कवि र कविताबारे
- फाल्गुन १९, २०८२
यो विकास संस्था हो कि, अध्यक्षको निजी खजाना ?
जहाँ कानुनको पाना हुन्छ टुक्रिएको ऐना !
एकलौटी निर्णयले आफ्नै बोली मात्र हाबी,
कसैलाई सोध्न पर्दैन, खर्च गर्छन् मनलागी
बाबु अध्यक्ष छोरा सञ्चालकमा छन्
यो कस्तो नीति अध्यक्षको बोली नै विधान
सञ्चालक पनि कर्मचारी पनि यो कस्तो चाला
खुसी पार्नेको ओठमा हाँसो, प्रश्न गर्नेको मुखमा ताला !
विधानमा नभए पनि, अध्यक्षको बोली नै कानुन बन्छ,
मनपरी मिटिङले हाजिरी पूरा गर्छ, तर फैसला अध्यक्षकै मनमा हुन्छ ।
सञ्चालक नभएकालाई खबर दिने, यो कस्तो खेल हो,
सत्य बोल्नेको आवाज यहाँ दबाइन्छ, यो कस्तो विकासको मेल हो ।
खर्च गर्न अध्यक्षले कसैलाई सोध्न पर्दैन, यो कस्तो ‘वरदान’ ?
संस्थाको पैसामाथि चल्छ व्यक्तिगत ‘महान्’ अभियान !
बिल र भौचरमाथि चल्छ ‘जादु’ को कलम,
हिसाब माग्दा झर्कने, संस्थाबाटै बिदाइको दम !
यो परिवारवाद र तानाशाहीको किल्ला अब भत्काउनै पर्छ,
विकास संस्थाको नाममा हुने लुट अब रोकिनै पर्छ ।
अध्यक्षको अहङ्कारमाथि अब सदस्यले प्रहार गरोस्,
‘एकलौटी खर्च’ को हिसाब मागी क्रान्तिको आह्वान गरोस् !
अब कालो बादल फाटोस्, सत्यको घाम लागोस्,
मनपरीको यो दमनबाट, संस्थाले मुक्ति पाओस् !
क्रान्तिको यो कलमले अब अन्यायमाथि बल्छ आगो,
विकास संस्थालाई व्यक्तिगत जागीर बनाउनेलाई अब चेत लागोस् !
Leave a Reply