जेन्युइनमा बृहत् प्रदर्शनी तथा खाद्य मेला आयोजना
- कार्तिक २०, २०८२

भक्तपुर, १९ कार्तिक । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले स्वास्थ्यकर्मी तथा विशिष्ट व्यक्तिहरूको उपस्थितिमा बुधबार बालबालिकाहरूलाई स्वर्णविन्दु खुवाउनेसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना ग¥यो ।
भक्तपुर नगरपालिकाको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय प्रमुख डा. नदन कँडेलले स्वर्णविन्दु प्राशन कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै बालबालिकाहरूको सम्पूर्ण शारीरिक, मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन यो कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले हरेक महिनाको पुष्य नक्षत्रको दिन १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकाहरूलाई खुवाइने यो औषधि यो महिना कार्तिक २५ गते बिहान ७ बजेदेखि १० बजेसम्म रहेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १० स्थित स्वर्णविन्दु खुवाउने स्थल आयुर्वेद तथा वैकिल्पक चिकित्सालय रहेको छ । उहाँका अनुसार यो प्रत्येक महिनाको पुष्य नक्षत्रको दिन खाना खानुभन्दा अघि खुवाउनुपर्छ ।
बाल विशेषज्ञ डा. विमल शाहले स्वर्णविन्दुको प्राशनले स्मरणशक्तिमा सुधार गर्ने, पाचनशक्ति र शारीरिक वृद्धि गराउने, रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउने, बच्चालाई ऊर्जावान बनाउने तथा उचाइ तथा तौल वृद्धिमा पनि सहयोग पु¥याउने विचार व्यक्त गर्नुभयो ।
ज्वरो आएका, झाडापखाला लागेका, आउँ भएका र रुघाखोकी लागेका बालबालिकालाई सो औषधि खुवाउन नहुने स्पष्ट पार्दै उहाँले यसको विकास छैटौँ शताब्दी ईसा पूर्वदेखि नै भएको बताउनुभयो ।
भनपाका स्वास्थ्य संयोजक डा. रत्नसुन्दर लासिवाले कार्यक्रमको उद्देश्य सफल हुने विश्वास व्यक्त गर्दै त्यसको प्रचारप्रसारमा आ–आफ्नो स्थानबाट सबैले प्रचार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बालबालिकालाई बलियो बनाउन स्वर्णविन्दु प्राशनले थप टेवा पु¥याउने विचार उहाँले व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रशासकीय प्रमुख दामोदर सुवालले बालबालिकाहरूलाई प्रतिरोधात्मक क्षमता
बाँकी पृष्ठ ८ मा
कार्तिक…
अभिवृद्धिमा औषधिले सहयोग गर्ने विश्वास व्यक्त गर्दै यो पनि एक प्रकारको प्राथमिक उपचार विधि हो भन्नुभयो ।
यस्तो पोषणले पछाडि परेका या गरिब परिवारका सदस्यहरूको निम्ति उपयुक्त हुने उल्लेख गर्दै उहाँले आयुर्वेदिक चिकित्सा विधि मानव उपयोगी विधि हो भन्नुभयो ।
कार्यक्रममा जानकारी दिइएअनुसार यो वर्ष औषधि कार्तिक २५, मङ्सिर २२, पुस २९, माघ १८, फागुन १६, चैत १४, वैशाख १०, जेठ १६ र असार २३ गते खुवाइने छ । हरेक महिनाको उक्त निर्धारित दिन बिहान ७ बजेदेखि १० बजेसम्म खुवाइने छ । यो कार्यक्रम स्वास्थ्य मन्त्रालयअन्तर्गत वाग्मती प्रदेश सरकारमार्फत सञ्चालन भएको हो ।
औषधि सेवनबाट स्वास्थ्यमा कुनै असर नपर्ने आयोजक समितिले जनाएको छ । औषधि खुवाउँदा कमसेकम ३० मिनेटअघि खाना नखुवाएको हुनुपर्छ ।
Leave a Reply