भर्खरै :

जन जनको एकताले

जन जनको एकताले

भ्रस्टाचारविरूद्ध सुशासनका लागि
विगतका खराबीहरू
बगाइदिनु वाग्मतीमा ।
मर्म बुझ्नैपर्छ आन्दोलनको
हैन भने केही अर्थ रहन्न
वर्तमान शासनको ।
खालि काला गए, गोरो आए
देश र जनताको मनमा
हुन्छन मूल्यहीन ।
तेरो मेरो भावना
जबसम्म रहन्छ समाजमा
स्वच्छ, सुशासन शङ्काकै घेरामा ।
बलिदानी रातो रगत त
सुकेको छैन आलै छ
बुझ्नुपर्छ शासकहरूले ।
स्वच्छ मन, सेवा भाव
नयाँ पुस्ताले राख्नैपर्छ
तब जनताको मन फुल्छ ।
असम्भव हुन्न केही
इच्छाशक्ति भएमा
गरे के हुन्न र !
आफ्नै पौरखले हिँड्ने
प्रयास निरन्तर जारी राखे
देश फल्न फुल्न केको बेर ।
विदेशीका दबाब
एनजीओ, आइएनजीओका ललिपप
भुल्नुपर्छ नयाँ पुस्ताले ।
आत्मनिर्भरता, स्वाभिमान
डगमगाउन सक्नेछैन
जन जनको एकताले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *