यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
एक अमेरिकी नागरिक अधिकार समूहले शुक्रबार २०२५ को नोबेल शान्ति पुरस्कार विजेतालाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको राजनीतिक दल र युरोपका दक्षिणपन्थी समूहहरूसँगको उनको सम्बन्धसहित यहुदीवाद र फासीवादको समर्थन त्याग्न आह्वान गरेको छ ।
भेनेजुयलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई शुक्रबार नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
काउन्सिल अन अमेरिकन–इस्लामिक रिलेसन्स (सीएआइआर) ले नोबेल पुरस्कार समितिको मारिया कोरिना माचाडोलाई पुरस्कार प्रदान गर्ने निर्णयसँग ‘कडा असहमति’ रहेको बताएको छ । माचाडोले एक पटक “गिर्ट वाइल्डर्स र मारी ल पेनलगायत युरोपेली फासीवादीहरूको सम्मेलनमा टिप्पणी दिएका थिए । उनले सन् १५०० को दशकमा स्पेनी मुस्लिम र यहुदीहरूको जातीय सफायालाई उल्लेख गर्दै नयाँ Reconquista/रिकन्क्विस्टाको (पुनःप्राप्ति) लागि खुला रूपमा आह्वान गरेकी थिइन्” ।
सीएआइआरले भन्यो कि यदि मचाडोले सो आह्वान फिर्ता लिन असफल भइन् भने नोबेल पुरस्कार समितिलाई आफ्नो निर्णय ‘पुनर्विचार’ गर्न आग्रह गर्दै भन्यो, उनलाई छनोट गरेर “आफ्नो प्रतिष्ठालाई कमजोर नपार्नुस्” ।
“मुस्लिमविरोधी कट्टरपन्थी र युरोपेली फासीवादको समर्थकलाई, डा. मार्टिन लुथर किङ्ग जुनियरजस्ता व्यक्तिहरू र नोबेल शान्ति पुरस्कारका अन्य योग्य विजेताहरूसँगै कुनै ठाउँ हुनेछैन,” सीएआइआरले एक विज्ञप्तिमा भन्यो ।
सीएआइआरले भन्यो, “नोबेल शान्ति पुरस्कार ती व्यक्तिहरूलाई दिनुपर्छ जसले सबै मानिसहरूका लागि न्यायको बहादुरीपूर्वक वकालत गरेर नैतिक स्थिरता देखाएका छन्, विदेशमा जातिवाद, कट्टरता र फासीवादलाई समर्थन गर्दै आफ्नै राष्ट्रमा लोकतन्त्रको माग गर्ने राजनीतिज्ञहरूलाई होइन”
मचाडो नेतान्याहुको लिकुड पार्टीलाई समर्थन गर्छिन् र २०१८ मा उनलाई एउटा पत्र लेखेकी थिइन् जसमा भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई हटाउन मद्दत गर्न आग्रह गरिन् ।
माचाडोले २०२० मा आफ्नो राजनीतिक दल र लिकुड पार्टीबिच औपचारिक ‘गठबन्धन’ मा हस्ताक्षर गरकी थिइन् । त्यही वर्ष, उनले इजरायली मिडियालाई भनिन् कि यदि उनी सत्तामा आए भने भेनेजुयलाको दूतावास जेरुसेलममा सार्नेछु ।
उनले यो पनि घोषणा गरेकी थिइन्, “भेनेजुयलाको सङ्घर्ष इजरायलको सङ्घर्ष हो ।”
फेब्रुअरीमा माचाडोले म्याड्रिडमा भएको अति–दक्षिणपन्थी ‘प्याट्रियट्स अफ युरोप’ सम्मेलनमा टिप्पणी गरेकी थिइन् जहाँ वक्ताहरूमा मुस्लिमविरोधी अधिवक्ताहरू वाइल्डर्स, ल पेन र भिक्टर ओर्बानजस्ता समावेश थि

अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले ३१ मे २००५ मा माचाडोलाई ओभल अफिसमा स्वागत गर्दै ।
ए ।
रोय्टर्सको एक रिपोर्टले भन्यो कि सम्मेलनका वक्ताहरूले स्पेन र पोर्चुगलको मुस्लिम भागहरू पुनः कब्जा गर्ने इसाईहरूको सन्दर्भमा आप्रवासनको विरोध गर्दै धेरैजसोले नयाँ Reconquista/रिकन्क्विस्टा (पुनः प्राप्ति) को लागि आह्वान गरे ।
शुक्रबार, माचाडोले पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भेनेजुयलाका जनतालाई समर्पित गर्दै भनिन्, “म यो पुरस्कार भेनेजुयलाका पीडित जनता र हाम्रो उद्देश्यको निर्णायक समर्थनको लागि राष्ट्रपति ट्रम्पलाई समर्पित गर्दछु ।”
ट्रम्पले लागुपदार्थ कार्टेलहरूलाई लक्षित गर्दै भेनेजुयलाको तटमा युद्धपोत पठाएका छन् ।
१० अक्टोबर २०२५
स्रोत : मिडल इस्ट आइ
Leave a Reply