अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
पाठ १
चे ग्वेभारा गायब भएको विषयमा सन् १९६५ मा विभिन्न चर्चाहरू चल्न थाल्यो । क्रान्तिमा विभाजनको उद्देश्यले विदेशका विभिन्न काल्पनिक कथाहरू प्रचार हुन थाल्यो । चे ग्वेभारा र फिडेल क्यास्ट्रोबिच राजनैतिक मतभिन्नता आएको, क्यास्ट्रोले चे ग्वेभारालाई बोल्न प्रतिबन्ध लगाएको, विस्थापित गरेको र मारेकोसम्म आरोप लगाइयो । ती आरोपहरू वामपन्थी वृत्तमा पनि चल्यो र एउटा तथ्यको रूपमा प्रस्तुत गरियो ।
सेप्टेम्बर २८, १९६५ को जनसभामा क्यास्ट्रोले केही दिनमै चेले क्युवा छाड्नुपूर्व लेखेको एउटा चिट्ठी सार्वजनिक गर्ने घोषणा गर्नुभयो । क्यास्ट्रोले भन्नुभयो, “हामी जनतामाझ अर्नेस्टो ग्वेभाराको विषयमा बोल्नेछौँ । उनी यहाँ छन् वा छैनन्, जिउँदै छन् वा मुर्दाको विषयमा शत्रुले धेरै झूटा प्रचारहरू गरेका छन् । अहिले तिनीहरू अन्योलमा छन् । त्यसैले अरुलाई अन्योलमा पार्न खोज्छन् तथा अरु समयमा तिनीहरू सत्य साबित गर्ने प्रयास गर्छन् । हामी अर्नेस्टो ग्वेभाराको एउटा पत्र पढ्ने छौँ जसले यी महिनाहरूमा उनी यहाँ नहुनुको कारण प्रस्ट पार्छ । मैले अघि भनेको सभामा सो पत्र पढ्नेछु । अहिले होइन, किनभने अहिले मैले त्यो पत्र ल्याएको छैन । त्यही सभामा हामी त्यो पत्र पढ्नेछौँ र केही विषयहरूमा छलफल गर्नेछौँ ।”
क्यास्ट्रोले भन्नुभएको सभा टेलिभिजनमा पनि देखाइयो जसमा नवगठित क्युवाली कम्युनिस्ट पार्टीहरूको केन्द्रीय समितिमा सदस्यहरू उपस्थित थिए । चेको त्यहाँ उपस्थिति थिएन । ३ अक्टोबर १९६५ को क्यास्ट्रोको भाषणको एक अंश यहाँ उल्लेख छ । चेको परिवार स्रोताको रूपमा त्यो सभामा उपस्थित थिए । हाम्रो केन्द्रीय समितिका सदस्यहरू घोषणा गरिएको नाम सूचीमा उनी छैनन् ।
शत्रुले हजारौँ अड्कलहरू लगाउन सकेका छन् । शत्रुले अन्योलको बीउ छर्ने वा शङ्का बढाउने प्रयास गर्यो तर सही समय पर्खनु आवश्यक भएकोले हामीले धैर्यपूर्वक पर्खियौँ ।
यसले नै क्रान्तिकारीहरूलाई प्रतिक्रान्तिकारी र साम्राज्यवादीहरूबाट छुट्याउँछ । क्रान्तिकारीहरू कसरी पर्खने भन्ने कुरा जान्दछन्, हामीलाई थाहा छ कसरी धैर्य राख्ने, हामी कहिल्यै निराश छैनौँ । प्रतिगामीहरू, प्रतिक्रान्तिकारीहरू र साम्राज्यवादीहरू सदा निराशामा बाँच्छन्, सदा आक्रोशमा बाँच्छन्, सदा झूटमा बाँच्छन् । सबभन्दा हास्यास्पद र केटाकेटीपनले बाँच्छन् । केही अधिकारीहरूका अमेरिकी सांसदहरूले बोलेका कुरा सुन्ने हो भन्ने तिनीहरू नबोलेको सट्टा तिनीहरूले भन्ने गरेका प्रतिनिधिसभामा पुगे । कसरी भन्ने प्रश्न सोध्न कर लाग्छ । तिनीहरूमध्ये केही उत्पन्न मूर्खतापूर्ण ढङ्गमा बोल्छन् । तिनीहरूको झूटो बोल्ने चर्को बानी छ । तिनीहरू झूटो नबोली बाँच्न सक्तैनन् । तिनीहरू त्रासमा जिउँछन् ।
यदि क्रान्तिकारी सरकारले सधैँ भन्दै आइरहेको केही कुरा भन्छ भने तिनीहरू त्यसमा पनि भयानक र डरलाग्दा योजना भएको कुराहरू देख्छन् ।
कस्तो हास्यास्पद । तिनीहरू कुन त्रासमा बाँच्छन् ? एउटा अचम्मको कुरा के हो भने के तिनीहरू यसमा विश्वास गर्छन् ? अथवा आफूले भनेको हरेक कुरामा विश्वास गर्न के तिनीहरूलाई जरुरी सम्झन्छन् ? अथवा आफूले भनेका हरेक कुरामा विश्वास नगरी के तिनीहरू बाँच्न सक्तैनन् ? अथवा के तिनीहरू आफूले विश्वास नगर्ने कुरा पनि बताउँछन् ?
यो कुरा भन्न कठिन छ । यो सायद चिकित्सक र मनोचिकित्सकहरूको विषय हो । तिनीहरूको दिमागमा के छ ? कुन त्रासले गर्दा तिनीहरू हरेक कुरालाई दाउपेच, भयङ्कर, डरलाग्दो र भयानक योजना ठान्छन् ? सफा मनले, सत्यको पक्षमा लड्नुबाहेक अर्को कुनै राम्रो दाउपेच, रणनीति नभएको कुराप्रति तिनीहरू अवगत छैनन् किनभने यिनै हतियारहरूले मात्र विश्वास, सुरक्षा, समाज र नैतिकतालाई प्रेरित गर्छ । यही हतियारहरूबाटै हामी क्रान्तिकारीहरूले हाम्रो शत्रुहरूलाई पराजित गर्न र ध्वस्त गर्न प्रयोग गरिआएका छौँ ।
एउटा क्रान्तिकारीको मुखबाट कसले झूट सुनेको छ ? झूटको हतियारले क्रान्तिकारीहरूलाई मद्दत गर्दैन र कुनै पनि गम्भीर क्रान्तिकारीले झूटको सहारा लिन आवश्यक छैन । तिनीहरूले हतियार भनेको सही उद्देश्य, नैतिकता, सच्चाइ, विचारको रक्षा गर्ने क्षमता, एक प्रस्ताव र स्थिति हो ।
छोटोमा भन्नुपर्दा हाम्रा शत्रुहरूको नैतिक स्थिति साँच्चै सोचनीय छ । तसर्थ, क्युवाको विषयमा जानकारी राख्ने भविष्यवेत्ताहरू, पण्डितहरू, विज्ञहरू र रहस्य सुल्झाउने प्रयास गरिरहेका छन् । के अर्नेस्टो ग्वेभारा पजनीमा परेको हो ? के ग्वेभारा बिरामी छन् ? के अर्नेस्टो ग्वेभारासँग मत भिन्नता छ ? यस्तै यस्तै कुराहरू छन् ।
स्वाभाविकरूपले जनता विश्वस्त छन् । जनतामा विश्वास छ । तर, शत्रुहरू विशेषगरी विदेशमा यस्ता कुराहरू फैलाएर हामीलाई बदनाम गर्न चाहन्छन् । तिनीहरू यहाँ एउटा डरलाग्दो र भयानक कम्युनिस्ट शासन छ, जनताबिना कुनै चिह्नबिना कुनै स्पष्टीकरण गायब हुन्छन् भन्छन् । जब जनतामा उनको अनुपस्थितिप्रति ध्यानाकृष्ट भयो, हामीले जनतालाई सही समयमा त्यसको सूचना दिँदै बतायौँ । पर्खनुका कारणहरू थिए भनी बतायौँ ।
हामी साम्राज्यवादका शक्तिहरूले घेरिएर बाँचेका छौँ । विश्व सामान्य परिस्थितिमा छैन । अमेरिकी साम्राज्यवादीहरूको आपराधिक बमहरू भियतनामका जनतामाथि खसिरहेसम्म हामी साधारण परिस्थितिमा बाँच्दै छौँ भन्न सक्तैनौँ । एक लाखभन्दा बढी अमेरिकी सैनिकहरू मुक्ति आन्दोलनलाई दबाउने प्रयासमा एउटा भूमिमा उत्रन्छन्, अन्य गणतन्त्रसरहको कानुनी अधिकार भएको डोमिनिकन गणतन्त्रमा त्यहाँको सार्वभौमिकता कुल्चन साम्राज्यवादका सैनिक उत्रन्छन् भन्ने विश्व सामान्य परिस्थितिमा बाँचेको छैन । हाम्रो देशलाई घेरेर साम्राज्यवादीहरूले भरौटे सैनिकहरूलाई प्रशिक्षित गरिरहेको (स्पेनियाली व्यापारी जहाजमा प्रतिक्रान्तिकारी निर्वासित क्युवालीहरूको आक्रमण) सियरा आराजाचू (Sierra Aranzazu), ल्याटिन अमेरिका वा विश्वको कुनै पनि देशमा हस्तक्षेप गर्ने धम्की साम्राज्यवादीहरूले दिइरहेको छ भने हामी सामान्य परिस्थितिमा बाँचिरहेका छैनौँ ।
बाटिस्टा तानाशाहीविरुद्ध भूमिगत युद्ध गर्दा सामान्य परिस्थितिमा नबसेका क्रान्तिकारीहरूले सङ्घर्षका नियमहरू पालना गर्नुपथ्र्यो । यसरी नै हाम्रो देशमा क्रान्तिकारी सरकार भए तापनि विश्वका यथार्थताको सन्दर्भमा भन्नुपर्दा हामी सामान्य परिस्थितिमा बाँचेका छैनौँ तथा हामीले सो परिस्थितिको नियमहरू पालना गर्नुपर्दछ ।
यसलाई व्याख्या गर्न म अर्नेस्टो ग्वेभाराको एक हस्तलिखित पत्र पढ्न गइरहेको छु । जसले सबै कुरा प्रस्ट पार्दछ । हाम्रो मित्रता र बन्धुत्व कसरी सुरु भयो, कुन परिस्थितिमा र कसरी विकसित भयो ? त्यो सबै बताउनु आवश्यक छैन । म आफूलाई पत्र पढ्नसम्म गइरहेको छु ।
लेखिएको छ– ‘हवाना’ पत्रमा कुनै मिति छैन किनभने पत्र सबभन्दा उपयुक्त समयमा पढियोस् भन्ने आशयले लेखिएको थियो तर पत्र सा¥है सङ्क्षेपमा अप्रिल १ मा पठाइएको थियो । ठीक छ महिना दुई दिन अगाडि प्रेषित पत्रमा लेखिएको छ –
हवाना, कृषि वर्ष
फिडेल,
यस क्षणमा म धेरै कुरा सम्झिरहेको छु जब क्युवाली क्रान्तिकारी मारिया एन्टोनियो (Maria Antonio) को घरमा हाम्रो भेट भयो जब म तयारीको चिन्तामा थिएँ, एक्लै भए पनि आउने प्रस्ताव तपाईँले राख्नुभयो । एकदिन तिनीहरू आए र कारणवस मृत्यु भए कसलाई सूचना दिने भनी मलाई सोधे, त्यो तथ्यको सम्भावनाले मलाई पनि छोयो । पछि गएर हामीले यो कुरा सत्य हो भन्ने थाहा पायौँ, क्रान्तिमा एउटा जित्छ वा मर्छ (यदि क्रान्ति साँचो हो भने) विजयको बाटोमा धेरै कामरेडहरू बिते ।
आज हरेक कुरा कम नाटकीय छ किनभने हामी बढी परिपक्व भयौँ । तर, घटनाले आफैलाई दोहो¥याउँछ । यस क्षेत्रमा क्युवाली क्रान्तिसँग मलाई बाँध्ने मेरो कर्तव्यको एउटा भाग मैले पूरा गरिसकेको छु जस्तो मलाई लाग्छ र म तपाईँसँग, कामरेडहरूसँग, तपाईँका जनतासँग जो अहिले मेरा पनि जनता हुन्, उहाँहरूसँग बिदा माग्छु । म औपचारिकरूपमा पार्टी नेतृत्वमा मेरो स्थान, मेरो मन्त्री पद कमान्डर पद र क्युवाली नागरिकताबाट राजीनामा दिन्छु । कुनै पनि कानुन बन्धनले मलाई क्युवासँग बाँधेका हुन्छन् । क्युवासँगको बन्धन अर्कै प्रकृतिको छ, त्यो बन्धनलाई औपचारिक पद नियुक्तिले तोड्न सकिदैन ।
मेरो विगतको जीवन सम्झँदा क्रान्तिकारी विजयलाई ठोस बनाउन पर्याप्त एकता र समर्पणका साथ काम गरेको मेरो विश्वास छ । मेरो एउटै मात्र गम्भीर असफलता भनेको सियरा मायस्ट्रामा पहिलो क्षणदेखि नै तपाईँप्रति बढी विश्वास नराख्नु तथा एक नेता र क्रान्तिकारीको रूपमा तपाईँको गुणलाई छिट्टै नबुझ्नु थियो ।
मैले धेरै गौरवपूर्ण दिन बाँचेँ तथा तपाईँसँग गौरवपूर्ण तर दुःखद क्यारिबियाली क्षेप्यास्त्र सङ्कट (Caribbean Missile Crisis) का दिनहरूमा हाम्रा जनतासँग बस्न पाएकोमा म गौरव अनुभव गर्दछु । ती दिनहरूमा तपाईँभन्दा बुद्धिमान राजनेता सायदै थिए । बिना कुनै सर्त तपाईँको अनुशरण गर्न पाएकोमा तथा तपाईँको विचारको शैलीलाई बुझ्न पाउँदा तथा खतराहरू र सिद्धान्तहरूलाई हेर्न र प्रशंसा गर्न पाउँदा मलाई पनि बिना कुनै हिच्किचाहट गौरव लाग्यो ।
संसारका अन्य राष्ट्रहरूले मेरो विनम्र प्रयासको लागि आह्वान गरेका छन् । क्युवाको प्रमुखको रूपमा तपाईँको जिम्मेवारीको कारण तपाईँले गर्न सम्भव नभएको काम म गर्न सक्छु र हाम्रो छुटिने समय आएको छ ।
यो समय मेरो लागि खुसी र दुःखको समय हो । यहाँ मैले मेरा सबभन्दा प्रियजनहरूको प्यारो व्यक्तिको रूपमा एक निर्ममताका सबभन्दा पवित्र आशाहरू छाडेको छु । मलाई छोराको रूपमा स्वीकार्ने जनतालाई छाडेको छु । यसले मेरो भावनामा एउटा घाउ पारेको छ । तपाईँले सिकाउनुभएको विश्वास मेरा जनताको क्रान्तिकारी भावना सबभन्दा पवित्र कर्तव्य पूरा गर्ने भावना आदिको कारण साम्राज्यवादविरुद्ध जुनसुकै ठाउँमा लड्ने क्रममा मैले नयाँ रणक्षेत्र खोलेको छु । यसले मेरो गहिरो घाउलाई निको पार्न धेरै धेरै सहयोग गर्नेछ ।
क्युवाको उदाहरण लिनबाहेक क्युवालाई कुनै पनि दायित्वबाट मुक्त गरेको घोषणा म पुनः गर्न चाहन्छु । यदि मेरो अन्तिम घडी अरु आकासमुनि बित्ने भए पनि मेरो अन्तिम विचार यहाँको जनता र विशेषगरी तपाईँको हुनेछ । म तपाईँको शिक्षा र उदाहरणको लागि आभारी छु तथा मेरा कामहरूको अन्तिम परिणामसम्म म यसप्रति विश्वासिलो रहने प्रयास गर्नेछु ।
हाम्रो क्रान्तिको विदेश नीतिप्रति म सधैँ परिचित छु र रहनेछु । म जहाँ भए तापनि म आफूलाई क्युवाली क्रान्तिकारी भएको जिम्मेवारी अनुभव गर्नेछु तथा त्यसरी नै व्यवहार गर्नेछु । मैले मेरी श्रीमती तथा बालबालिकालाई कुनै पनि भौतिक सम्पत्ति नछोडेकोमा दुःखी छैन । म यसैमा खुसी छु । म तिनीहरूको लागि केही माग्नेछैन किनभने राज्यले तिनीहरूलाई बाँच्न पर्याप्त सामग्री उपलब्ध गराउनेछ र शिक्षा दिनेछ ।
तपाईँ तथा हाम्रा जनतालाई भन्नुपर्ने धेरै कुराहरू छन् तर ती सबैलाई म अनावश्यक ठान्छु । मैले के भन्न खोजेको छु, त्यसलाई शब्दहरूमा व्यक्त गर्न सकिन्न तथा नबुझिने धेरै पाना भर्नु म उपयुक्त ठान्दिनँ ।
सदा विजयी होऔँ !
मातृभूमि वा मृत्यु !
मेरो क्रान्तिकारी अभिवादन
चे
क्रान्तिकारीहरूलाई क्रूर व्यक्ति, असंवेदनशील, भावना नभएको भनी सोच्नेहरूले यो पत्रमा एक क्रान्तिकारी आत्मामा हुनुपर्ने सारा भावना, सम्पूर्ण संवेदनशीलता र पूर्ण पवित्रता पाउन सक्छन् ।
यो पत्रप्रतिको हाम्रो जवाफ छ –
चे ग्वेभारा, हामीलाई जिम्मेवारीले सचेत बनाएको होइन हामी क्रान्तिप्रति जिम्मेवार छौँ । हाम्रो क्षमताले भ्याएसम्म क्रान्तिकारी आन्दोलनलाई सहयोग गर्नु हाम्रो जिम्मेवारी हो र हामी ती जिम्मेवारी, परिणाम र खतरा उठाउन तयार छौँ । ७ वर्षदेखि हामीले यस्तो परिस्थितिको सामना गर्दै आएका छौँ । साम्राज्यवादको अस्तित्व रहेसम्म शोषित र उपनिवेशी जनता रहेसम्म हामी यस्ता खतराहरू उठाउनेछौँ तथा धैर्यपूर्वक सो जिम्मेवारीलाई पूरा गर्दै जानेछौँ ।
ती कामरेडहरूको भावनाहरूको सम्मान गर्नु र पूरा गर्नु, त्यो स्वतन्त्रता र अधिकारको सम्मान गर्नु हाम्रो कर्तव्य हो । त्यही नै साँचो स्वतन्त्रता हो, सिक्रीहरू लाड्न खोज्नेहरूको जस्तो त्यो स्वतन्त्रता होइन । तर, त्यो स्वतन्त्रता दासत्वको सिक्रीविरुद्ध राइफल उठाउनेहरूको स्वतन्त्रता हो ।
यही नै हाम्रो क्रान्तिले घोषणा गरेको अर्को स्वतन्त्रता हो, राष्ट्रपति जोन्सन । साम्राज्यवादीहरूसँग बस्न क्युवा छाड्न चाहनेहरूका भियतनाम र कङ्गोमा पठाउन साम्राज्यवादीहरूले भर्ना गर्ने व्यक्तिहरू क्युवा छोड्न चाहन्छन् भने छाड्न सक्छन् । एउटा कुरा सबैलाई ज्ञात होस् यो देशका हरेक नागरिकले जब साम्राज्यवादीहरूको पक्षमा नभई क्रान्तिकारीहरूको पक्षमा लड्ने अनुरोध गर्दछ भने क्रान्तिले तिनीहरूलाई ज्ञान दिन निषेध गर्नेछैन । यो एउटा स्वतन्त्र देश हो । सबैको लागि स्वतन्त्र श्रीमान् जोन्सन ।
यही नै एउटामात्र पत्र होइन । यो पत्रबाहेक हामीसँग अन्य धेरै पत्रहरू छन्, विभिन्न कामरेडहरू, उनका बालबच्चा, उसका अभिभावक र अन्य कामरेडहरूलाई सम्बोधन गरिएका धेरै पत्रहरू छन् । हामी ती पत्रहरू ती कामरेडहरू नातेदारहरूलाई पु¥याउनेछौँ तथा क्रान्तिको लागि योगदान गर्न अनुरोध गर्नेछौँ किनभने ती दस्ताबेजहरू इतिहासको एक भाग हुन योग्य छन् ।
यानले हरेक कुराको वर्णन गर्छ भन्ने हामी विश्वास गर्छौँ । यसलाई वर्णन गर्नेहरूको जिम्मेवारी थियो । बाँकी सबै कुरा हाम्रा शत्रुहरू नै जान्छन् । हामीसँग धेरै कामहरू छन्, हाम्रो देशमा र विश्वमा गर्नुपर्ने हाम्रो धेरै धेरै कर्तव्यहरू पूरा गर्न बाँकी छन् । हामी ती सबै पूरा गर्नेछौँ ।
स्रोत : चे, फिडेल क्यास्ट्रोको संस्मरण
Leave a Reply