मनको अदालत
- आश्विन २४, २०८२
आउ साथी अघि बढौँ
काँधमा काँधमा मिलाई
सचेत भई नयाँ पुस्ता
एकजुट भई हामी ।
दुःख पाए कति बुबा बाजेहरूले
पुस्तौँपुस्ता दासदासी भई
शोषक सामन्तको जालझेल
विरूद्ध लडे जीवनभरि ।
वर्गीय समाजको वर्गसङ्घर्ष हो
हाम्रो लागि आज इतिहास
वर्गीय भावना वर्गीय समाज यो
भुलेर पनि गर्नु हुन्न उपहास ।
हामी त शिक्षित वर्ग हौँ
देश के हो, जनता के हो ?
बुझेर मात्र अघि बढौँ
भविष्य त हाम्रै हो ।
सिक्नु छ हरपल हर समय
वर्तमानबाट भविष्य कोर्नु छ
हामी नयाँ पुस्ताले
संसार अब हाँक्नु छ ।
कसैको इसारामा होइन
कसैको सहयोगमा होइन
कसैको हितमा होइन
आफ्नै देश र जनको हितमा ।
आत्मनिर्भरताको दियो बाली
स्वाधीनताको गीत गाई
मुहार फेर्नु छ देशको
जन जनको मन जित्नलाई ।
हत्या, हिंसा, लुटपाट
देशको सम्पत्ति विनाश होइन
पुस्ताको सम्पत्ति जगेर्ना गर्दै
देश निर्माणमा जुट्नु छ ।
हामी नयाँ पुस्ता
त्यसको लागि हेर साथी
एकजुट भई अघि बढ्नु छ
निःस्वार्थ सेवा भाव लिई ।
स्वच्छ, इमानदारी, देशभक्ति
मूल हो यसको राजनीति
अँगाली अघि बढ्न हामी
एकताको आवाज उठाई ।
२०८२ असोज २५
Leave a Reply