कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
जुम्ला, २७ कार्तिक । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति जुम्लाको आयोजनामा बिहीबार साहित्य गोष्ठी भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले साहित्यले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने भएकोले साहित्य प्रगतिशील र समाज परिवर्तनको निम्ति हुनुपर्ने धारणा राख्नुभयो ।
साहित्यमार्फत कामदार र श्रमजीवीवर्गको आवाज बुलन्द गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “कामदार जनतालाई सचेत एवं सङ्गठित गर्न साहित्यलाई उपयोग गर्न नेमकिपाले जोड दिँदै आएको छ ।”
विचारविहीन राजनीति, साहित्य, आन्दोलन, सङ्घर्ष आदिले देशलाई पराधीन बनाउने धारणा केन्द्रीय सदस्य काफ्लेले बताउनुभयो ।
पार्टी जिल्ला समितिका अध्यक्ष पूर्णलाल खत्रीले साहित्यले जनतालाई देश र जनताको भावना राख्न मद्दत गर्ने भएकोले साहित्य गोष्ठीलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
साहित्य सर्जक राजेश्वर देवकोटाले समाजवाद स्थापना गर्न समाजवादी गणतन्त्रको आन्दोलनलाई सहयोग गर्छ भन्ने भावनाको कविता प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा सर्जकहरू जङ्गबहादुर शाही, हेमराज कार्की, लोकेन्द्रराज गिरी, आकास सुनार, विक्रम तिरूवा, सन्तबहादुर घर्तीलगायतले साहित्य वाचन गर्नुभएको थियो ।
कार्यक्रममा जङ्गबहादुर शाहीले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो ।
Leave a Reply