भर्खरै :

“नेमकिपाले विचार र सिद्धान्तको राजनीति गर्छ”

“नेमकिपाले विचार र सिद्धान्तको राजनीति गर्छ”

महोत्तरी, १९ कार्तिक । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेमकिपा विचार र सिद्धान्तको राजनीति गर्ने पार्र्टी हो भन्ने तथ्य स्थापित हुँदै गएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी औरही टिम्कियामा बुधबार आयोजित पार्टी कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उहाँले समाजवाद कामदारवर्गको हित हुने राज्य व्यवस्था भएको स्पष्ट पार्दै नेमकिपाले कामदारवर्गलाई शासकवर्गको रूपमा उठाउने उद्देश्यले इमानदारीपूर्वक जनताको सेवा गर्दै आइरहेको बताउनुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टी नेपाली राजनीतिमा गौरवशाली इतिहास बोकेको पार्टी भएको उल्लेख गर्दै नेमकिपाले तराईका विभिन्न जिल्लामा किसान आन्दोलन गरी गरिब जनताको हक अधिकार सुनिश्चित गर्ने काम गर्दै आएको बताउनुभयो ।
उहाँले किसान समस्या समाधान भए देशको आधा समस्या समाधान हुने स्पष्ट पार्दै कामदारवर्गका जनताले राजनीति नगरेसम्म शोषकवर्गको पुँजीवादी व्यवस्थाको अन्त्य नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हिमाल, पहाड र तराईका गरिबहरूको समस्या समान छ । शोषकहरू जहाँका भए पनि जनताको शोषण गर्छन् ।”
नेपालका अधिकांश जनता शोषित पीडित छन् भन्दै उहाँले जनतालाई राजनैतिक रूपमा सङ्गठित गर्न सके देशमा ठुल्ठुला परिवर्तनहरू सम्भव हुने उल्लेख गर्दै नेमकिपाले गाउँ गाउँका जनतालाई शिक्षित र सङ्गठित गर्ने अभियानमा अगाडि बढिरहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोज साहले कार्यकर्ताहरू बौद्धिक रूपमा अगाडि बढ्न पार्टी प्रकाशनहरूको नियमित अध्ययन गर्नुपर्नेमा जोड दिँदै नेमकिपाले नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
नेमकिपा औरही टिम्किया एकाइ समितिका अध्यक्ष राजीव मण्डलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेमकिपा मधेश प्रदेश समितिका सचिव प्रकाश थुसा, नेमकिपाका रामजी दासलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *