सोभियत हुकुमले गरेका कार्यहरू
- कार्तिक २१, २०८२

नेपालको स्वास्थ्य प्रणालीको मेरुदण्ड नर्सिङ हो । देशभरिका नर्सहरू आफ्नो जीवन समर्पित गर्दै बिरामीको हेरचाह गर्छन् । उनीहरूको मेहनत र समर्पण अतुलनीय छ । तर, अस्पताल र शिक्षण क्षेत्रमा देखिने कठिन कार्यसंस्कृति, कम तलब, वरिष्ठ–कनिष्ठ झगडा, मार्गदर्शनको कमी र ईष्र्याले नर्सिङ पेसालाई चुनौतीपूर्ण बनाएको छ । यसले धेरै दक्ष नर्सहरूलाई विदेश जान प्रेरित गरेको छ । यसले स्वास्थ्य सेवा प्रणालीमा दीर्घकालीन असर पारिरहेको छ ।
अस्पतालमा कार्यसंस्कृति
धेरै अस्पतालमा वरिष्ठ–कनिष्ठ पदानुक्रम कडा छ । नयाँ नर्सलाई व्यवस्थित मेन्टरसिप र प्रशिक्षण कम पाइन्छ । पदोन्नति वा मान्यता प्रायः व्यक्तिगत सम्बन्ध र निष्ठामा भर पर्छ । यसले वरिष्ठ र कनिष्ठबिच इष्र्या र मनोबल घटाउने व्यवहार उत्पन्न गर्छ ।
नर्सहरूले ठुलो जिम्मेवारी बहन गर्छन् (बिरामीको हेरचाह, आपतकालीन व्यवस्थापन, रिपोर्टिङ) तर तलब कम पाइन्छ । निजी अस्पतालमा तलब कम छ भने सरकारी अस्पतालमा स्थिरता भए पनि बढुवा सीमित छ । यस्तो वातावरणले नर्सहरूको कामको उत्साह घटाउँछ, सहकार्य कमजोर बनाउँछ र दक्षता कम गर्छ ।
एकेडेमिक नर्सिङमा चुनौतीहरू
समस्याहरू केवल अस्पतालमा सीमित छैनन् । नर्सिङ शिक्षण क्षेत्रमा पनि वरिष्ठ–कनिष्ठ झगडा र इष्र्याको प्रभाव देखिन्छ । शिक्षक र ट्युटरहरूले एकेडेमिक वातावरणमा सहकार्यभन्दा हाइररार्की र शक्ति प्रदर्शनमा बढी ध्यान दिन्छन् ।
– नयाँ शिक्षक वा ट्युटरले सही मेन्टरसिप नपाउँदा नयाँ विधि, अनुसन्धान र नवप्रवर्तन सिक्न कठिनाइ हुन्छ ।
– आधुनिक शिक्षण पद्धति र अन्तर्राष्ट्रिय अभ्यासको पहुँच कम हुँदा शिक्षा गुणस्तर घट्छ ।
– इष्र्या र Hierarchy ले शिक्षक र विद्यार्थी दुवैको काममा बाधा पु¥याउँछ ।
यसले शिक्षकहरूको मात्र होइन, विद्यार्थीहरूको पनि भविष्य प्रभावित गर्छ ।
ब्रेन ड्रेन र कारणहरू
नर्सहरूले विदेश जानुको मुख्य कारण कम तलबमात्र होइन । सम्मान र अवसरको कमी, अत्यधिक कामको दबाब र विदेशमा उच्च मागले उनीहरूलाई आकर्षित गर्छ । यदि यो समस्या निरन्तर रह्यो भने नेपालमा अनुभवी नर्सको कमी हुनेछ, जसले स्वास्थ्य सेवा प्रणाली कमजोर बनाउँछ ।
सुधारका उपायहरू
अस्पताल स्तरमा
– वरिष्ठ नर्सहरूले कनिष्ठ नर्सलाई मेन्टरसिप दिने ।
– कार्यस्थलमा सुरक्षा र दुव्र्यवहारविरुद्ध नीति लागु गर्ने ।
– कामको उचित मूल्याङ्कन र तलब÷प्रोत्साहन ।
– हाइरार्की कम गरेर सहकार्य र टीमवर्क प्रोत्साहन गर्ने ।
– योग्यताअनुसार पुरस्कार र बढुवा ।
शैक्षिक क्षेत्रमा
– वरिष्ठ शिक्षकले कनिष्ठ शिक्षकलाई मेन्टरसिप दिने ।
– आधुनिक शिक्षण पद्धति, अनुसन्धान र नेतृत्व प्रशिक्षण ।
– खुला छलफल र नयाँ विचारलाई प्रोत्साहन ।
– अन्तर्राष्ट्रिय अनुभव र सहयोग ।
ब्रेन ड्रेन रोक्ने उपाय :
– योग्यताअनुसार वा तलब र स्पष्ट बढुवा पथ ।
– निरन्तर शिक्षा र तालिम ।
– विदेश अनुभवपछि घर फर्केर नेतृत्व भूमिका ।
– सहयोगी पेसागत समुदाय र मेन्टरसिप ।
नेपालमा नर्सिङ अब परिवर्तनको मोडमा छ । अस्पताल र शिक्षण दुवै क्षेत्रमा सुधार आवश्यक छ । नर्सहरूले समर्पण र मेहनत देखाइरहेका छन् । तर, उनीहरूलाई सम्मान, सुरक्षा र उचित तलब चाहिन्छ । यदि सुधार भयो भने नेपालले दक्ष, जिम्मेवार र प्रेरित नर्सहरू तयार पार्न सक्छ । यसले स्वास्थ्य सेवा गुणस्तर सुधार्न मात्र नभई नर्सिङ पेसामा स्थायित्व र आत्मसन्तुष्टि पनि ल्याउँछ ।
(लेखक अर्चना बगाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर नर्सिङ क्याम्पसकी सहायक प्राध्यापक हुन्)
Leave a Reply