्कारवादीहरू’
(सोभिनिस्टहरू) विस्तारै पुनः सङ्गठित हुँदै गए ।
त्यस्तै इटालीका तानाशाह मुसोलिनीले ‘पुनःरोमको गौरव पुनःस्थापना गर्ने, जहाँजहाँ क्याथोलिक धर्म मान्छन्, ती देशहरू पनि इटालीको साम्राज्यमा पर्छ’ भन्ने खालको अति–राष्ट्रवादको प्रचारमा लागे र अफ्रिकाको इथोपियालाई इटालीको उपनिवेश बनाए । कम्युनिस्टहरू, प्रगतिशील विचारका युवाहरू र उनले प्रजातन्त्रवादीहरू जेलमा बन्दी थिए भने अन्य राजनैतिक दलहरू प्रतिबन्धित थिए । यसरी बाँकी भएका मुसोलिनीका फासीवादीहरू पनि प्रगतिशील विचारको विरोधमा भित्रभित्र क्रियाशील रहे ।
ती देशहरू पनि एक आपसमा सीमा, राष्ट्रियता, आपसी भेदभाव र स्थानीय समस्याहरूको कारण एकता कमजोर भयो । ती हरेक ठाउँमा विद्रोही भावना बढ्दै गयो । ती हरेक विद्रोही र असन्तुष्ट देशहरूका युवाहरूलाई भित्रभित्र सङ्गठन र सङ्घर्षमा आगोमा घीउ थपे जस्तै थप्दै लगे । दमनको एक घटनाबारे संरा अमेरिका र अमेरिकी पक्षका २६–२७ युरोपेली नाटो देशहरूले आगोमा घ्यु हाल्दै सोभियत सङ्घलाई दबाब दिँदै गए । पश्चिमी देशहरूको योजनाबद्ध षड्यन्त्रलाई खु्रश्चेभ गुट अर्थात् संशोधनवादीहरूले शत्रुहरूले भनेका सबै मागहरू पूरा गर्दै अन्तमा ती सबै देशहरूमा समाजवादी सङ्गठन विघटन गर्न दिए । यसरी ती सबै पूर्वी युरोपेली समाजवादी देशहरू एक एक गरी पतन २०१५ सम्ममा पूर्वी युरोपमा समाजवाद पूर्ण रूपमा पतोन्मुख अवस्थामा पु¥याए । लेखक, कवि, कलाकार, मानव अधिकारवादी, युवा समुदाय, वसन्त, मखमली र रङ्गीन आन्दोलनको अन्तर्राष्ट्रिय मुद्रा कोष र अनेक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको षड्यन्त्रले पूर्वी युरोपेली समाजवादको ठाउँमा छुटेका देशहरू साम्राज्यवादी संस्था नाटोको सदस्य बने ।
Leave a Reply