मार्गनिर्देशन कार्यक्रमबाट विद्यार्थीमा ऊर्जा मिल्ने
- जेष्ठ ८, २०८३
केही निराशावादी मानिस नेपाली भएकोमा दुःखमनाउ गर्छन् । तिनीहरू संरा अमेरिका, बेलायत वा अन्य पश्चिमी देशहरूबारे केही कुरा सुनेर, केही पुस्तक पढेर वा केही वर्ष त्यतै बसेको आधारमा ती देशको प्रशंसा गर्छन् । निराशावादी ती नेपालीले पश्चिमा देशहरूको इतिहास पढेको भए वा अन्य मुलुकका जनतालाई ती पश्चिमा देशले गरेको अन्याय अत्याचारबारे जानकारी राखेको भए ती देशहरूलाई आँखा चिम्लेर ‘सपनाको देश’ र ‘सफल प्रजातन्त्रका नमुनाहरू’ मान्ने थिएनन् । कहिलेकाहीँ स–साना बालबालिकाहरूले काँचलाई ‘हिरा’ ठानेजस्तै ज्ञानको अभावकै कारण मानिसहरू त्यस्ता गलत धारणा राख्छन् ।
कोहीकोही भन्ने गर्छन् – हाम्रो देशमा कुनै राम्रो बन्दोबस्त छैन† नागरिक भावना छैन† कामको ‘ग्यारेन्टी’ (सुनिश्चितता) छैन, आदि । ती पश्चिमा देशका जनता आजको स्थितिमा पुग्नुमा त्यहाँका पुराना पुस्ताले कति रगत र पसिना बगाए वा परिश्रम गरेका थिए भन्नेबारे ती निराशावादी नेपाली सोच्दैनन् । ती निराशावादीहरूले आप्mनो पुरानो पुस्ता वा आफूहरूले के कस्तो परिश्रम तथा बलिदान ग¥र्यौँ भन्नेबारे केही सोचविचार गर्दैनन् ।
कुनै परिश्रम वा बलिदानबिना संसारको कुनै पनि देश उँभो लागेको छैन भने हाम्रो देश अलग्ग हुन सक्दैन । देशले मेहनत र बलिदान मागिरहेको कारणले नै ती निराशावादीहरूले विदेशको भक्ति र विदेश जाने फलाको गरेको हुनुपर्छ ।
समाजमा यस्ता चतुर व्यक्तिहरू पनि छन् जसले विदेशको प्रशंसा गरेर आप्mनो देशलाई हेला गर्दै छन् । देशप्रति घृणा जगाई विदेशमा ज्यामीको रूपमा श्रमिक पठाउने ‘भलादमीहरू’ पनि कम छैनन् । तिनीहरूमध्ये केही पञ्चायतकै बेलाका ठुलाबडा, नेकाका नेता र कार्यकर्ता, एमाले, माओवादी केन्द्र वा अन्य ‘वामपन्थी’, ‘कम्युनिस्ट’ र पुँजीवादी राजनैतिक दलका नेता र कार्यकर्ता हुन् ।
वैदेशिक रोजगारीबाट फर्केका वा दलालले खाइदिएको रकम उतार्न विदेश जान बाध्य भएकाहरू साँचो बोल्छन् । साधारण युवाहरूले ‘सा¥है दुःख पाएको’, ‘आफूहरू ठगिएको’, ‘दलालको जालमा परेको’, ‘आप्mनै सरकारले त्यस्तो अन्यायमा पर्ने ठाउँमा पठाउन नहुने’ जस्ता अभिव्यक्तिहरू दिने गर्छन् । आप्mनो ‘इज्जत बचाउन’ वा परिवारलाई पीडा नहोस् भनेर वा आप्mनो ठगिएको पैसा फिर्ता पाउन म्यानपावर कम्पनीहरूको पोल खोल्न डराउँछन् ।
यदि युवाहरूले विदेश जानुभन्दा पहिले पश्चिमीहरूले अन्य उपनिवेश देशहरूमाथि गरेको अन्याय, अत्याचार, लुटपाट, हत्या र हिंसाको कुरा थाहा पाएका हुन्थे भने आधाभन्दा बढीले ती म्यानपावर कम्पनी (नेपाली युवाहरू बेच्ने गल्लावालहरू) लाई सराप्दै थुक्थे वा सङ्घर्षका अन्य उपायबाट विरोध गर्थे होलान् ! कतिपय चेलीहरू विदेशमा भोगेको अनेक दुःख, कष्ट र अपमानलाई ‘नरक’ का कथाहरू भनी सम्झनसमेत मन पराउन्नन् । तिनीहरू ठगहरूलाई ‘नर्कको बास होस्’ भनी सराप्छन् र थुक्छन् । दुःखका त्यस्ता कथा–व्यथा हुँदाहुँदै केही तथाकथित पढेलेखेका माथिल्ला वर्गका ‘भलादमीहरू’ किन आप्mनो देशलाई धिक्कार्दै अरु देशको प्रशंसा गर्छन् ? ती प्रशंसकहरूलाई छट्टु स्यालको कथाको स्यालजस्ता हुन् भन्नु उपयुक्त हुन्छ ।
दुई वर्षअघिको जर्ज प्mलोयडको हत्याकाण्डले संरा अमेरिका र पश्चिमी देशको मानव अधिकार, समानता, सभ्यता एवम् प्रजातन्त्रका धेरै कथाहरूमाथि प्रश्न चिह्न लाग्यो । बरू आप्mनै देशको विकास र प्रगतिमा लाग्न, असमानता हटाउन, सभ्य र सुसंस्कृत समाज निर्माणमा लाग्न सबैलाई आह्वान गर्नु जरूरी छ । कर्तव्य पालन गर्ने हरेक नेपाली जनताले आफू नेपालको नागरिक भएकोमा गर्व गर्नेछन् ।
१४ असार २०७९ (२८ जून २०२२)
सम्पादकीय सङ्कलन (तेस्रोखण्ड)
Leave a Reply