भर्खरै :

सुर्खेतमा अक्टोबर क्रान्तिबारे अन्तरक्रिया

सुर्खेतमा अक्टोबर क्रान्तिबारे अन्तरक्रिया

सुर्खेत, २१ कार्तिक । १०८ औँ अक्टोबर क्रान्तिको सम्झनामा ‘अक्टोबर क्रान्ति र यसको महत्व’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सल्लाहकार सदस्य नर्मा गुरुङले रुसमा लेनिनले माक्र्सवादको आधारमा र देशको परिस्थितिअनुसार मजदुर किसानलाई सङ्गठित गर्दै क्रान्ति सफल पारेको चर्चा गर्दै नेपालमा कम्युनिस्टको झन्डा देखाएर अवसरवादीहरूले कम्युनिस्टकै बदनाम गरेको र पार्टीभित्रका अवसरवादीले पार्टी सङ्कटमा परेको बेला धोका दिएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्य एवम् जिल्ला समिति सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोराले सोभियत सङ्घ खत्तम पार्न पार्टीभित्र पसेका पार्टीविरोधी तत्वहरूको षड्यन्त्रबारे चर्चा गर्दै नेपालमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउन इमानदार कार्यकर्ता तयार गर्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्यका धनेन्द्र विकले रुसमा भएको करेन्सीको सोसलिस्ट रिभोलुस्नरी पार्टीजस्तै कम्युनिस्ट पार्टीको नाममा बनेका दलहरूले समाजवादी क्रान्ति दबाउन एनजीओ र आईएनजीओ प्रयोग गरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका उपाध्यक्ष लालबहादुर थापाले समाजवादी क्रान्तिका लागि युवाहरू सैद्धान्तिक रूपमा तयार हुनुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी जिल्ला समिति सुर्खेतका सदस्य चेतन पौडेल, गणेश खड्का, कुस्माकर खनाल, मनबहादुर विकलगायतले अक्टाबर क्रान्तिबारे बोल्नुभएको थियो ।
कार्यक्रम नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *