वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युटबिच सम्झौता
- कार्तिक २१, २०८२

बुटवल, २० कार्तिक । नेपाल क्रान्तिकारी महिला सङ्घ जानकी गाउँपालिका वडा नम्बर ४ एकाइ समितिको आयोजनामा समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य हरिसुन्दर बासीले सैद्धान्तिक अडान र स्पष्टताको महत्वको विषयमा प्रकाश पार्नुभयो ।
उहाँले हरिबहादुर श्रेष्ठद्वारा रचित ‘समाज विकासको एक झलक’ पुस्तकबारे बताउँदै अध्ययनको आवश्यकताबारे बताउनुभयो । देशमा रहेको द्वैधशिक्षा नीति एउटा मुख्य समस्या रहेको प्रस्ट्याउँदै उहाँले सङ्गठनको महत्वबारे जोड बताउनुभयो । नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सचिव लक्ष्मी पुनले समानतामूलक समाजको सृजनाको निम्ति सबै जनता राजनैतिक रूपमा सचेत र सङ्गठित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सविन पण्डित, लक्ष्मी तारामीमगर, गगन थापामगर र सुजी ह्योङ्गजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply