भर्खरै :

राजनीतिक भर्तीले शिक्षा क्षेत्र ध्वस्त

भक्तपुर, २९ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले अवकाश प्राप्त शिक्षकहरू समुदायको निम्ति सक्रिय भइरहनुपर्ने बताउनुभएको छ ।
सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समिति भक्तपुरद्वारा बिहीबार आयोजित ३८ औं शिक्षक दिवस, ०७४ मा अवकाश प्राप्त शिक्षक शिक्षिकाहरूलाई सम्मान कार्यक्रम तथा शिक्षक डायरी प्रभावकारिता पुरस्कार वितरण समारोहमा अध्यक्ष रोहितले अवकाश प्राप्त शिक्षकहरूले जीवनका आफ्ना अनुभव र सीपलाई लिपिबद्ध गरे त्यो नयाँ पुस्ताको लागि उपलब्धि हुनेछ भन्नुभयो ।
शिक्षकहरूले जहिल्यै शिक्षाको विषयमा चिन्तन गरिरहनुपर्नेमा जोड दिंदै उहाँले देशको परिस्थितिबारे विद्यार्थी र कार्यकर्तालाई जानकारी दिइरहेमा देशको लागि आवश्यक सक्षम जनशक्ति तयार हुने बताउनुभयो ।
तालिम प्राप्त शिक्षकको अभावमा विद्यार्थीको जीवन बर्बाद हुनसक्ने औंल्याउँदै अध्यक्ष रोहितले विद्यार्थी जीवनकालमै नागरिक भावना जगाउन सके आदर्शोन्मुख समाज स्थापनामा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।
विद्यालयमा दक्ष, योग्य शिक्षक नराखी राजनीतिक कार्यकर्ता भर्ती गरेकाले विद्यार्थीहरूको पढाइ बिगे्रकोमा राजनीतिक दल नै दोषी रहेको उहाँले बताउनुभयो ।
विद्यालयमै व्यवस्थित पुस्तकालय सञ्चालन भए बौद्धिक स्तर उठी देश र जनताको सेवामा थप सहयोग हुन्छ, उहाँले भन्नुभयो ।
नेक्राशिसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष जगनाथ सुजखूले २०३६ को शिक्षक आन्दोलनले शिक्षकहरू स्थायी र सेवा सुविधा पाउन सफल भएको बताउनुभयो ।
शिक्षक स्थायी या अस्थायी जे भए पनि आ–आफ्नो कर्तव्य पालना गरे समाज परिवर्तनमा सेवा पुग्ने विचार राख्दै उहाँले आन्दोलनबाट स्थायी भएका, सेवा सुविधा प्राप्त शिक्षकहरूकै कारण पढाइ खस्केको गुनासो सुन्नुपर्दा आफूलाई दुःख लागेको बताउनुभयो ।
अवकाश प्राप्त शिक्षक नारायणबहादुर दुवालले नेमकिपाका अग्रज नेता र कार्यकर्ताहरूकै प्रेरणाबाट आफूले उच्च शिक्षा हासिल गरेर शिक्षा सेवामा लागेको विचार व्यक्त गर्दै शिक्षण सेवाको बाँकी रहेको समय राजनीतिमा खर्च गर्न सके समाज परिवर्तन छिट्टै हुने विश्वास व्यक्त गर्नुभयो ।
भारतले नेपाली भूमि मिचे पनि सङ्घर्ष नगर्ने शिक्षित समुदायको बेवास्ताले देशभक्त विद्यार्थीहरू तयार नभएको औंल्याउँदै उहाँले देश जोगाउन देशभक्ति भावना र एकता चाहिन्छ भन्नुभयो ।
अर्का अवकाश प्राप्त शिक्षक दामोदर सुवालले शिक्षकहरूले निःस्वार्थ र इमानदारीपूर्वक कर्तव्य निर्वाह गरे विद्यालयको प्रगति हुने विश्वास व्यक्त गर्नुभयो ।
आदर्श आजाद उमाविका प्राचार्य श्रीकृष्ण किसीले शैक्षिक गन्तव्यमा पुग्न समितिले प्रयास गरिरहेको चर्चा गर्दै विद्यालय स्थानीय निकायमा हस्तान्तरण गरेपछि विचार नपु¥याए शैक्षिक स्तर खस्कनेतर्फ सबै शिक्षक शिक्षिकाहरू समयमै सचेत हुनुपर्छ भन्नुभयो ।
वागीश्वरी कलेजका प्राचार्य, आयोजक समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति कृष्णप्रसाद धन्छाले असल, देशभक्त र चरित्रवान नागरिक तयार गर्न शिक्षकहरूको महत्वपूर्ण योगदान हुने विचार व्यक्त गर्दै उत्पादन श्रमसँग सम्बन्धित शिक्षा आजको आवश्यकता हो भन्नुभयो ।
कार्यक्रममा वागीश्वरीका शिक्षक विशेश्वर मानन्धरले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा अतिथि रोहितले निवृत्त शिक्षकहरूलाई सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *