गाजामा दिगो शान्ति स्थापना हुनेमा संशय
- कार्तिक १५, २०८२

मस्को, १० कार्तिक (एएफपी) । प्रजग कोरियाका उच्च कूटनीतिज्ञसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार क्रेमलिनमा भेटवार्ता गर्नुहुने भएको छ ।
 रुसका विदेशमन्त्री चो सोन हुईले रुसको राजधानी भ्रमणको क्रममा रुसी समकक्षी सर्गेइ लाभरोभसँग सोमबार नै भेट भएको र भेटमा प्योङयाङ र मस्कोबिचको आध्यात्मिक निकटताको प्रशंसा गर्नुभएको थियो ।
 पुटिन र प्रजग कोरियाली नेता किम जोङ उनले गत वर्ष आपसी रक्षा सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । प्योङयाङले पश्चिमी कुस्र्क क्षेत्रमा युक्रेनी सेनासँग लड्न मस्कोको सेनालाई मद्दत गर्न हजारौँ सेना पठाएको छ ।
 क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी नेता पुटिनले चोईलाई स्वागत गरी समसामयिक विषयमा छलफल गर्ने बताउनुभएको छ ।
 प्रजग कोरियाली नेता किम जोङ उनले मस्कोसँग सैन्य सम्बन्ध अघि बढाउने प्रतिबद्धता जनाएको केही दिनपछि भएको यो भ्रमण दुई देशबिचको कूटनीतिक आदानप्रदानको लागि महत्वपूर्ण अवसर बन्ने अपेक्षा प्रजग कोरियाले गरेको छ ।
Leave a Reply