एक भोट
- माघ २४, २०८२
ए प्रधानमन्त्री बनेकाहरू !
एउटा राम्रो काम गरेका छौ र ?
विश्वविद्यालय दिँदैनौ तिमीहरू
जनतालाई नपढाउनेहरू
पञ्चायती व्यवस्थालाई ‘कु’ भन्नेहरू
बहुमत सांसदलाई सही गराएको
बुझ पचाउने अवसरवादीहरू ।
ए प्रधानमन्त्री बनेकाहरू !
कालापानी रक्षा गर्न नसक्नेहरू
लिम्पियाधुरामा पुग्न डराउनेहरू
कालापानीमा जुलुससहित पुगेर
सीमाको वरैबाट फर्कनेहरू
सुशीलालाई महाभियोग लगाउनेहरू
उनैलाई प्रधानमन्त्री बनाउनेहरू ।
Leave a Reply