भर्खरै :

भक्तपुर क्यान्सर अस्पतालको ३१ औँ वार्षिकोत्सव एवं नवनिर्मित प्रयोगशाला भवनको समुद्घाटन

भक्तपुर क्यान्सर अस्पतालको ३१ औँ वार्षिकोत्सव एवं नवनिर्मित प्रयोगशाला भवनको समुद्घाटन

भक्तपुर, २४ कार्तिक । भक्तपुर क्यान्सर अस्पतालको ३१ औँ वार्षिकोत्सव एवं नवनिर्मित प्रयोगशाला भवनको समुद्घाटन सोमबार एक समारोहबिच सम्पन्न भयो । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले उद्घाटन गर्नुभएको उक्त समारोहमा भक्तपुर क्यान्सर अस्पतालको स्मारिका पनि विमोचन गर्नुभयो । वि.सं. २०५१ सालमा जम्मा २ वटा शøयाबाट सुरु भएको क्यान्सर केयर युनिट हाल १५० शøयाको विशिष्टिकृत सेवासहितको क्यान्सर अस्पतालको रूपमा विकास भएको हो ।
कार्यक्रममा मन्त्री गौतमले अस्पतालको प्रगतिको कामना व्यक्त गर्दै अस्पतालले क्रमशः विभिन्न सेवाहरू थप गर्दै क्यान्सर पीडितको उपचारको लागि कटिबद्ध भई लागिरहेको बताउनुभयो ।
उहाँले क्यान्सर अस्पतालले बीमामार्पmत प्रदान गर्ने औषधि गुणस्तरीय नभएको भन्ने भ्रम गलत भएको बताउँदै त्यस्तो भ्रमको पछि नलाग्न अनुरोध गर्नुभयो । अस्पतालले स्वास्थ्य बीमा लागु गरेबापत पाउनुपर्ने भुक्तानी समयमा नपाउँदा झेल्नुपरेको समस्यालाई सम्बोधन गर्दै बीमा कार्यक्रमलगायत स्वास्थ्य क्षेत्रमा भएका समस्याहरूलाई क्रमशः सुधार गर्दै लान आपूm लागिपरेको बताउनुभयो ।
नेपाल सरकारले संविधान प्रदत्त निःशुल्क स्वास्थ्य सेवाको अधिकार कानुनबमोजिम पाउनुपर्ने हुँदा सरकारले आधारभूत स्वास्थ्य सेवा प्याकेज बनाएर प्राथमिक स्वास्थ्य केन्द्रमा लागु गरिरहेको बताउँदै त्यसको लागि सरकारले स्थानीय तहलाई सशर्त बजेटको व्यवस्था गरिएको प्रस्ट पार्नुभयो ।
धूमपान र मद्यपान क्यान्सको प्रमुख कारण भएको हुँदा यसलाई न्यूनीकरण गर्न सबैले आ–आप्mनो ठाउँबाट पहल गर्नुपर्ने मन्त्री गौतमले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका कार्यवाहक प्रमुख रजनी जोशीले अग्रजहरूको सङ्घर्ष र मेहनतले आज अस्पताल देशकै अग्रणी संस्थाको रूपमा विकास भएकोमा गौरवान्वित भएको बताउनुभयो । उहाँले ३ दशकअगाडिको यात्रा सहज नरहेको उल्लेख गर्दै गैरसरकारी संस्थामार्फत केही व्यक्तिहरूले भ्रष्टाचार र अनियमितता गरेको विरोधमा अस्पतालका कर्मचारी, स्थानीय जनता र नगरपालिकाले निरन्तर पहल गरेपछि अस्पताल व्यक्तिको हातबाट सरकारको नियन्त्रणमा पुगेको प्रस्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पतालको विकासको लागि २०५८ सालमा ५ रोपनी ४ आना जग्गा उपलब्ध गराउनुका साथै भवन निर्माणमा सहयोग गरेको स्मरण गर्दै अस्पतालले रोगको उपचारात्मक मान नभई रोगको अध्ययन, अनुसन्धान र निवारणलाई मध्यनजर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
ाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले क्यान्सरजस्तो भयावह रोगको उपचार भक्तपुरमै विशिष्टकृत सेवासहित उपलब्ध हुँदा ७७ वटै जिल्लाका जनतालाई उपचारमा सहज भएको बताउनुभयो ।
सूचना तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, अस्पतालका कार्यकारी निर्देशक उज्ज्वल चालिसेलगायतले बोल्नुभएको थियो ।
प्रमुख अतिथि गौतमले उक्त कार्यक्रममा अस्पतालमा लामो समयदेखि अनवरतरूपमा कार्यरत कर्मचारीहरूलाई प्रशंसापत्र वितरण गर्नुका साथै अस्पताललाई आर्थिकरूपमा सहयोग गर्ने विभिन्न संस्थालाई कदरपत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *