भर्खरै :

सोभियत सङ्घको समाजवादी क्रान्ति : नायक र खलनायकहरू – ३

सोभियत सङ्घको समाजवादी क्रान्ति : नायक र खलनायकहरू – ३

(पत्रकार समाज नेपालले प्रकाशित गरेको स्तालिनका अङ्गरक्षक ए. टी. रेबिनको संस्मरण पुस्तकको नेपाली रूपान्तरण ‘स्तालिनसँग’ मा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको भूमिका पाठकको अध्ययनको निम्ति प्रकाशित गरिएको छ । – सम्पादक)
पार्टीका विश्वासघातीहरूसँगको सङ्घर्षमा स्तालिन
त्रोत्स्की
त्रोत्स्की नामले चर्चित लिओन त्रोत्स्की
(Leon Trotsky) ७ नोभेम्बर, १८७९ मा एक धनी यहुदी परिवारमा रुसको युक्रेनमा जन्मेका थिए । आठ वर्षको उमेरमा उनी कालासागरको उत्तरमा पर्ने ओडेसाको एक विद्यालयमा भर्ना भएका थिए । सन् १८९६ मा उनले युक्रेनकै अर्को सहर निकोलाएभको विद्यालयबाट आफ्नो प्रवेशिका परीक्षा दिए ।
त्यसबेला उनी १७ वर्षका थिए र माक्र्सवादतिर आकर्षित भए । सन् १८९७ मा उनी दक्षिण रुसी मजदुर सङ्घ स्थापना गर्न सहयोगी भए । उनी भर्खर अठार वर्षका थिए र पक्राउ परे । दुई वर्ष नहुँदै जेलबाट भाग्न खोजेको हुँदा चार वर्षको निम्ति उनी साइबेरियामा अर्थात् कालापानी पठाइए । त्यहाँ उनले एक सहयोगीसँग विवाह गरे । उनका दुई छोरी भए ।
चार वर्षको कालापानीको सजायमा उनले दुई वर्षमात्र बिताए र सन् १९०२ मा उनी जहान र छोरीहरू छोडेर भागे । उनी बेलायत पुगे र लन्डनमा समाजवादी प्रजातान्त्रिक दलमा सामेल भए । त्यसैबेला उनले लेनिनसँग भेटे । त्यसबेला उनी २३ वर्षका थिए ।
समाजवादी–प्रजातान्त्रिक सानो पार्टी भए पनि लेनिन पेशेवर क्रान्तिकारीहरूले ठुलो समूहका पार्टी समर्थकहरूको नेतृत्व गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । तर, मार्तोभ भन्ने अर्को रुसी नेता समर्थकहरूको ठुलो समूहलाई पनि समान प्रजातान्त्रिक अधिकार दिनुपर्छ भन्ने पक्षमा थिए । त्रोत्स्की त्यस मामिलामा तटस्थ थिए । अर्थात्, लेनिनको पक्षमा थिएनन् ।
२२ जनवरी १९०५ मा रुसमा निःशस्त्र जनतामाथि गोली चलाउँदा धेरै मानिस मारिए र जनता विद्रोहमा उठे । बा¥हौँ महिना वा वर्षको अन्त्यमा विद्रोह दबाइयो । त्रोत्स्की फेरि पक्राउ परे र साइबेरिया पठाइए । त्यसबेला २८ वर्षको उमेरमा उनी चर्चामा आए र जनवरी १९०७ मा उनी विदेश भागे । १० वर्षसम्म उनी अस्ट्रिया, स्वीजरल्यान्ड, फ्रान्स, अमेरिकाजस्ता देशका सहरमा बसेर रुसी क्रान्तिकारी पत्रिकाहरूमा लेख्दै गए । उनी ३४ वर्षका भए ।
फेब्रुअरी सन् १९१७ मा रुसमा पुँजीवादी क्रान्ति भयो । त्यसबेला उनी क्यानाडामा थिए । जारको गुप्तचरले बेलायत सरकारमार्फत उनलाई क्यानाडामै पक्राउ गर्न दबाब दियो । उनी एक महिना बन्दी भए र रुसको अस्थायी सरकारले उनको रिहाइको माग ग¥यो, उनी छुटे ।
रुसको अस्थायी सरकारको प्रधानमन्त्री पुँजीवादी दलका नेता करेन्स्की थिए । प्रम करेन्स्कीको निम्ति त्रोत्स्की एक आतङ्क लाग्यो र उनी पक्राउ परे । उनी जेलमा बोल्शेविक पार्टीमा सामेल भए र छिट्टै रिहा भए । त्यसपछि अस्थायी सरकारको विरोधको एक बलियो गढ पेट्रोग्राद सोभियतको उनी अध्यक्ष निर्वाचित भए ।
नोभेम्बर सन् १९१७ मा अस्थायी सरकारको पतन भयो र लेनिन जनताको सोभियत मन्त्रिपरिषद्को अध्यक्ष चुनिनुभयो । त्रोत्स्कीलाई नयाँ सरकारको विदेश विभागको मन्त्री बनाइयो । जर्मनीले सोभियत सङ्घमाथि हमलाको निहुँ खोज्दै थियो । सन् १९१८ जनवरी महिनामा जर्मनीले रुसको केही क्षेत्र र युद्धको क्षतिपूर्ति माग्दै थियो । रुसमाथि त्यसबेला धेरै साम्राज्यवादी देशहरूले आक्रमणको अवसर खोज्दै थिए । लेनिन तिनीहरूको एकतालाई टुक्र्याउन र जर्मनीको अन्यायपूर्ण मागहरूलाई अस्थायीरूपमा पूरा गरी पहिले रुसलाई बलियो बनाउन चाहनुहुन्थ्यो । तर, शान्तिको निम्ति लेनिनको उद्देश्यलाई अस्वीकार गर्दै त्रोत्स्कीले आफ्नो पदबाट राजीनामा गरी भर्खरको कम्युनिस्ट सरकार, त्यसको रक्षा र समाजवादको निर्माणलाई खतरा पु¥याउने काम गरे ।
लेनिनले त्रोत्स्कीलाई लालसेनाको नेता बनाउनुभयो । तर, त्रोत्स्कीका समर्थकहरूले सेनामाथि बोल्शेविक पार्टीको नियन्त्रण वा प्रभावको विरोध गरे । प्रतिक्रियावादी सेनाको आत्मसमर्पणपछि त्रोत्स्की पार्टी केन्द्रीय समितिको सदस्यमा चुनिए । लेनिनलाई सन् १९२२ मे महिनामा पहिलो हृदयघात भयो । सन् १९२२ मा लेनिनले स्तालिनलाई नयाँ पद, केन्द्रीय समितिको महासचिवमा नियुक्त गर्नुभयो । सन् १९२४ मा लेनिनलाई तेस्रो हृदयघात भयो । त्यही वर्षको २१ जनवरीमा उहाँ बित्नुभयो । सन् १९२७ को अक्टोबरमा त्रोत्स्कीलाई पार्टी केन्द्रीय सदस्यबाट निष्काशन गरियो र सन् १९२९ फेब्रुअरीमा कजाकिस्तानको अल्मा–अटामा निष्काशन गरियो । त्यसपछि उनी टर्की, फ्रान्स, नर्वे र मेक्सिको नगर गरी सात वर्ष घुमिरहे । ३० अगस्त १९४० मा मेक्सिको नगरमा बन्चरोको प्रहारबाट उनी ६० वर्षको उमेरमा मारिए ।
कामेनेभ
कामेनेभ (Lev Kamenev) सन् १८८३ जुलाई १८ मा मस्कोमा जन्मेका थिए । उनका बुबा एक रेल्वे मजदुर थिए । १९०१ मा १८ वर्षको उमेरमा उनी कम्युनिस्ट पार्टीमा सामेल भएका थिए । उनी जर्जियाको तिफलिस भन्ने विद्यालयमा भर्ना भए र पछि मस्को विश्वविद्यालयमा अध्ययन गरे । तर, १९०२ मा पक्राउपछि अध्ययनमा निरन्तरता पाएनन् र पिटर्सवर्ग, मस्को र तिफलिसमा कार्यकर्ता भई काम गरे ।
कामेनेभले त्रोत्स्कीकी बहिनी ओल्गा (Olga) कामेनेभसँग १९०० अर्थात् १७ वर्षको उमेरमा विवाह गरेका थिए ।
सन् १९०२ मा कामेनेभले विदेशमा गएर ‘रुसी समाजवादी प्रजातान्त्रिक’ दलका नेता लेनिनसँग भेटेका थिए । पेरिसमा गएर ‘फिलिङ्गो’ (Iskra) समूहसँग भेटे । सन् १९०५ मा ‘रुसी समाजवादी प्रजातान्त्रिक श्रमिक पार्टी’
(RSDLP) को लन्डनमा तेस्रो महाअधिवेशनमा भाग लिएका थिए । सन् १९०५ को रुसी क्रान्तिमा उनी पिटर्सवर्गमा सामेल भएका थिए । त्यसपछि उनले लन्डनमा रुसी समाजवादी–प्रजातान्त्रिक श्रमिक पार्टीको पाँचौँ महाअधिवेशनमा भाग लिए तथा सन् १९०७ को मई महिनामा बोल्शेविक केन्द्रको पार्टी केन्द्रीय समितिमा निर्वाचित भए । रुस फर्कँदा उनी पक्राउ परे तथा १९०८ मा जेलबाट छुटेपछि उनी विदेश गई लेनिनको ‘सर्वहारा’ (Proletariat) पत्रिकाका सहयोगी बने ।
सन् १९०८ को मध्यमा लेनिनसँग अलेक्जेन्डर बोग्दानोभ (Alexender Bogdanove) सँग मतभेद भएपछि कामेनेभ र जिनोभित् लेनिनका सहयोगी बने । तिनीहरूले बोेग्दानोभलाई निष्कासन गर्न मद्दत गरे ।
पेरिसमा १९१० मा बोग्दानोभले केही मेन्सेविक गुटसँग मिलेर पुनः एकताको प्रस्ताव राखे । लेनिनले त्यस प्रस्तावको कडा विरोध गर्नुभएको थियो । कामेनेभ र जिनोभित्ले दोधारे चरित्र देखाए । लेनिनको घोषणामा दुवै ‘भगुवा’ थिए ।
सन् १९१८ मा कामेनेभ मस्को सोभियतको अध्यक्ष भए तथा छिट्टै श्रम र रक्षा परिषद्मा लेनिनको सहायक बने । १९१९ मार्चमा उनी पहिले राजनैतिक समितिको पूर्ण सदस्य छानिए । उनको व्यक्तिगत सम्बन्ध उनको जेठान त्रोत्स्कीसँग १९१७ को क्रान्ति, रुसी गृहयुद्ध र सन् १९२० पछिसम्म पनि राम्रो थियो । त्यो सम्बन्ध पछिल्लो १५ वर्षसम्म थियो । जिनोभित् उनीभन्दा बढी महत्वाकाङ्क्षी थिए । अध्ययनले तिनीहरू कहिले फरक देखिन्थे र कहिले एक हुन्थे ।
सन् १९२४ मा त्रोत्स्कीले सन् १९१७ को क्रान्तिबारे ‘जिनोभित् र कामेनेभ सत्ता कब्जा गर्नेबारे विरोधमा थिए’ भनी लेखे । त्रोत्स्कीको विरोधमा ती दुवै स्तालिनसँग मिले । रुसी गृहयुद्धमा, सेनाको मन्त्रीबाट दिएको राजीनामा र जहाजको विषयमा सन् १९२५ को जनवरीमा क्रान्तिकारी सैनिक परिषद्को अध्यक्ष पदबाट राजीनामा गरेको हुँदा त्रोत्स्कीको प्रतिष्ठामा ठुलो धक्का लागेको थियो । जिनोभित्ले त्रोत्स्कीलाई कम्युनिस्ट पार्टीबाट निकाल्न माग गरेका थिए । तर, स्तालिनले बडो कुशलतापूर्वक भद्रताको भूमिका खेल्नुभयो ।
सन् १९२५ मा त्रोत्स्की किनारा लागेपछि स्तालिन, जिनोभित् र कामेनेभ एक ठाउँमा भए र पार्टीको मुखपत्र ‘सत्य’ (Pravda) का सम्पादक बुखारिन (Bukharin) र सोभियत प्रधानमन्त्री राइकोभ (Alexei Raykov) लाई हटाए । जिनोभित् र कामेनेभ लेनिनकी पत्नी (विधवा) लाई उक्साउन पुगे ।
डिसेम्बर १९२५ मा चौधौँ पार्टी महाअधिवेशनमा जिनोभित् र कामेनेभले स्तालिनलाई पार्टी महासचिवबाट हटाउने निर्णय गराउने पक्षमा थिए, जुन कुरा असम्भव थियो ।
जिनोभित्
जिनोभित् (Grigory Zinoviev) रुसको युक्रेनमा २३ सेप्टेम्बर १८८३ मा जन्मेका थिए । उनका बुबा एक डेरी किसान थिए । उनको औपचारिक शिक्षा थिएन, घरमै पढेर १४ वर्षको उमेरमा एक कर्मचारी भएका थिए ।
सन् १९०१ मा उनी रुसी समाजवादी प्रजातान्त्रिक श्रमिक पार्टीमा सामेल भए । उनी त्यसबेला १८ वर्षका युवा थिए र मजदुर सङ्घको गतिविधिमा लागे । प्रहरीको पक्राउ र यातनाबाट जोगिन उनी रुसबाट जर्मनी (बर्लिन) हुँदै पेरिस पुगे, सन् १९०३ मा उनी स्वीजरल्यान्ड पुगे तथा लेनिन र प्लेखानोभ (George Plekhanove) सँग भेटे ।
सन् १९०३ को शरद ऋतुमा जिनोभित् रुस फर्की ‘फिलिङ्गो’ को प्रकाशनमा लागे । पछि स्वीजरल्यान्डमा गई वर्न विश्वविद्यालयमा रसायनशास्त्र पढे । उनले बोल्शेविक पत्रिका ‘भेरोड’ (Vperyod) मा योगदान गरे ।
सन् १९०५ को क्रान्तिमा जिनोभित् रुस फर्की पिटर्सवर्गको आम हडतालमा काम गरे । गम्भीर मुटुको व्यथाको कारण उनी सङ्घर्ष छोडेर उपचार गर्न विदेश गए ।
सन् १९०६ को मार्च महिनामा रुस फर्की पिटर्सवर्गको धातु मजदुर गतिविधिमा भाग लिए तथा बोल्शेविक भएर पनि पिटर्सवर्गको मजदुर र सशस्त्र सङ्घर्षलाई रोक्न मेन्सेविकहरूसँग लागे ।
सन् १९३५ मा सेर्गेइ किरोभ (Sergey kirov) को हत्याको आरोपमा जिनोभित् पक्राउ परे अपराधमा संलग्न हुँदा १० वर्षको जेल सजाय भयो र पछि स्तालिनको हत्या गर्न आतङ्कवादी सङ्गठन बनाएको अभियोगमा जिनोभित् र सरकारमा रहेका अन्य नेताहरूसमेत अपराधमा संलग्न पाएको हुँदा २५ अगस्त १९३६ मा मस्कोमा ज्यान सजाय भयो ।
बुखारिन
निकोलाई तनोभिच बुखारिन (Nikolai Ivanovich Bukharin) ९ अक्टोबर १८८८ मा मस्कोमा जन्मेका थिए । उनी एक प्राथमिक विद्यालयका शिक्षक थिए । सन् १९०५ को रुसी क्रान्तिको बेला उनी एक विद्यार्थी कार्यकर्ता थिए । त्यसबेला उनी १७ वर्षका थिए ।
१८ वर्षको उमेरमा अर्थात् सन् १९०६ मा उनी रुसी समाजवादी प्रजातान्त्रिक श्रमिक पार्टी, बोल्शेविक गुटको सदस्य भए । १९०९ मा १९ वर्षको उमेरमा उनी मस्कोमा भएको राष्ट्रिय युवा सम्मेलनमा सहभागी भए ।
सन् १९०८ मा उनी २० वर्षको उमेरमा पार्टीको मस्को समितिको सदस्य भए । त्यसबेला त्यस्ता पार्टी समितिहरूमा जारका गुप्तचरहरू छ्याप्छ्याप्ती हुने गर्थे । उनी एक समितिका सक्रिय कार्यकर्ता भएको हुँदा गुप्तचरहरू पछि लाग्नु स्वाभाविक थियो ।
२३ वर्षको उमेरमा सन् १९११ मा केही समयको निम्ति उनी पक्राउ परे तथा निर्वासनबाटै उनी जर्मनीको हानोभर सहरमा भागे ।
सन् १९१२ मा उनले पोल्यान्डको काक्रोमा लेनिनसँग पहिलो पटक भेटे । निर्वासनमै उनले लेनिनको ‘साम्राज्यवाद – पुँजीवादको चरम अवस्था’ भन्ने पुस्तक पढेका थिए । त्यस पुस्तकबाट प्रभावित भएर उनले ‘साम्राज्यवाद र विश्वको अर्थतन्त्र’ भन्ने लेख लेखे । उनमा युरोपेली वामपन्थी नेताहरूको प्रभाव परेको थियो । उनी खास गरेर अस्ट्रियाली माक्र्सवादी साहित्यबाट आकर्षित थिए । त्यसकै सिलसिलामा उनी गैर–माक्र्सवादी आर्थिक सिद्धान्तकारहरूको नजिक पुगे ।
लेनिनसँग बरोबर छलफल हुन्थ्यो र कहिलेकाहीँ चर्काचर्की पनि पथ्र्यो भन्ने गरिन्छ । १६ अक्टोबर १९१६ मा बुखारिन न्युयोर्क पुगे । त्यहाँ उनले ‘नयाँ विश्व’ (नोई मिर) भन्ने रुसी समाचारपत्र प्रकाशित गरे । त्यहीँ उनको लियोन त्रोत्स्की र अलेक्जान्द्रा कोलोन्ताईसँग सङ्गत भयो । त्रोत्स्की जनवरी १९१७ मा न्युयोर्क पुगेका थिए र बुखारिन २८ वर्षका थिए ।
सन् १९१७ को रुसको फेब्रुअरी क्रान्तिबारे उनले न्युयोर्कमै समाचार सुने र उनी जापानबाट रुस पुगे अनि बोल्शेविक पार्टीको नेतृत्व तह केन्द्रीय समितिमा पुगे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *