भर्खरै :

कैलालीमा शिक्षक दिवस

कैलाली, २९ चैत । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ केन्द्रीय समितिको आयोजनामा बिहीबार कैलालीमा ३८ औं शिक्षक दिवस सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्थामा मात्रै कामदार वर्गका जनताको हित हुने हुँदा समाजवादी आन्दोलनको लागि जनतालाई सचेत पार्नुपर्छ भन्नुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेश रावलले शिक्षकहरु इमानदार, कर्तव्यनिष्ठ, लगनशील भए विद्यार्थीहरु पनि कर्तव्यनिष्ठ, योग्य, सक्षम हुन्छ भन्नुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले सभापतिको आसनबाट शिक्षक दिवसको औचित्यबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा अम्बिका न्याइच्याई, नरदीप शाही, दीर्घबहादुर शाही, मनोज दाहाललगायतले देशको विभेदकारी शिक्षा नीति नै गलत भएको, शिक्षा उत्पादन श्रमसँग सम्बन्धित हुनुपर्ने र समाजवादी शिक्षाको निम्ति सङ्घर्षरत रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
सो अवसरमा नेक्राशिसङ्घका केन्द्रीय जंगबहादुर तारामी र केन्द्रीय सदस्य गुप्तबहादुर शाहीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *