भर्खरै :

जलवायु परिवर्तनले लाखौँ विस्थापित संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी

जलवायु परिवर्तनले लाखौँ विस्थापित संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी

जेनेभा, २४ कार्तिक (क्यूएनए) । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) ले जलवायु परिवर्तनको कारण विश्वभर लाखौँ मानिसहरू विस्थापित भएको पुष्टि गरेको छ ।
ब्राजिलमा ३० औँ संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन ९ कोप–३०० हुनुअघि जारी गरिएको एक प्रतिवेदनमा यूएनएचसीआरले विगत एक दशकमा मौसमसम्बन्धी प्रकोपहरूले लगभग २५ करोड आन्तरिक विस्थापनहरू निम्त्याएको जनाएको छ ।
दक्षिण सुडान र ब्राजिलमा बाढी, केन्या र पाकिस्तानमा रेकर्ड तोड्ने तापक्रम र चाड र इथियोपियामा पानीको अभावलाई उद्धृत गर्दै द्वन्द्वबाट विस्थापित तीनचौथाइ मानिसहरू मुख्यतः जलवायु परिवर्तनको प्रभावको जोखिममा रहेको जनाइएको छ ।
प्रतिवेदनले जलवायु परिवर्तनले विस्थापित समुदायहरू र द्वन्द्व प्रभावितहरूलाई तुलनात्मक रूपमा धेरै समस्या सामना गर्नुपर्ने जटिलता बढाइदिएको जनाएको छ ।
यूएनएचसीआरका अनुसार जलवायु परिवर्तनको नतिजालाई अनुकूल बनाउनका लागि उपलब्ध कोषको एकचौथाइ मात्र द्वन्द्वबाट खतरामा परेका देशहरूमा पुग्छ, जहाँ प्रायः ठुलो सङ्ख्यामा शरणार्थीहरू बसोबास गर्छन् ।
कोप– तथा वार्षिक संयुक्त राष्ट्र जलवायु सम्मेलनलाई प्रायः गरिब देशहरूले बढ्दो कठोर जलवायु अवस्थालाई अनुकूल बनाउन धनी राष्ट्रहरूबाट थप कोष व्यवस्थापनका लागि स्थापित मञ्चको रूपमा लिइन्छ ।
स्थिरता चाहनेहरूले जोखिममा रहेका मानिसहरूको थप विस्थापन रोक्नुका साथै जलवायु वित्तपोषण किनारमा बसोबास गर्ने समुदायहरूमा पुग्न आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तका आयुक्त फिलिपो ग्रान्डीले बताउनुभयो । उहाँले जलवायु सम्मेलनमा सहभागीहरूलाई आफ्ना प्रतिज्ञाहरू पूरा गर्न आग्रह गर्दै कोपले प्रतिज्ञा मात्र नगरी वास्तविक कार्य गर्नुपर्ने जनाउनुभएको छ ।
ब्राजिलको अमेजन वर्षावनमा रहेको बेलेम सहरमा हुने दुई हप्ताको वार्ताका लागि १९० भन्दा बढी देशका करिब ५० हजार सहभागीहरू भेला भइरहेका छन् । उनीहरूले जलवायु सङ्कट र यसका विनाशकारी प्रभावहरूलाई कसरी नियन्त्रण गर्ने भन्नेबारे छलफल गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *