भर्खरै :

सल्यानमा जनतासँग भेटघाट

सल्यानमा जनतासँग भेटघाट

सल्यान, २८ कार्तिक । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका २ लाम्दी बजार, त्रिवेणी गाउँपालिका वडा नम्बर ६ को लुहाम बजार, वडा नम्बर १ को काभ्रा बजार र कालिमाटी गाउँपालिकाको कालिमाटी ३ का जनतासँग भेटघाट कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश सदस्य एवं नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय उपाध्यक्ष लालबहादुर थापाले ८० लाखभन्दा बढी नेपाली युवाहरू वैदेशिक रोजगारमा जाँदा देशको अर्थतन्त्र परनिर्भर भएको र खाद्यान्न, तरकारी, फलफूल, माछामासुलगायत विदेशबाट आयात गर्नुपर्ने बाध्यता हुन गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “वैदेशिक ऋण २७ खर्ब, वार्षिक व्यापार घाटा १५ खर्ब र बेरूजु रकम १२ खर्ब रूपैयाँ हुनुमा पुँजीवादी पार्टीहरूको असक्षमता हो । देशको सार्वभौमिकता बचाउनको लागि नेपाली युवाहरू सचेत र सङ्गठित हुनुको विकल्प छैन । पुँजीवादी सरकारको चरित्र भनेको जसरी पनि नाफा कमाउने भएको हुँदा सार्वजनिक सेवाहरू शिक्षा, स्वास्थ्य र सार्वजनिक सम्पत्ति माफियाको हातमा सुम्पेर नेपाली जनतालाई शोषण गरिरहेका छन् ।”
नेमकिपा सुर्खेतका गणेश खड्काले पुँजीवादी व्यवस्था कामदार जनताको हित नगर्ने र समाजवादी व्यवस्थाले कामदार जनताको हित गर्ने स्पष्ट गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *