भर्खरै :

पुँजीवादले राजनीतिक सन्यास लिनुपर्ने

पुँजीवादले राजनीतिक सन्यास लिनुपर्ने

काठमाडौँ, १८ असोज । नयाँ पुस्ताको भदौ २३ गतेको सडक प्रदर्शनमा सरकारको गोलीबाट १९ जना नेपालीको मृत्यु भएपछि भदौ २४ गते संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतको भवनलगायत देशभरिका पाँचसत्न्दा बढी प्रहरी चौकीसमेत आगजनी गरियो । भदौ २३ गतेको सडक प्रदर्शन बानेश्वर पुगेपछि बाइकमा आएका केही व्यक्ति बाजा बजाउँदै प्रदर्शनमा पसेको र प्रहरी सुरक्षा अवरोध तोडेको एक सहभागीले बताएको सार्वजनिक भयो । एक सुरक्षा अधिकारीकाअनुसार बानेश्वर चोकदेखि उपकरण डिभिजनसम्मको संसद् भवनको पर्खाल ८–१० ठाउँमा फोडियो । यसरी सुसज्जित भएर प्रदर्शनमा पसेका को थिए ? अनुसन्धान जरूरी छ ।
संसद् भवनमा रहेका सशस्त्र प्रहरीसँग अर्धस्वचालित हतियार भएको पनि सार्वजनिक भयो । प्रहरीको प्रकृति ‘एकजनाले गोली चलाए, आतिएर अरूले पनि चलाउने’ हुने र भदौ २३ गते पनि त्यही भएको सार्वजनिक भयो । भदौ २४ गतेको सडक प्रदर्शनमा पुगेका सुशीला कार्कीले राजीनामा दिएका गृहमन्त्री रमेश लेखकलाई कठघरामा उभ्याउने बताएका थिए । भदौ २५ गते नयाँ पुस्तासँगको छलफलमा अन्तरिम प्रधानमन्त्रीको लागि सुशीला कार्की, कुलमान घिसिङ, महावीर पुन, हर्क साम्पाङको नाम प्रस्ताव गरिएको पनि प्रायोजित नै भएको सार्वजनिक भयो ।
भदौ २१ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन गएका नयाँ पुस्ताले दुई सय जति सहभागी हुने र माइतिघर मण्डलामै कार्यक्रम सकिने अनुमान गरेको पनि सार्वजनिक भयो । भदौ २५ गते सेनासँगको छलफलमा दुर्गा प्रसाई र रास्वपाका पनि पुगेको सार्वजनिक भयो । यसअघि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नयाँ पुस्तालाई सेनासँग वार्ता गर्नू, संसद् भङ्ग गराउनू, सुशीलालाई प्रम बनाउनू भनी सामाजिक सञ्जालमा लेखेको पनि सार्वजनिक भयो ।
नयाँ पुस्ताले देउवा, ओली, दाहाल, माधव, झलनाथ, बाबुरामलगायत प्रधानमन्त्रीर नेताहरूलाई इङ्गित गर्दै पुराना नेताहरूले राजनीतिबाट सन्यास लिनुपर्ने दाबी गरे । राजनीति प्रधानमन्त्री र मन्त्री हुनको लागि गरिने होइन । देश र जनताको निःस्वार्थ सेवाको लागि गरिने हो । पुराना पुस्ता त अन्तरिम सरकारमा पनि छन् । प्रधानमन्त्री र मन्त्रीहरू विदेशी पुँजीको दलाल हुनेहरू पुरानो र नयाँ पुस्ता हुनुले कुनै फरक पार्दैन । नयाँ पुस्ता दाबी गरी सेनासँग छलफल र अन्तरिम प्रधानमन्त्री प्रस्ताव गर्नेहरूले उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गर्ने विचार अङ्गाल्नु जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *