कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
भक्तपुर, २२ कार्तिक । वागीश्वरी माध्यमिक विद्यालयमा स्काउट दीक्षान्त कार्यक्रम शनिबार सम्पन्न भयो । कार्यक्रममा १०४ जना विद्यार्थी स्काउट सदस्यका रूपमा दीक्षित भएका छन् ।
कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले स्काउट गतिविधिबाट विद्यार्थीको सर्वाङ्गीण विकासमा ठुलो योगदान पुग्ने बताउनुभयो ।
समारोहका सभापति कृष्णप्रसाद कर्माचार्यले दीक्षित सदस्यहरूलाई बधाई दिँदै विद्यालयले स्काउट कार्यक्रमलाई अझ सशक्त बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अतिथि रामगोपाल कर्माचार्यले स्काउटिङले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, सेवाभाव र राष्ट्रप्रतिको उत्तरदायित्वको भावना विकसित गराउने बताउनुभयो ।
कार्यक्रममा अतिथि बालकृष्ण बनमालाले स्काउटका ३ प्रतिज्ञा र १० नियमहरू जीवनमा आत्मसात् गर्न सके जीवन सफल र अर्थपूर्ण हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्काउट विद्यार्थी प्रतिनिधि निवेदन साही र स्काउट शिक्षक प्रतिनिधि कमला प्रजापतिले स्काउट अनुभवबारे बताउनुभयो ।
स्काउट शिक्षक निरस थुयाजूले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको महत्वबारे स्काउट शिक्षक सृजन लवजूले गर्नुभएको थियो ।
दीक्षान्त समारोहमा सहभागी १०४ जनामध्ये ६ जनाले कञ्चनजङ्घा बायज, ३० जनाले अन्नपूर्ण बायज, ६ जनाले बीपी बायज र ६० जनाले सदस्यता बायजका साथै प्रमाणपत्र प्राप्त गरेका थिए ।
Leave a Reply