जेन्युइनमा बृहत् प्रदर्शनी तथा खाद्य मेला आयोजना
- कार्तिक २०, २०८२

काठमाडौँ, १९ कार्तिक । ‘मुसहरमा महिनावारी पीडा’ १९ कार्तिक २०८२ को ‘अन्नपूर्ण पोष्ट’ को समाचारको शीर्षक हो । जनकपुरधामको मनिका झाको रिपोर्टअनुसार त्यो जातिमा ‘महिनावारी’ विवाहको उमेर, लाज र ठुलो अप्ठ्यारोको विषय हो । आधा केटीहरू २० वर्ष पुग्दा नपुग्दै कम उमेरमा विवाह गर्न बाध्य हुनाले रोग, शिक्षाबाट वञ्चित हुने र रोजगारीको अभावमा जीवनको दुःखको कारणमध्ये एक बन्छ ।
तर, देशमा कति महिलाहरू संसद् सदस्य, राजनैतिक र अनेक संस्था तथा समितिहरूका सदस्य र सभापति, मन्त्री र राष्ट्रपतिसमेत बने । तर, के ती महिला पदाधिकारीहरूले कहिल्यै तल्लोवर्गका महिलाहरूको समस्या निवारण गर्नमा व्यावहारिक काम गरे ?
के ठुला ठुला स्वरले महिलालाई माथिल्ला पदहरू दिएनन् भनी कराउने महिला नेतृहरूले दुर्गम जिल्ला, गाउँ र त्यस्ता साक्षरता साह्रै कम भएका जातजाति र भाषाभाषीहरूकहाँ गएर १–२ वर्ष होइन, दुई चार महिना काम गरेको कुनै र कसैको रेकर्ड छ ? प्रजातन्त्र, गणतन्त्र, समाजवाद र साम्यवादका फलाका गर्ने ती शासक दलहरूका नेता र नेतृहरूको मर्ममा त्यस्ता तल्लो वर्ग र जातिको बारे कुनै योजना छ ?
शासनमा आउने अहिलेसम्मका सबै नेता र नेतृत्व ९९ प्रतिशत शोषक वर्गबाट आएको हुनाले तिनीहरू महिला होऊन् वा पुरुष, युवा होऊन् वा प्रौढ सबै ‘एउटै ड्याङका मुला हुन्’ भन्ने उखानको गाउँ–गाउँ र गल्ली–गल्लीमा चर्चा छ ।
मुसहर बस्तीको लाहानको समाचार
१८ कार्तिक २०८२ को ‘नागरिक दैनिक’ले लेख्यो – ‘मुसहर बस्तीको झाडापखाला नियन्त्रणमा उन्मुख ।’
११ जनाको दिशाको परीक्षण गर्दा ९ जनामा ‘हैजाको जीवाणु’ भेटिएको समाचार छ । तराई र दुर्गमबाट यस्ता समाचारहरू दुई हप्तादेखि आइरहँदा सरकारको केन्द्र, प्रदेश र स्थानीय तह (नगरपालिका र गाउँपालिका) हरूले किन झाडापखाला नियन्त्रण’ महाअभियान चलाउँदैनन् ? त्यहाँका राजनीतिक दल, नेता र कार्यकर्ताहरू एवं नागरिक अभियन्ताहरू किन मौन छन् वा तदारुकता किन देखाउँदैनन् ?
के जात र भाषाभाषी क्षेत्रमा महामारी फैलेपछि मात्र हवाईजहाज, हेलिकप्टर र प्रधानमन्त्रीहरू जाने हुन् ? गरिब र ‘तल्लो जाति’ भनिएका कामदार जनताको गाउँ, क्षेत्र र इलाकामा फैलिएको महामारीलाई के केन्द्रीय सरकारको मन्त्री र स्वास्थ्य मन्त्रालय तथा विभागले सुन्दै नसुन्ने हो ? के राजधानीले सधैँ धर्ना, उपद्रव, जुलुस, हडताल र सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति र प्रधानमन्त्रीहरूको भवनमा आगो लागेको र मार–मुक्का लागेका घटनाहरूबाट पाठ नसिक्ने ?
यसकारण, राजधानी काठमाडौँमा होइन, दाङलाई राजधानी बनाउनुपर्ने प्रस्तावमा केही दम छ भन्ने बल्ल काठमाडौँ बासीहरूले पनि बुझ्न थालेको देखिन्छ ।
‘‘बुद्धिजीवीहरू पनि अज्ञानी हुन्’’
एकजना दार्शनिक र राजनीतिज्ञले आफ्नो देशको स्थितिबारे भनेका थिए, “बुद्धिजीवीहरू पनि अज्ञानी हुन्छन् ।”, कुनै व्यक्तिको अगाडि वा पछाडि ‘डा.’, ‘विद्यावारिधि’ वा ‘पीएचडी’ लेखेपछि वा पुँजीवादी विश्वविद्यालयले त्यस्तो ‘पकडी’ लगाई दिएपछि सो व्यक्ति ठुलै र जानकार हुन्छन् भन्ने धारणा राख्नु साह्रै गलत हुन्छ भन्ने धेरै उदाहरणहरूबाट थाहा हुन्छ ।
संयुक्त राज्य अमेरिकी ‘प्रजातन्त्र’ बारे त्यहाँका ‘निर्वाचित’ राष्ट्रपति ‘ट्रम्प’ कै गतिविधिबाटै विदेशका होइनन् अमेरिकाकै बुद्धिजीवीहरूसमेत लज्जित वा वाक्कदिक्क भएका छन् र अमेरिकामै कसैकसैले उनलाई ‘पागल’ भनेका छन् । के ट्रम्प पढे–लेखेका स्नातक होइनन् ? तर, के गर्नु क्यानडाजस्तो छिमेकी देशका प्रधानमन्त्रीलाई ‘क्यानडालाई अमेरिकाको ५१ औँ राज्य’ बनाउने हाकाहाकी प्रस्ताव गरे तथा ग्रिनल्यान्डलाई ‘ठेक्का’मा लिने प्रस्ताव गर्दा त्यहाँका प्रधानमन्त्रीले आफ्नो देश ‘बिक्रीमा छैन’ भनी वक्तव्य दिन बाध्य पारे ।
इजरायलको ‘युद्ध अपराधी’ भनी संयुक्त राष्ट्र सङ्घको अदालतले हाजिर हुन म्याद दिएका प्रधानमन्त्री नेतन्याहुलाई हजारौँ प्यालेस्टिनी, महिला र बालबालिका हत्या गर्ने इजरायली प्रमलाई बल र बुद्धि दिएर हत्याकाण्ड चालु राख्न दिने राष्ट्रपति ट्रम्पलाई के विवेकी र बुद्धिजीवी भन्ने हो ?
नेपालकै १९ कार्तिककै एक दैनिकमा ‘भू–राजनीतिमा किन विद्रोह हुँदै छ ?’ भन्ने शीर्षकमा एक लेख लेखियो । लेखक एक डा. पनि हुन् ।
उनले लेखे, “लिबियामा सैनिक तानाशाह कर्णेल गद्दाफी ४२ वर्षदेखि सत्तामा थिए । २० अक्टोबर २०११ मा भिडको आक्रमणमा मारिए ।”
संसार विभिन्न राजनीतिक बन्दोबस्तमा विभाजित छ । यो आज मात्र होइन संसारको इतिहासमा छोरोले आफ्नै पितालाई हत्या गरेर राजा बनेका घटनाहरू छन् । बौद्धकालमा राजा बिम्मिसारलाई आफ्नै छोरा अज्ञात शत्रु’ बाट नाउको नङ काट्ने साधनमा विष हालेर मारेका थिए । ‘शत्रु नै नजानेका अज्ञात शत्रु’ ले आफ्नै बुबालाई हत्या गर्न दिए । इतिहासमा विष प्रयोगबाट राजा राजकुमार, गोली हानेर राष्ट्रपति मार्ने घटनाहरू जहाँतहीँ छन् । तर, हेर्नुपर्ने र जान्नुपर्ने कारण के हो – मार्नुको उद्देश्य र मार्नेहरू कुन वर्ग र विचारका हुन् भन्ने बुझ्न अत्यन्त जरुरी छ ।
लिबियाको ठुलो क्षेत्रफलको थोरै जनसङ्ख्या भएको पेट्रोलको धनी देश हो । अमेरिका र अन्य साम्राज्यवादी तथा उपनिवेशवादीहरू पुनः लिबियालाई उपनिवेश बनाउन चाहन्थे । त्यहाँ तेलको खानी कुनै व्यक्तिको नाममा थिएन† देशकै सम्पत्तिको रूपमा थियो – निजी तेल कम्पनी थिएन । अमेरिकी र नाटो देशहरू ती सबै तेलखानी निजी बनाउन चाहन्थे ।
कर्णेल गद्दाफीले संयुक्त राष्ट्रसङ्घको महासभामा ‘संयुक्त राष्ट्रसङ्घको कार्यालय सधैँ एउटै महादेशमा राख्नुहुन्न’भन्ने भाषण दिएका थिए । त्यो एक प्रकारले अमेरिकी साम्राज्यवादलाई एक हाँक थियो – एक अफ्रिकी नेताको ।
यसकारण, अमेरिकी गुप्तचर विभागले बाहिरबाट हत्याराहरू लगेर गद्दाफीको हत्या गरेको सीआइएले आफैले स्वीकार गरेको हाम्रो नेपाली ‘डाक्टर’ साहेबलाई कसरी जानकारी भएन ? भिडले मारेको लेख्नुभएन र कारण पनि लेख्नुभएन ।
त्यति मात्र होइन इराकका तत्कालीन राष्ट्रपति सद्दाम हुसेनले पनि आफ्नो देशको तेल खानीहरूलाई निजी गर्न मानेनन् । देशका ठुल्ठुला उत्पादनका साधनहरू निजी हुनु भनेको पुँजीवाद हो । पुँजीवादमा थोरै मानिस वा कम्पनीको हातमा देशको सम्पत्ति हुन्छ र देशकै नाममा हुनु भनेको सारा जनता र राष्ट्रको हुन्छ ।
अर्को भाषामा उत्पादनका ठुलठुला साधनहरू राज्य र जनताको हुनुको अर्थ समाजवाद हो ।
नेपालका मित्र राष्ट्रहरूले दिएका सबै कलकारखाना र सेवा बेच्नु वा निजीकरण गर्नु वा व्यक्ति र कम्पनीलाई बेच्नु भनेको पुँजीवादलाई मलजल गर्नु हो । सरकारी हवाई सेवाको सट्टा निजी सेवालाई स्वीकृति दिनु, विश्वविद्यालय अस्पताल स्कूलजस्ता सबै सेवालाई निजी बन्दोबस्त गर्न दिनु पुँजीवादकै रूप हो अर्थात् केही ठुलाबडाको हातमा धन थुपार्नु हो ।
सद्दाम हुसेनले ‘अमेरिकी डलर’ सँग व्यापार गर्ने होइन, युरो डलरसँग व्यापार गर्ने र पेट्रोल खानी निजी गर्ने नमानेको कारणले नै उनको हत्या पनि अमेरिकी केन्द्रीय गुप्तचर विभागकै हो काम भन्ने कुरा सबै समाचारपत्रहरूमा आइसकेको विषय हो ।
हाम्रा नेपाली पाठकहरू गलत सूचनाको भरमा नपरून् भन्ने उद्देश्यले पाठक साथीहरूलाई जानकारी दिन खोजिएको हो ।
Leave a Reply