भर्खरै :

४५ औँ नेपालभाषा साहित्य तःमुंज्यालाई फर्केर हेर्दा

४५ औँ नेपालभाषा साहित्य तःमुंज्यालाई फर्केर हेर्दा

‘जनता म्वासा भाषा म्वाइ’ (जनता बाँचे भाषा बाँच्छ) भन्ने उद्घोषका साथ प्रत्येक वर्ष नेपाल संवत् कौलाथ्व द्वादशी र त्रयोदशीका दिन भक्तपुरको विभिन्न ठाउँमा नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम हुँदै आएको हो । यो वर्ष नेपाल संवत् ११४५ कौलाथ्व द्वादशी र त्रयोदशी (२०८२ असोज १८ र १९ गते) ४५ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम भक्तपुर नगरपालिका वडा नं. २ इताछेँ, नःपुखुमा २०८२ साउन १२ गते हुने निर्णय तःमुंज्या मु गुठीबाट गरियो ।
उक्त कार्यक्रम सफल पार्न २०८२ साउन १७ गते वडा नं. २ का वडावासीहरूको भेलाले ४५ सदस्यीय ४५ औँ तःमुंज्या आयोजक समिति गठन ग¥यो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य प्रेम सुवालले साहित्य जनताले बुझ्ने भाषामा लेखिनुपर्ने आवश्यकता औँल्याउँदै शोषित, पीडित, निम्न वर्ग तथा मजदुर किसानको आवाज उठाउनुपर्ने बताउनुभएको थियो । शासक दलको कुकर्मले हाम्रो नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानीमाथि नेपालीको दाबी फितलो भएको र देश विदेशको घटना तथा दमनको बारेमा जनतालाई सुसूचित गरी अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवादको विरोध साहित्यमार्फत गर्नुपर्ने उहाँले औँल्याउनुभयो ।
तःमुंज्या सफल पार्न स्थानीय नःपुखुमा प्रमोद हाडाको घरमा सम्पर्क कार्यालय स्थापना गरी २०८२ साउन २२ गते नेमकिपाका के.स. एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले उद्घाटन गर्नुभयो । कार्यक्रममा सांसद गोसाईले भाषा, साहित्य र संस्कृतिलाई जीवन्तता दिन हरेक नागरिकमा चेत आवश्यक भएको बताउनुभयो । सत्य र न्यायको निम्ति लड्ने भावनाको विकास भएन र गरिएन भने समाजमा विकृति र विसङ्गति बढ्नुका साथै सिद्धान्त र विचारको ख्याल नगरी वर्गीय आन्दोलन नगरी भाषा भाषा भनी चिच्याएर भाषा, साहित्य र संस्कृतिको संवद्र्धन नहुने बताउनुभयो ।
२०८२ साउन २५ गते गाईजात्रा पर्वमा समसामायिक राजनीति र अन्तर्राष्ट्रिय घटनाक्रमलाई उजागर गर्दै ४५ औँ तःमुंज्या आयोजक समितिको आयोजनामा व्यङ्ग्यात्मक घिन्ताङघिसी निकालियो । इजरायल–इरान युद्ध, अमेरिकाद्वारा इरानको परमाणु भण्डार क्षेत्रमा गरिएको हवाई आक्रमण, इजरायलले विगत ३ वर्षदेखि प्यालेस्टिनी जनतामाथि गरिएको अमानवीय हवाई हमला र युद्ध, युक्रेनको छद्मभेषी युद्ध, राष्ट्रिय राजनीतिमा भ्रष्टाचारमा चुर्लुम्म डुबेको ओली सरकार, पानीजहाजको हावादारी कुरा र पतञ्जली जग्गामा पूर्व प्र.म. माधव नेपालले गरिएको अनियमितता, सहकारी ठगीलाई उजागर गर्दै सांस्कृतिक झाँकी, कार्टुन, प्लेकार्ड, प्रदर्शन र प्रहसन गरी भक्तपुर नगर परिक्रमा गरिएको थियो । उक्त व्यङ्ग्यात्मक घिन्ताङघिसी भनपाको मूल्याङ्कनमा तेस्रो स्थानमा पुरस्कृत भएको थियो ।
२०८२ भदौ १ गते तःमुंज्या हुने नःपुखु परिसर र सहिद स्मृति खेल मैदानमा सरसफाइ कार्यक्रम भयो । कार्यक्रममा आयोजक समितिका अध्यक्ष रवीन्द्र खर्बुजाले ४५ औँ तःमुंज्या २ वडाको नःपुखु परिसरमा हुन लागेकोले खुसी व्यक्त गर्दै आर्थिक, भौतिक र नैतिक सहयोगको लागि अनुरोध गर्नुभयो ।
तःमुंज्यालाई सफल बनाउन देशैभरिबाट साहित्यकारहरूको सहभागिताको लागि विभिन्न प्रचारप्रसार माध्यम र व्यानर राखी प्रचारप्रसार तीव्र बनाइयो । सांस्कृतिक विधा दर्ता गर्न ४५ औँ तःमुंज्या आयोजक समितिको सम्पर्क कार्यालय, नेपालभाषा साहित्य तःमुंज्या कीर्तिपुर, काठमाडौँ, टोखा, ललितपुर, काभ्रेमा दर्ता गर्न सकिने व्यवस्था थियो ।
४५ औँ तःमुंज्याबारे स्थानीय टोलवासीहरूलाई तःमुंज्याको तयारी, प्रगति कार्य विवरण राख्दै स्थानीय इताछेँ भेगमा टोलवासीहरूलाई सहयोगको लागि आह्वान गरियो । कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले जनताको सांस्कृतिक स्तरसँगै राजनैतिक स्तर उठाउनुपर्नेमा जोड दिनुभयो ।
भदौ २४ गते ब्यासी भेगमा टोलवासीहरूको भेला जेन–जी आन्दोलनको कारण कफ्र्यु आदेश जारी गरिएकोले स्थगित हुन पुग्यो । २÷३ दिनसम्म जारी कफ्र्यु आदेश र तनावपूर्ण वातावरणले तःमुंज्या गर्न पो नमिल्ने हुन्छ कि भन्ने शङ्का पनि साथीहरूमा भयो । आयोजक समितिको बैठकमा २०४५ सालको काण्ड र २०७५÷७६ को कोरोनामा समेत अनलाइन गरी तःमुंज्या नरोकिकन अगाडि बढेको हुँदा देश, काल र परिस्थितिअनुसार तःमुंज्या हुने र सोहीअनुसार तयारी गर्ने निर्णयका साथ साथीहरू अगाडि बढे ।
भदौ १६ गते तःमुंज्या सफल पार्न तःमुंज्यामा प्रस्तुत गरिने साहित्यलाई स्तरीय र समय सान्दर्भिक बनाउने उद्देश्यले साहित्यकर्मी र संस्कृति कर्मीहरूको एक बृहत् भेला आयोजना गरियो । कार्यक्रममा अतिथि प्रेम सुवालले जनताले बुझ्ने भाषामा साहित्य लेख्नुपर्ने औँल्याउँंदै शोषित–पीडित, निम्न वर्ग तथा मजदुर किसानको आवाज उठाउनुपर्ने कुरा औँल्याउनुभयो । उहाँले तःमुंज्यामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तुलाई उजागर गरी जनतालाई राजनैतिक रूपमा सुसूचित बनाउन दबुको रूपमा तःमुंज्या अगाडि बढिरहेको हुँदा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध साहित्यमार्फत गर्नुपर्ने औँल्याउनुभयो । कार्यक्रममा प्रदेश सांसद सुरेन्द्रराज गोसाईले युग सुहाउँदो वर्गीय साहित्य सिर्जनाले मात्र समाजवादी गन्तव्यमा पुग्ने बताउनुभयो ।
२०८२ भदौ १७ गते कथा, निबन्ध लेखनबारे कथाकार ज्ञानसागर प्रजापति, विष्णुगोपाल कुसी र आशकुमार चिकंबन्जार तथा १८ गते कविता लेखनसम्बन्धी प्रशिक्षण सम्पन्न भयो । कार्यक्रममा नेपालभाषाका जनकवि चन्द्रबहादुर उलकले कविता लेखनमा लय, उपमा, अलङ्कार, प्रतीकको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गर्नुभयो । प्रशिक्षणबाट नयाँ प्रशिक्षार्थीहरू कथा, कविता लेख्न हौसिएका थिए ।
२०८२ भदौ २८ गते तःमुंज्या सफल पार्न बृहत् महिला भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा प्रमुख सुनिल प्रजापतिले संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्नु गलत छ भन्नुभयो ।
नेपालको संविधानमा प्रतिनिधिसभा सदस्यबाहेक कुनै पनि व्यक्ति प्रधानमन्त्री हुनसक्ने बन्दोबस्त नभएको हुँदा पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानविपरीत भएको बताउनुभयो ।
तःमुंज्या कामदारवर्गलाई राजनैतिक चेतना दिने जनताको विश्वविद्यालय भएको बताउनुभयो । सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा २०३९ देखि २०७९ सम्मको अवधिमा भनपामा निर्वाचित पूर्व तथा वर्तमान जनप्रतिनिधिहरूको भेला सम्पन्न भयो ।
तःमुंज्या सफल पार्न वडाका इन्जिनियर, स्वास्थ्यकर्मी, कर्मचारी, विद्यार्थी र पूर्वजनप्रतिनिधिहरूको छुट्टाछुट्टै भेला भएको थियो । २०८२ असोज ७ गते पत्रकार भेटघाट भयो । उक्त कार्यक्रममा तःमुंज्याको प्रगति प्रतिवेदन र तःमुंज्याको उद्देश्यबारे पत्रकारहरूलाई जानकारी दिइयो । तःमुंज्या कार्यक्रम राष्ट्रिय सम्मेलनभन्दा ठुलो कार्यक्रम भएको हुँदा यसको प्रचारप्रसार र व्यवस्थापनमा कमी हुन नहुने सुझाव पत्रकारहरूले दिएका थिए ।
२०८२ असोज ८ गते ब्यासीमा स्थानीय भेला भयो । आर्थिक सहयोग जुताउन असोज १३ गते बजार परिक्रमा गरी आर्थिक सङ्कलन गरियो भने असोज १६ गते विजया दशमीको दिन ब्रह्मायणी मन्दिर परिसरमा बसी प्रचारप्रसार तथा आर्थिक सङ्कलन गरियो ।
असोज १८ र १९ गते हुने तःमुंज्या सफल पार्न तःमुंज्याको पूर्वसन्ध्यामा बाजागाजासहित महिलाहरूको सुकुन्दा ¥याली गरी तःमुंज्याको सफलताको शुभकामनासहित प्रचारप्रसार गरियो ।
तःमुंज्याको उद्घाटन ९४ वर्षीय स्थानीय ज्येष्ठ नागरिक एवं वाद्य गुरु जगतलाल खर्बुजाबाट भयो । प्रमुख अतिथि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ, पहिलो दिनको सभापति वरिष्ठ इन्जिनियर राजेन्द्र हाडा र दोस्रो दिन १९ गते नेपाल नर्सिङ समाजका अध्यक्ष देविका दनेखु हुनुभएको थियो । कार्यक्रममा वरिष्ठ चिकित्सक, इन्जिनियर, प्राध्यापक, संस्कृतिविद्, इतिहासविद्, सीमाविद्, ज्योतिषशास्त्री, साहित्यकारहरूलाई आमन्त्रण गरिएको थियो ।
कार्यक्रममा देश र समाजप्रति योगदान गर्ने टोलका पाँच जना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुने व्यक्तित्वहरूमा सांस्कृतिक कनाथ गुरु जगतलाल खर्बुजा, किसान अगुवा कार्यकर्ता बिकुनारायण मातां, बौद्ध धर्म प्रचारक सङ्घरत्न निवा शाक्य, शिक्षक गोपाल बासुकला, सङ्गीतकार राजेश हाडा हुनुहुन्थ्यो ।
असोज १८ र १९ गते हुने कार्यक्रमको लागि ४० वटा साहित्य तालिकामा थिए भने अतिथि साहित्यकारहरूलाई पनि आमन्त्रण गरिएको थियो । बेलुकी ७ बजेदेखि सुरु हुने सांस्कृतिक कार्यक्रमको लागि जम्मा २३ वटा प्रस्तुतिहरूको तालिकीकरण सार्वजनिक भएको थियो ।
मौसम पूर्वानुमानअनुसार २०८२ असोज १८ र १९ गते देशैभर मौसम बदली रही पानी पर्ने सम्भावना थियो । पानी परे पनि कार्यक्रम अगाडि बढाउने दृढ अडानका साथ आयोजक समिति तयारी अवस्थामा थियो । पानी परे पनि पानी नचुहिने गरी ध्बतभचउचयया तभलत को व्यवस्थापन गरिएको थियो । नेपाल सरकारले अति आवश्यकबाहेक घरबाट ननिस्कन र देशभर बिदा दिँदै थप सोच्न बाध्य तुल्यायो । कार्यक्रम हुने नहुने र कार्यक्रम स्थलको बारेमा बुझ्न सबैको मोबाइल बज्न थाल्यो । कार्यक्रम सुरु हुने निश्चित थियो । साथीहरू जुटिरहे । समयको घडीले बिहान १०ः३० बज्न थालियो साथीहरूको आगमन भयो । पानी थामिने कुनै छाँटकाँट थिएन । ११ बज्यो, पूर्वनिर्धारित समत्न्दा आधा घण्टापछाडि ११ः३० मा कार्यक्रम सुरु भयो ।
युवा कवि दामोदर सुवालद्वारा रचित गायकद्वय रवि हाडा र लक्ष्मण पलिखेलले लोकेश्वर साकोसको सुमधुर बाँसुरी बाजाको धुनसँगै तःमुंज्याको पहिलो दिनको उद्घाटन कार्यक्रम स्थानीय ज्येष्ठ नागरिक एवं कनाथ बाजाका सांस्कृतिक गुरु जगतलाल खर्बुजाले गर्नुभयो । जनकवि ‘चन्द्रबहादुर उलकका कविताहरू’ र ‘वर्गं जक थः केनी’ नामक कवितासङ्ग्रह किताब विमोचन गरी समुद्घाटन भएको थियो । लाकेश्वर साकोसको बाँसुरी बाजाको धुनमा तःमुंज्या अगाडि बढ्यो । साहित्यकारहरूले आ–आफ्नो रचना वाचन गरे । अतिथिहरूको आगमन भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले शासक दलहरूले राजनीति सरकारमा पुग्न र सम्पत्ति कुम्ल्याउन गरिरहेको र नेमकिपाले देश र जनताको निःस्वार्थ सेवालाई नै सही राजनीति मानेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा प्रमुख सुनिल प्रजापतिले तःमुंज्या कामदारवर्गका जनताको साझा मञ्च भएको चर्चा गर्दै भक्तपुर नगरपालिकाले नेमकिपाको निर्वाचन घोषणापत्र अनुसार शिक्षा, सरसफाइ, स्वास्थ्यको माध्ययमबाट देश र जनताको सेवा गर्दै आएको बताउनुभयो ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाईले फरक राजनैतिक सिद्धान्तका साहित्यकार र बुद्धिजीवीहरूले तःमुंज्याको मञ्च पाउनु वास्तविक प्रजातन्त्रको अभ्यास भएको बताउनुभयो । अर्का साहित्यकार कृष्णकुमार वैद्यले साहित्यमा देश र जनताको अवस्था झल्किनुपर्ने बताउनुभयो । कवयित्री इन्दिरा प्रसाई, त्रि.वि. अङ्ग्रेजी विभागका प्रमुख तारालाल श्रेष्ठ, साहित्यकार यचु जोशी, भक्तपुर जिल्ला प्रमुख जिल्ला अधिकारी नमराज घिमिरे, ज्योतिषशास्त्री वीरेन्द्र कायष्ठ, वरिष्ठ इन्जिनियर रामविन्दु श्रेष्ठ, कवयित्री बेबी झा र बिचबिचमा साहित्य वाचन भएको थियो ।
पहिलो दिनको औपचारिक समारोहको सभापतित्व वरिष्ठ इन्जिनियर राजेन्द्र हाडाबाट भएको कार्यक्रममा आयोजक समितिका अध्यक्ष रवीन्द्र खर्बुजाले स्वागत गर्नुभएको थियो भने तःमुंज्या मूल गुठीका अध्यक्ष आशाकुमार चिकंबन्जार र जनकवि चन्द्रबहादुर उलकले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा सम्मेलनका प्रमुख अतिथि बिजुक्छेँले कनाथ बाजा गुरु एवं ज्येष्ठ नागरिक जगतलाल खर्बुजा, स्थानीय अग्रज किसान कार्यकर्ता बिकुनारायण मातां, बौद्ध धर्म प्रचारक सङ्घरत्न निवा शाक्य, शिक्षक गोपाल बासुकला, सङ्गीतकार राजेश हाडालाई कदरपत्रसहित नगद पुरस्कारबाट सम्मान गरियो । बेलुकी ७ः०० बजेदेखि सांस्कृतिक कार्यक्रम भएको थियो ।
तःमुंज्याको दोस्रो दिन मौसम राम्रो थियो । कार्यक्रम निर्धारित समयअनुसार स्वागत गानबाट सुरु भयो । मौसम अनुकूल भएकोले दर्शकहरूको पनि घुइँचो लागेको थियो । अतिथिहरूको आगमन पनि भइसकेको थियो ।
कार्यक्रममा अतिथि नारायणमान बिजुक्छेँले कमजोर सरकार भएको अवस्थामा देशको सार्वभौमिकतामाथि प्रहार हुनसक्ने र विदेशी षड्यन्त्र हुनसक्नेतर्फ सम्पूर्ण देशभक्त नेपाली जनता सजग हुनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका सचिव प्रेम सुवालले अमेरिकी र पश्चिमा शासकहरूकै साथ र सहयोगले इजरायलले प्यालेस्टिनी जनताको नरसंहार गरिरहेकोले विश्वकै न्यायप्रेमी जनताले नरसंहार र पश्चिमा देशको नीतिको विरोध गरिरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाही, नवराज कोइराला, नारायण महर्जन, कवि रामप्रसाद ज्ञवाली, सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारतले नेपालको ७१ ठाउँमा सीमा अतिक्रमण गरेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले नेपाली टोपीको स–प्रमाण विश्लेषण गर्नुभयो । कार्यक्रममा साहित्यकार हरिहर तिमिल्सिना, कवि अभय श्रेष्ठ, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, सीमा अध्येता रतन भण्डारी, प्रा.डा. जताधर झा, लेखक सूर्यप्रसाद लाक्व, भनपा प्रशासकीय अधिकृत वसन्त भट्टराई, भनपा उपप्रमुख रजनी जोशीले समय सान्दर्भिक विचार व्यक्त गर्नुभएको थियो । नर्सिङ समाज नेपालका अध्यक्ष देविका दनेखुको सभापतित्वमा भएको सो कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष श्यामसुन्दर मातांले स्वागत गर्नुभएको थियो । कार्यक्रममा सत्यनारायण मानन्धरले गीत र बिच–बिचमा साहित्य वाचन भएको थियो । आयोजक समितिका सचिव राजन जतिले धन्यवाद, कोषाध्यक्ष प्रनेश बाटीले आयव्यय विवरण राख्नुभएको कार्यक्रममा तःमुंज्या मूल समारोहका सचिव नरेश खत्रीले खुसी व्यक्त गर्नुभएको थियो ।
सम्मेलनमा साहित्यिक विधा कवितामा प्रथम सङ्गिता पञ्च, दोस्रो गङ्गाराम ज्याख्व, तेस्रो सत्यनारायण सुवाल, सान्त्वना लक्ष्मीप्रसाद कासुला र सुनिता गाइसी भयो । कथामा प्रथम श्रीया पहिजु, दोस्रो एल. के. सुन्दर, तेस्रो सूर्यनारायण फाजु, निबन्धमा के.जी. आचार्यले विशेष पुरस्कार प्राप्त गर्नुभएको थियो । पुरस्कृत साहित्यकारहरूलाई प्रमुख अतिथि बिजुक्छेँले पुरस्कार वितरण गर्नुभएको थियो ।
पहिलो दिन बेलुकी ६ः४५ बजे र दोस्रो दिन ७ः४० बजेबाट आयोजक समितिको स्वागत नृत्यबाट सांस्कृतिक कार्यक्रम सुरु भयो । कार्यक्रममा आस्था सांस्कृतिक परिवारको नृत्य र नाटक, ख्वप कलेजको नाटक, लोकेश्वर साकोसको ख्याल, बाल विकास सेकेन्डरी स्कूलको नृत्यलगायत २३ वटा सांस्कृतिक प्रस्तुति मञ्चन भएको थियो ।
आर्थिक, भौतिक र नैतिक रूपमा सहयोग गर्ने कलकारखाना, उद्योगी, व्यवसायी, व्यापारी, पसल, स्कूल, कलेज, वित्तीय संस्था, सहकारी संस्था, स्थानीय दाजुभाइ तथा दिदी बहिनीहरू, टोलवासी, सुकुन्दा ¥यालीमा सहयोग गर्ने सम्पूर्णमा हार्दिक धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *