भर्खरै :

समीक्षा गर्नु जरूरी

समीक्षा गर्नु जरूरी

शासक दलका नेताहरू बदनाम र जनतामाझ असन्तुष्ट हुनुका अनेक कारणमध्ये सत्ता, पद, दम्भ र व्यक्तिगत स्वार्थ रहेका छन् । अहिले आफ्नै दलका नेता र कार्यकर्ताहरूले आफ्नै दलका शीर्ष नेताहरूको कमजोरी औँल्याउँदै विरोध गर्न थालेका छन् । शीर्ष नेताहरूले जस्तो कमजोरी गरे पनि, सिद्धान्त र विचार बन्धक राखे पनि पद, पैसा र सरकारको निम्ति जस्तो दलसँग भागबन्डा र गठबन्धन गरे पनि, अन्ध समर्थन गर्ने दास मानसिकताले गर्दा देशमा उनीहरूको मनपरीतन्त्र बढेको हो । जनताको समस्या बेबास्ता गरेर जसरी भए पनि पदमा पुग्ने र कमाउने ध्येयको कारण शासक दलहरूप्रति जनताको असन्तोष बढेको हो । शासक दलका नेताहरूले आफ्नै दलका शीर्ष नेताहरूको दम्भ र कमजोरीले दल र नेताहरूकै बेइज्जत भएको भन्न थालेका छन् । नेकाका शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तिनै दलका नेताहरूले कमजोरी औँल्याई असन्तोष व्यक्त गर्दै छन् । उनीहरूले समयमै विचार नपु¥याउँदा सरकार छोड्न बाध्य भएको हो† देशको खरबौँको सम्पत्ति ध्वस्त भएको हो; ७६ जनाको ज्यान गएको हो ।
शासक दलका नेताहरू अहिले आ–आफ्नो दल र नेताहरूको इज्जत जोगाउन, आफू सुरक्षित हुन जेन–जीका आन्दोलनकारीहरूको प्रशंसा गर्दै आफ्नो पार्टीमा ल्याउने नाटक गर्दै छन् । केपी ओलीका विश्वास पात्र चक्र बाँस्तोलाले भने, “केपी ओलीको जबरजस्तीले देश यो अवस्थामा आएको हो ।” रामबहादुर थापाले भने, “विनास र असफलताको नैतिक जिम्मेवारी केपी ओलीले लिनुपर्छ ।” माओवादीका नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल र नेकाका नेताहरूले सभापति शेरबहादुर देउवाको विराध गरेका छन् । उनीहरू भन्छन्, सत्ता र शक्तिलाई मजाक ठान्दाको परिणाम हो यो । राजनीतिक विश्लेषकहरू भन्छन्, ब्रह्लुट गर्दा देशको अर्थतन्त्र नै डामाडोल भयो । नेपालजस्तो सानो देश प्रजग कोरियाले आणविक परीक्षणसमेत ग¥यो; शिक्षाको देश बनायो; संसारकै सफा मुलुकमध्ये एक बनायो । तर, नेपालमा त्यस्तो उल्लेखनीय प्रगति केही भएन ।
शासक दलहरूको प्रमुख जिम्मेवारी के भ्रष्टाचार भएको मुलुक बनाउने हो ? जनतालाई सत्तामा जाने भर्याङ्ग बनाउने हो ? मौका यही हो भनेर पदको दुरूपयोग गरी अकुत पैसा कुम्ल्याउने हो ? भ्रष्टाचार र अनियमित गरी कमाएको पैसा निर्वाचनमा बाँडेर जित्ने हो ? के पद र पैसाको निम्ति राजनीति गर्ने हो ? पद र पैसाको निम्ति राजनीति गर्नु के दलको उद्देश्य हो ? सिद्धान्त र विचारलाई बन्धक राखेर राजनीति गर्दा देशको राजनीति निश्चित दिशातिर कसरी मोडिन्छ ?
शासक दलका नेताहरूले गलत राजनीति गरे । गलत निर्णय भए पनि सरकारले गल्ती स्वीकार्ने काम गरेन । नेकाको पछाडि एमाले र माओवादी केन्द्र लाग्नु हुँदैनथ्यो । विदेशीले पनि वंशजको आधारमा नेपाली नागरिकता लिन पाउने नागरिकता विधेयक माओवादीले पास गर्नु हुँदैनथ्यो । सरकारको नेतृत्व गर्नको निम्ति गर्नै नहुने काम आफूलाई कम्युनिस्ट भन्ने दलले ग¥यो । देशमा नेकाको नेतृत्वमा सरकार आए पनि, एमाले र माओवादीको नेतृत्वमा सरकार आए पनि केही फरक देखिएन । कम्युनिस्ट र काङ्ग्रेसको सरकारको कार्यशैलीमा केही फरक देखिएन । सबैले पालैपालो सरकार गठन गरेर अकुत सम्पत्ति कमाउने र ऐेøयासी जीवन बिताउने काम गरे । यस्तै मनपरी विचार र नीतिले सरकारकोे बदनाम भयो; जनतामा असन्तुष्ट बढ्यो; जेन–जीको आन्दोलन यस्तै असन्तुष्टको विस्फोट हो । विस्फोटको कारण शासक दलका नेताहरू सिंहासन छोड्न बाध्य भए । आन्दोलनकारी जेन–जीहरू प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई पक्राउ गरेर जेलमा कोच्नुपर्ने कुरा उठाउँदै छन् । आफ्नो दम्भ र जिद्दीका कारण आफ्नै निजी घरहरू धवस्त भएको हेर्नुप¥यो ।
सरकारमा रहेर कुन कुन दलका नेता, प्रधानमन्त्री, मन्त्री र सांसदहरूले के के गल्ती गरे ? सिंहावलोकन गर्नुपर्ने बेला आएको छ । फेरि दम्भ गरेर, कसैलाई तर्साएर कसैको आक्रोश सेलाउने भन्दा पनि सोको समीक्षा गर्दै अबदेखि सच्चिनुपर्छ; सच्चिएर देश र जनताको निम्ति राजनीति गर्नुपर्छ; देश र जनताप्रति जिम्मेवार रहेर अघि बढ्नुपर्छ । कम्युनिस्ट पार्टी भन्नेले साँच्चै कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार राजनीति गर्नुपर्छ; सत्तामा फस्नु हुँदैन; सिद्धान्त र विचार छोडेर भागबन्डाको राजनीति गर्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *