छयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या र सांस्कृतिक ब्वज्या सुरु साहित्य, संस्कृति र स्वास्थ्य क्षेत्रका विशिष्ट तीन व्यक्तित्वको सम्मान
- कार्तिक ७, २०८३
काठमाडौँ (टोखा) ५ कार्तिक । नेपाल संवत् ११४६ न्हू दँको अवसरमा न्हू दँ हना खलः टोखाको आयोजना र नेपालभाषा साहित्य तःमुंज्या र बाल विकास क्लवको सहआयोजनामा भिन्तुना ¥याली तथा सांस्कृतिक कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव सुवालले नेपालभाषाको ऐतिहासिक महत्व भएको चर्चा गर्दै संयुक्त राष्ट्रसङ्घमा सदस्य लिँदा नेपालले नेपालभाषाको रञ्जना लिपि देखाएर दर्ता भएको बताउनुभयो ।
नेपालको २७ खर्ब वैदेशिक ऋण पुगेकोमा चिन्ता व्यक्त गर्दै उहाँले नेपालको वार्षिक व्यापार घाटा १५ खर्ब र बेरुजु १२ खर्ब रहेको बताउनुभयो ।
उहाँले झन्डै एक करोड नेपाली युवाहरू बिदेसिँदा खेतीयोग्य जमिन बाँझो भई आवश्यक दाल, चामल र तरकारीलगायतका खाद्यान्न भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
उहाँले भदौ २३ र २४ गतेको नयाँ पुस्ताको आन्दोलन ओली सरकारले सामाजिक सञ्जालहरूलाई बन्द गर्न गरेको निर्णयविरुद्ध भएको बताउनुभयो ।
सरकार भ्रष्टाचारको जालोमा फस्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले सिंहदरबार, सर्वाेच्च अदालत, संसद् भवनलगायतका सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी हुनु दुःखद भएको बताउनुभयो ।
नेमकिपाले चुनावलाई उपयोग गर्ने नीति लिएको स्पष्ट पार्दै उहाँले चुनाव धाँधलीरहित र शान्तिपूर्ण हुनुपर्ने र चुनावको बेलामा जनतालाई पैसा बाँड्ने, सामान बाँड्ने कुनै पनि दललाई सो अनुसारको दण्ड सजाय हुनुपर्ने र भ्रष्टाचारीहरूको सम्पति राष्ट्रियकरण गरी जेल सजायको संवैधानिक व्यवस्था हुनुपर्ने बताउनुभयो ।
न्हू दँ हना खलका अध्यक्ष काशिलाल डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिका अध्यक्ष शोभालाल श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, टोखा नगरपालिका वडा नं.३ का वडा अध्यक्ष रमेश डंगोल, न्हू दँ हना खलका सदस्यद्वय मदन श्रेष्ठ र शैलेश डंगोलले पनि आ–आफ्नो विचार राख्नुभएको थियो । टोखा क्वने लाछीबाट न्हू दँया भिन्तुना, नेपाल संवत् राष्ट्रिय संवत्, सीमा अतिक्रमण बन्द गर, सहकारी ठगलाई कारबाही गर, प्राकृतिक सम्पदा भुतखेल संरक्षण गर, चण्डेश्वरी प्रादेशिक अस्पताल व्यवस्थित गर, शिक्षा र स्वास्थ्य निःशुल्क गर, भ्रष्टाचारीलाई कारबाही गर, किसानलाई मल र बीउबिजन सहज गर, वैदेशिक हस्तक्षेप बन्द गर, भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, जातीय विभेद अन्त्य गर, सबै जातजाति भाषाभाषीका नेपाली एक होऔँ, जनता बाँचे भाषा बाँच्छलगायतका नाराका साथ टोखा नगर परिक्रमा गरी सुरु भएको भिन्तुना शुभकामना ¥यालीपश्चात् भएको सांस्कृतिक कार्यक्रममा नेपालभाषाका नृत्य र गीत प्रस्तुत गरिएको थियो ।
Leave a Reply