सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा
- कार्तिक २४, २०८२

सिरहा, २३ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सिरहाको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीबिच आइतबार लहान नपामा भेट भयो ।
भेटमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित कलेज र नगरभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक विशेषताबारे प्रस्ट पार्दै शिक्षा र स्वास्थ्यलाई नपाले विशेष प्राथमिकता दिई कार्य गरिरहेको बताउनुभयो ।
पर्यटन क्षेत्रको प्रवद्र्धनले नगरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउन मद्दत पु¥याएको प्रमुख प्रजापतिले बताउनुभयो ।
सिरहाका नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिकाको जे.एस. मुररका बहुमुखी क्याम्पस लहानको नमुना कलेजको रूपमा रहेको उल्लेख गर्दै भक्तपुर नपाबाट सञ्चालित कलेजहरूमा छिट्टै अध्ययन भ्रमणको लागि आउने तयारी रहेको बताउनुभयो ।
घरभाडा, व्यवसाय कर, पोखरी, जग्गा, खोला, हाट बजार आदिबाट लहान नपा कर सङ्कलन गर्दै आएको जानकारी गराउँदै उहाँले जेन–जी आन्दोलनबाट नपामा ठुलो क्षति पुगेको बताउनुभयो ।
लहान नपा २४ वडामा विभाजित रहेको र जनसङ्ख्या १ लाख १० हजारको हाराहारीमा रहेको उल्लेख गर्दे उहाँले धार्मिक पर्यटन प्रवद्र्धनमा नपाले जोड दिइरहेको बताउनुभयो ।
उक्त भेटघाटमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोज साह, नेमकिपा सिरहा जिल्ला अध्यक्ष विजय महतो, लहान नपा वडा नं. ४ का वडाध्यक्ष, भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, कार्यपालिका सदस्य रोशनमैंया सुवाललगायतको उपस्थिति थियो ।
भेटपश्चात नगर प्रमुख प्रजापतिले प्रमुख चौधरीलाई भनपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभएको थियो ।
Leave a Reply