अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
वासिङ्टन, ३० असोज (एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भेनेजुयलाविरुद्ध गोप्य रूपमा केन्द्रीय गुप्तचर एजेन्सी (सिआईए) लाई कारबाही गर्न अनुमति दिएको सङ्केत गरेका छन् । साथै उनले दक्षिण अमेरिकी यस राष्ट्रमा भूमिगत रूपमा रहेका कथित ड्रग कार्टेलहरूविरुद्ध स्थलीय आक्रमण गर्ने विकल्पबारे पनि विचाराधीन रहेको बताए ।
राष्ट्रपति ट्रम्पको उक्त टिप्पणीपछि भेनेजुयलाका राष्ट्रपति एवम् वामपन्थी नेता निकोलस मादुरोले तीव्र प्रतिक्रिया जनाउँदै ‘सिआईएले गराएको कू प्रयास’ को घोर निन्दा गर्नुभयो र क्यारिबियन क्षेत्रमा अमेरिकी नौसैनिक आक्रमणपछि आफ्ना सेनालाई व्यापक सैन्य अभ्यासको आदेश दिनुभयो ।
न्युयोर्क टाइम्सले मादुरोविरुद्ध सीआईएलाई गुप्तरूपमा कारबाहीको स्वीकृति दिएको समाचार प्रकाशित गरेको थियो । उक्त समाचारबारे विस्तृत प्रश्न सोधिँदा राष्ट्रपति ट्रम्पले ‘मैले वास्तवमा दुई कारणले अनुमति दिएँ’ भन्दै मादुरोको सरकारलाई ‘नार्को–आतङ्कवादी शासन’ को संज्ञा दिए । उनले जेलका कैदीहरूलाई मुक्त गरी संरा अमेरिका पठाएको आरोप दोहो¥याए ।
पत्रकारहरूले ‘के उनले सीआईएलाई मादुरोलाई हटाउने अधिकार दिएका हुन् ?’ भनी सोधेको प्रश्नमा उनले भने, “यो प्रश्न नै हास्यास्पद छ । वास्तवमा हास्यास्पद प्रश्न होइन, तर यसको जवाफ दिनु भनेको हास्यास्पद कुरा हो ।”
राष्ट्रपति ट्रम्पले भेनेजुयलाका कथित लागुऔषध कार्टेलहरूविरुद्ध समुद्रमा भएका घातक नौसैनिक कारबाहीपछि भूमिमा पनि सैन्य अभियान विस्तार गर्ने सम्भावनाबारे विचार भइरहेको जानकारी दिए ।
हालै क्यारिबियनमा अमेरिकी नौ सेनाले भेनेजुयाली डुङ्गामाथि गरेका आक्रमणमा कम्तीमा २७ जनाको मृत्यु भएको बताइएको छ । ट्रिनिडाड एन्ड टोबागोका अधिकारीहरूले मारिएकामध्ये दुई जना आफ्ना नागरिक हुनसक्ने भन्दै अनुसन्धान सुरु गरेको जनाएका छन् ।
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले संयुक्त राष्ट्रसङ्घलाई ट्रम्पविरुद्ध ‘आपराधिक प्रक्रिया’ सुरु गर्न आह्वान गर्नुभएको छ । उक्त आक्रमणमा कोलम्बियाली नागरिकहरू पनि मारिएको उहाँको विश्वास छ । विशेषज्ञहरूले अन्तर्राष्ट्रिय जल क्षेत्रमा बिना रोकथाम वा सोधपुछको कारबाही गर्दै घातक बल प्रयोग गर्नु कानुनी रूपमा विवादास्पद भएको टिप्पणी गर्नुभएको छ ।
शासन परिवर्तनका लागि कारबाही
अमेरिकी नौसेनाले क्यारिबियन क्षेत्रमा ठुलो मात्रामा आफ्नो उपस्थितिलाई विस्तार गरिरहेका छ । यसलाई वासिङ्टनले लागुऔषध विरोधी अभियानको हिस्सा भएको दाबी गरेको छ । तर, ल्याटिन अमेरिकाका धेरै देशले उक्त कदमको आलोचना गर्दै यसलाई भेनेजुयलामा शासन परिवर्तनको प्रयासको रूपमा व्याख्या गरेका छन् ।
राष्ट्रपति मादुरोले गठित समितिलाई सम्बोधन गर्दै भन्नुभयो, “हामी क्यारिबियनमा युद्ध चाँहदैनौँ, शासन परिवर्तन पनि चाँहदैनौँ र सिआईएले गराएको कूप्रयासलाई सहने पनि छैनौँ ।”
मादुरोले मङ्गलबार हालै भएको कथित लागुऔषध डुङ्गा आक्रमणपछि देशका ठुला सहरहरूमा व्यापक सैन्य अभ्यासको आदेश दिनुभएको थियो । ट्रम्पले सो आक्रमणमा ‘छ जना नार्कोटेररिस्ट’ मारिएको दाबी गरेका थिए ।
राष्ट्रपति मादुरोको निर्देशनमा भेनेजुयलाको सम्पूर्ण एटलान्टिक–क्यारिबियन तटमा अभ्यास सञ्चालन गरिएको छ र कोलम्बिया सिमानासम्मका क्षेत्रमा थप सैन्य तयारीको योजना बनाइएको छ । टेलिग्राममा प्रकाशित सन्देशमा उहाँले भेनेजुयलाका ‘पहाड, तट, विद्यालय, अस्पताल, कारखाना र बजार’ को सुरक्षा सुनिश्चित गर्न सेना, प्रहरी र नागरिक मिलिसियालाई परिचालन गरिएको उल्लेख गर्नुभयो ।
ट्रम्पले राष्ट्रपति मादुरोलाई ड्रग कार्टेलको नेतृत्व गरेको आधारहीन आरोप लगाएका छन् । उक्त आरोपलाई मादुरोले पूर्णरूपमा अस्वीकार गर्नुभएको छ । यसअघि अमेरिकी न्याय मन्त्रालयले मादुरोलाई पक्राउका लागि सूचनाको इनाम पाँच करोड डलरसम्म दोब्बर पारेको थियो ।
Leave a Reply