सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, २८ कार्तिक । बासु माध्यमिक विद्यालयका शिक्षकबिच इजरायली फासीवादविरुद्ध प्यालेस्टिनी प्रतिरोध पुस्तकको अध्ययन गोष्ठी शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बासु मावि, व्यवस्थापन समितिका पूर्वअध्यक्ष सरोजराज गोसाईले साम्राज्यवादी देशहरूले गाजालाई हतियारको परीक्षणस्थल बनाइरहेको भनाइ राख्नुभयो । उहाँले अमेरिकी साम्राज्यवादले आफ्नो हतियारको संहारक क्षमता देखाएर हतियारको व्यापार गरिरहेको भन्दै युद्धको सन्त्रास देखाएर संरा अमेरिकालगायत साम्राज्यवादी देशहरूले हतियारको बिक्री गरिरहेको तर्क गर्नुभयो । यहुदीवादीहरूको पैसाले निर्वाचन जितेका अमेरिकी शासकहरूले इजरायललाई साथ दिइरहेको भन्दै उहाँले गाजाको भूराजनीति अवस्थिति तथा प्राकृतिक स्रोतमाथि कब्जा जमाउनकै निम्ति युद्ध भएको भनाइ राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले नेमकिपा अन्तर्राष्ट्रयवादी भएको कारणले एउटा सानो देशमाथिको हमलाको विरोधमा उभिएको भन्दै अरुलाई खाने बाघले हामीलाई पनि खानसक्ने नेपाली उखानबाट सिक्न सकिने तर्क गर्नुभयो ।
कार्यक्रममा भनपा वडा नं २ का वडाध्यक्ष एवम् बासु मावि, व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बासुकलाले भनपाले पारदर्शी ढङ्गबाट विकास निर्माणको काम गरिरहेको भनाइ राख्नुभयो । उहाँले भनपाले विकास निर्माणको काममा जनसहभागिता तथा जनतालाई कमभन्दा कम क्षति होस् भन्ने कुरामा ध्यान दिँदै आएको विचार राख्नुभयो ।
विद्यालयका प्राचार्य रविलाल प्रधानले काम गर्दा अप्ठेरो आउनु कुनै आश्चर्य नभएको भन्दै असल नियतले काम गर्दा अन्तमा सफलता नै मिल्ने धारणा राख्नुभयो ।
कार्यक्रममा विद्यालयका उपप्राचार्य राजकुमार ह्योंमिखा, नेक्रशिसङ्घ, बासुका अध्यक्ष पुनेन्द्र कुसी, मावि इन्चार्ज राम निरौला, निमावि इन्चार्ज रामहरि ताम्राकार, शिक्षकहरू साजन शाखकर्मी, कल्पना सुजखू, सूर्यलक्ष्मी श्रेष्ठ, सम्झना डों, कन्चन कुमारीलगायतले पुस्तकका विभिन्न आलेखबारे विचार राख्नुभएका थियो ।
Leave a Reply