भर्खरै :

इतिहास, साहित्य, संस्कृतिको अध्ययन गर्दा भौतिकवादी दृष्टिकोण आवश्यक

इतिहास, साहित्य, संस्कृतिको अध्ययन गर्दा भौतिकवादी दृष्टिकोण आवश्यक

भक्तपुर, १७ असोज । चाडपर्वमा रचनात्मक गतिविधि गरी जनताको चेतनास्तर उकास्ने प्रयत्न गर्नुपर्ने विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले व्यक्त गर्नुभएको छ ।
नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा वास्तुविद् प्राध्यापक सुदर्शनराज तिवारीद्वारा लिखित ‘Bhaktapur; The Capital of the Malla Nepal Mandala’ पुस्तकमाथि लेखक–प्राध्यापकहरूबिच बिहीबार भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बिजुक्छेँले पहिलेका राजामहाराजाहरूले लेख्दा एकथरी र उनीहरूका विरोधीहरूले लेख्दा अर्कोथरी कुरा आउने हुनाले इतिहास र पुरातत्वको अध्ययन गर्दा अत्यन्त गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष बिजुक्छेँले शासनसत्तामा रहेकाहरूले जे बोल्छन् त्यो सत्य नहुने र जनताको भावना त्यसमा अभिव्यक्त नहुनेतर्पm सजग रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
इतिहास, साहित्य, संस्कृति र अन्य विषयको अध्ययन गर्दा भौतिकवादी दृष्टिकोणबाट गर्न सल्लाह दिँदै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “राजा–महाराजाहरूले इतिहासको कुनै एउटा निश्चित अवधिमा शासन गरेको हुन्छ । त्यसबेलाको भौतिक अवस्था कस्तो थियो, त्यसबेला जनताको सामाजिक–आर्थिक अवस्था कस्तो थियो, तिनीहरूले के कुरामा जोड दिए, उत्पादनको स्थिति के थियो ? तबमात्र ठीक ठीक कुरा पत्ता लाग्छ । धर्मलाई दोस्रो र भौतिक पक्षलाई पहिलो स्थानमा राखेर सोध तथा अध्ययनलाई अगाडि बढाउनुपर्छ ¤”
उहाँले इतिहासमा त्रूmर शासकहरूलाई पनि महान् भनेर चित्रण गरी थुप्रै पुस्तक लेखिएको उदाहरण दिनुभयो ।
‘स्थाननाम तथा व्यक्तिको थर परिवर्तनले इतिहास नै लोप हुने, तोडमोड हुनपुग्ने र अनावश्यक विवाद एवम् भैm–झगडा निम्तिनेतर्पm सचेत गराउँदै अध्यक्ष बिजुक्छेँले जिम्मेवार निकाय, अधिकारी र नागरिकहरूको उच्च संवेदनशीलता आवश्यक भएको र नाम परिवर्तन नगरिए धेरै कुराहरू भविष्यमा पत्ता लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो सम्पदा, पुरातत्वको उत्खनन् हामी आपैmँले नगरी हुँदैन । अरूको भर पर्नु हुन्न । समाजका ज्येष्ठ नागरिकहरूसँग भएका सीप, ज्ञान तथा जानकारीको बेलैमा अभिलेखीकरण गर्नुपर्छ ।”
अध्यक्ष बिजुक्छेँले पचपन्न झ्याल दरबार पुनःनिर्माणको क्रममा विदेशी दबाब तथा प्रभावलाई अस्वीकार गरी स्थानीय मौलिक प्रविधि, ज्ञान, सीप तथा जनशक्ति परिचालन भएको स्मरण गर्दै अन्य सम्पदा तथा सांस्कृतिक धरोहरहरूको संरक्षण एवम् जीर्णोद्धार कार्यमा त्यस परम्पराले निरन्तरता पाउनु सुखद पक्ष भएको उल्लेख गर्नुभयो ।
उहाँले एउटा अत्यन्त महत्वको पुस्तकबारे अध्ययन गरी छलफल चलाउनु अनुकरणीय कार्य भएको उल्लेख गर्दै आगामी दिनमा महत्वपूर्ण पुस्तकमा केन्द्रित भई अन्तरक्रियालाई निरन्तरता दिन सुझाव दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख आर्किटेक्ट रजनी जोशी, ख्वप कलेजका प्राचार्य प्रकाश श्रेष्ठ, डा. सुवेगमान बिजुक्छेँ, इन्जिनियर्स् समाज नेपालका अध्यक्ष नरेश खत्री, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, ख्वप कलेज अफ लका उपप्राध्यापक राजेन्द्र चवालले प्राध्यापक तिवारीको पुस्तकमाथि आ–आफ्नो धारणा राख्नुभयो ।
उहाँहरूले पुस्तक भक्तपुरको प्राचीनता एवम् सहरी विकासको नालीबेली बुझ्न अनिवार्य अध्ययन गर्नुपर्ने सामग्री भएको बताउनुभयो । भक्तपुरका दरबारहरू, हिटीहरू, बस्ती विकास, सांस्कृतिक धरोहरहरूको निर्माण आदिबारे चर्चा गरिनुका साथै प्राचीन समयमा भक्तपुर कसरी राजनीतिक–प्रशासनिक–सांस्कृतिक केन्द्रको रूपमा स्थापित भयो र विकसित हुँदै गयो भन्ने ऐतिहासिक पक्षको लेखक सुदर्शनराज तिवारीले पुस्तकमा विभिन्न कोणबाट चर्चा गर्नुभएको उहाँहरूले बताउनुभयो । पुस्तक नेपालीमा पनि लेखिनुपर्ने र स्थानीय भाषाका शब्द र नाम नै प्रयोग गरिएको भए अझ स्पष्ट हुने उहाँहरूको मत रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *