निर्वाचनमा सामान र पैसा बाँड्ने, भोज खुवाउनेहरूको उम्मेदवारी खारेज हुनुपर्ने
- कार्तिक ६, २०८२
नयाँ पुस्तालाई विदेशी भाषामा ‘जेन जी’ भनियो । ‘नक्सलाइट’ भनिने भारतीय नक्सलवाडी आन्दोलनलाई अङ्ग्रेजीमा ‘नक्सलाइट’ भनियो तर नेपालको गाउँगाउँमा पुग्दा एउटा जनसभामा जनताले वक्तासँग लेखेरै सोधे, “यो ‘लाइट’ भनेको के हो, यो खतरा छ, त्यसैले ६ बजेभित्रै घर फर्कनुपर्छ रे ?”
वक्ताले तुरुन्तै बुझेर भने, यो ‘लाइट’ वा ‘प्रकाश’ होइन; पूर्वी भारत, नेपालको पूर्वी भागमै नक्सलवाडी भनिने ठाउँमा किसानहरूको शोषक–सामन्तविरोधी ‘सशस्त्र सङ्घर्ष’ हो ।
२०१५ सालसम्म नेपालमा पनि ‘कम्युनिस्ट’ शब्दको गलत प्रचार गरियो । ‘कम्युनिस्टको सिङ’ हुन्छ; ‘दाल, भात तरकारी, अरू सबै सरकारी’ आदि नामले प्रचार गरियो ।
त्यस्तै चीनका २८ जना नयाँ युवाहरू रुस भएर सर्वहारा क्रान्ति, समाजवाद, साम्यवाद आदिबारे तालिम लिएर घर फर्के । रुसी वा अरू विदेशी भाषाका क्रान्तिकारी विषयका विदेशी नेताका उद्धरणहरू कण्ठ आउँथ्यो तिनीहरूलाई । तिनीहरूले चीनमा रुसकै जस्तै सहरी क्रान्तिबाट समाजवाद आउँछ भनी ‘सहरी सशस्त्र सङ्घर्ष’ लाई सुरु गरे । तर, रुस र चीनको भूगोल, समाजको वर्गीय सन्तुलन आदिबारे ती ‘२८ बोल्सेविक’ हरू लाई थाहा थिएन । ती सङ्घर्षमा हजारौँ होइन लाखौँ बलिदान भए । ती बोल्सेविकहरूले किसानहरूलाई ‘निम्न पुँजीपतिवर्ग’ भनी घृणा गर्थे ।
तर, चीनको परिस्थिति धेरै फरक हुँदा ठुलाठुला क्षतिको कारण पार्टीमा सैद्धान्तिक सङ्घर्षमा ‘२८ बोल्सेविकहरू’ ‘वामपन्थी अवसरवादी’ को रूपमा हारे तथा ‘नयाँ स्थानीय माक्र्सवादी’ हरूको नेतृत्वले क्रान्तिमा सफलता प्राप्त गर्दै गयो । रुसको सङ्घर्ष र सङ्गठनको केन्द्र सहर थियो भने चीनको सङ्गठन र सङ्घर्ष गाउँ हुँदै अगाडि बढ्यो । रुसमा नेतृत्व सर्वहारावर्गको थियो भने चीनमा क्रान्तिको आधार किसान क्रान्ति थियो । विचार र सिद्धान्त सर्वहारावर्गको थियो । चीनका किसानहरू युरोपका मजदुरहरूजस्तै क्रान्तिकारी थिए । यसरी व्यवहारमा धेरै हन्डर र बलिदानपछि मात्रै सिद्धान्तलाई ठीक ढङ्गले लागु गर्नमा सफलता हासिल गरेको विभिन्न देशका क्रान्तिबाट थाहा हुन्छ । झन्डै हरेक देशको क्रान्ति फरक ढङ्गले अगाडि बढेको देखिए, कति क्रान्तिहरू बलिदानमा टुङ्गिए ।
क्रान्ति के हो ?
बेलायती क्रान्ति, अमेरिकी स्वतन्त्रता आन्दोलन र फ्रान्सेली क्रान्ति राजा–महाराजा र सामन्तवर्गको विरोधमा व्यापारी, उद्योगपति, किसान र मजदुरहरूको क्रान्ति थियो । ती क्रान्तिको नेतृत्व पुँजीपतिवर्गले सामन्तवर्गको विरोधमा गरेको थियो । पुँजीपतिवर्ग व्यापार र उद्योगमा राज्यले लगाएका अनेक कर र बाधा व्यवधानको विरोधमा सामन्तवर्गको विरोधमा पुँजीपतिवर्गको हितमा भएको सशस्त्र सङ्घर्ष थियो । किसानहरूले ‘जमिन जोत्नेको’ नाराअनुसार गाउँ–गाउँमा किसान जनता उठे, सामन्तहरू भागे, सहर–सहरमा सामन्त सरकारको विरोधमा उद्योगपति, व्यापारी र मजदुरवर्गको ‘नयाँ आदर्श सेना’ ले कब्जा गरे । संसद्मा क्रान्तिकारी जनताको बहुमत भयो । १६४० मा सुरु भएको सो क्रान्तिमा संसारमा पहिलो पटक राजालाई ज्यान सजाय दियो । अमेरिकी स्वतन्त्रता आन्दोलन पनि राजावादी पुँजीवादी बेलायतकै विरोधमा थिइयो । फ्रान्सेली क्रान्तिले पनि राज परिवारले देश र जनतालाई विश्वासघात गरी आफ्नै देशमा विदेशी हमला गर्ने षड्यन्त्र गरेकोमा राजपरिवारका सदस्यहरूलाई समेत ज्यान सजाय दियो ।
१९१७ मा रुसमा भएको फेब्रुअरी क्रान्तिमा नेतृत्व पुँजीपतिवर्गको थियो, राजा मारियो तर त्यस क्रान्तिले अत्यन्त बहुमत जनता, मजदुर र किसानलाई समेत दबाएको हुँदा पुँजीपतिवर्ग र पुँजीवादी व्यवस्थाको विरोधमा अक्टोबर महिनामा ‘समाजवादी क्रान्ति’ सुरु भयो । उत्पादनका सबै साधनहरू खेत, खलियान, जङ्गल, पोखरी, कल–कारखाना, बैङ्क, व्यापार, हवाईजहाज, बस आदिमा व्यक्तिगत स्वामित्व हुनु पुँजीवादी व्यवस्था हो । सेना, प्रहरी, गुप्तचर विभाग, राजदूतावास र प्रशासन पनि शोषकवर्गकै हुन्छ । त्यसैले तिनीहरूको समेत विरोध गर्नु क्रान्ति थियो । असन्तोष, आक्रोश, विरोध प्रदर्शन, जनसभा पनि आन्दोलनमा गनिन्छ । यसकारण, ‘नेपालमा अस्ति भएका ‘नयाँ पुस्ता’ (जेन जीको आक्रोश) लाई क्रान्ति भनिएन, आक्रोश, विद्रोह र आन्दोलन भनियो ।
क्रान्तिमा उमेरको महत्वबारे ?
संसारमा आजसम्म भएका सबै क्रान्ति अर्थात् ‘मौलिक परिवर्तन’ उमेरको वा ‘नयाँ पुस्ता’ को रूपमा लिइएन । तर, ती सबैमा क्रान्तिकारी युवाहरूको सहभागिता हुनु स्वाभाविक हो । सेना, प्रहरी, राजनीतिक दलहरूको युवा, विद्यार्थी, महिला आदि सङ्गठनहरूमा ‘नयाँ पुस्ता’ हुनु स्वाभाविक हो ।
सबैजसो क्रान्तिमा युवाहरू सक्रिय थिए, छन् र हुनेछन् तर नेतृत्व उमेरले होइन विचार र सिद्धान्तले गर्छ । बेलायत, अमेरिका र फ्रान्सेली क्रान्तिका नेताहरू ‘कम उमेरका’ थिएनन् बुद्धिजीवी, प्रभावशाली र सङ्गठनकर्ताहरू थिए । ती सबै पुँजीवादी क्रान्ति अर्थात् आजको बेलायत, फ्रान्स, अमेरिका र भारतका पुँजीवादी व्यवस्था तीन–चार सय वर्ष पुराना विचारहरू हुन् । ती पुराना व्यवस्थाको विरोधमा ‘समाजवादी व्यवस्था’ १०० वर्षमा पनि ‘व्यवहार र परीक्षण’ मा परिमार्जन हुँदै छ । यस अर्थमा पुँजीवादी व्यवस्था संसारमा त्याज्य हुँदै छ भने ‘समाजवाद’ ‘प्रयोग, परीक्षण र परिमार्जन’ मा रहेको नयाँ व्यवस्था हो । यसमा उमेर र व्यक्ति होइन वर्ग र विचारले बढी महत्व पाउँदै छ । यदि नेतृत्वमा जति कम उमेरको हुन्छ त्यति नै प्रखर हुने भए – १२, १५ वा २१ वा २२ का सबै नेतृत्वमा राख्नु उपयुक्त होला ?
लेनिन र स्तालिन उमेरले होइन र सिद्धान्त र व्यवहारले सफल भएका हुन् । चीनको क्रान्ति पनि आफ्नो देशको मुक्तिको निम्ति साम्राज्यवादविरोधी निरन्तरता र सिद्धान्तले पोख्त भई सफलता प्राप्त गरेको हो । कोरिया, भियतनाम, लाओस र कम्बोडिया आदि देशहरू अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्षबाटै मुक्त भएका हुन् । त्यहाँका सबै नेता पनि युवावस्थादेखि नै सङ्घर्षरत थिए । जहाँसम्म क्युवाको क्रान्तिको प्रश्न छ, क्यास्ट्रो, चे र अन्य क्रान्तिकारीहरू बोलेभार र मार्टीजस्ता दक्षिण अमेरिकी पुराना साम्राज्यवादविरोधी नेताहरूकै सिद्धान्तबाट प्रेरित थिए । ती नेताहरू पनि संयुक्त राज्य अमेरिका र अन्य युरोपेली साम्राज्यवादको विरोधमा सङ्घर्षमा वषौँसम्म होमिएका थिए ।
नेपालको ‘नयाँ पुस्ता’ वा ‘जेन जी’ को आन्दोलनमा ‘स्वतन्त्र तिब्बत’, ‘रैथाने तिब्बती भाइचारा’ जस्ता संस्थाहरू सामेल भएको बताइन्छ । पूर्वराजा ‘ज्ञानेन्द्र’ एवम् ‘दलाई लामा’ को पनि समर्थन भएको बताइन्छ । यो कुरा सत्य हो भने त्यसबारे पनि नेपाली युवा पुस्ता प्रस्ट हुनु आवश्यक छ ।
संसारका सबै ‘आमूल परिवर्तन’ र क्रान्तिहरू राजा–महाराजा र शोषकवर्गकै विरोधमा भएका हुन् । यसकारण, नेपालमा पनि हिजो राजतन्त्रको विरोधमा ‘गणतन्त्र’ स्थापना भएको हो ।
तर, चीनको क्रान्तिमा जापानी सैन्यवाद चिनियाँ राजालाई बाटोमा फालेर भागेको हो । जापानी सैन्यवादको विजय भएको भए चिनियाँ राजाको नाममा चीनमा शासन गर्ने योजना थियो ।
त्यस्तै दलाई लामालाई पहिले तिब्बतमा तिब्बतीहरू ‘धर्मराज’ को रूपमा मान्थे; उनको पछाडि दास मालिकहरूको बाहुल्यता थियो । उनलाई पछि अमेरिकी साम्राज्यवादीहरूले ‘समाजवादी व्यवस्था’ को विरोधमा विद्रोह गराई भारतको शरणमा लगेका थिए । नेपालमा वाङ दे लामाको खम्पाली सेनासमेत मुस्ताङ जिल्लामा राखिएको थियो । उनको ज्यादतीले नेपाली जनता पीडित भएर नेपाल सरकारले दलाई लामाको ‘टेप रेकर्ड’ मार्फत वाङ दे लामालाई त्यो ठाउँ छोड्न आदेश दिएको थियो । वाङ देले धेरै नेपाली सेनाका जवानलाई पनि मारेका थिए । पछि उनी दार्चुला जिल्लामा मारिए ।
दलाई लामा व्यक्तिगतरूपले जे भए पनि उनको आजको राजनीतिक स्थिति अमेरिकी साम्राज्यवादकै गुप्तचर विभाग (सीआईए) को सञ्चालनमा रहेको विषय धेरै वर्षदेखि खुलासा भएको हो । त्यो संस्था अरू देशहरूको राजतन्त्रजस्तै पुरानो हो । जसरी पुरानो केटाकेटी बेलाको लुगा युवा भएपछि ठीक हुँदैन त्यस्तै राजतन्त्र आजको युगमा धेरै देशमा उपयुक्त भनिएन । त्यस्तै ‘दलाई लामा’ पनि एक पुरानो संस्थाको रूपमा नेपाली जनता बुझ्छन् ।
जहाँसम्म पूर्वी युरोपमा पोल्यान्ड, पूर्वी जर्मनी, हङ्गेरी, चेकोस्लोभाकिया, युगोस्लाभिया, रोमानिया, बुल्गेरिया, अल्बानियामा अनेकौँ परिवर्तनको नाम दिएर सत्ता पलट गरे पनि त्यसबेलाका रुसी नेताहरूले पुँजीवादी व्यवस्थाप्रति अमेरिकी साम्राज्यवादको आणविक युद्धको धम्कीको अगाडि झुकेका तथ्यहरू प्रस्टै थिए । तत्कालीन रुसी नेताहरू मुखले ‘कम्युनिस्ट’ कामले ‘पुँजीवादी’ र ‘सामाजिक–साम्राज्यवादी’ थिए । तिनीहरूले नै पछि आफ्नै देश इस्टोनियादेखि युक्रेनसम्म र जर्जिया, अर्मेनिया, अजरबैजान, तुर्केमेनिया तथा उजकिस्तान, कजाकिस्तान, किर्गिस्तान र ताजकिस्तानलाई पनि अमेरिका र नाटो सङ्गठनकै दबाबमा अलग्ग हुन दिएका थिए । त्यस्तै अरब देशहरू, अफ्रिकी देश र एसियाका केही देशका पनि केही भित्री सङ्घर्षहरूमा साम्राज्यवादीहरूको प्रत्यक्ष हात थियो । त्यसबारे अलग्गै लेखको आवश्यकता छ । नेपाल ‘एक चीन’ मान्ने एक तटस्थ राष्ट्र हो भन्नेबारे ध्यान दिइएन भने संरा अमेरिकाले नेपाललाई अन्तर्राष्ट्रिय युद्धमा फसाउन बेर छैन । नेपाली जनता अमेरिकी साम्राज्यवादको अगाडि झुक्नु हुन्न ।
Leave a Reply