ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
- माघ ५, २०८२
भक्तपुर, २८ कार्तिक । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ तारा माध्यमिक विद्यालयको आयोजनामा शुक्रबार अक्टोबर क्रान्तिबारे प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले समाजमा सकारात्मक परिवर्तनका लागि क्रान्ति आवश्यक हुने बताउँदै एसिया महादेशकै पिछडिएको देश रुस अक्टोबर क्रान्तिपछि शक्तिशाली देशको रूपमा परिचित भएको चर्चा गर्नुभयो । स्वार्थ समूहहरूबिच सम्झौता हुँदा क्रान्ति पछि पर्ने भन्दै उहाँले संसारमा नयाँ पुस्तालाई दिशा निर्देश गर्ने काममा शिक्षकहरूले अप्रत्यक्षरूपमा भूमिका निर्वाह गर्ने दृष्टान्त प्रस्तुत गर्नुभयो ।
उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमबारे शिक्षकहरूले जानकारी राख्नुपर्ने औँल्याउँदै समाजवादी देश चीनमा शिक्षकले दैनिक समाचार विद्यार्थीहरूलाई अपडेट गराइरहेको कारण देश विकसित हुँदै गएको बताउनुभयो । संसारमा पहिलोपटक पञ्चवर्षीय योजना बनाई कार्यान्वयन गरिएको देश रुसले स्रोत साधनको अधिकतम परिचालन गरी देशको समुन्नत विकास गरेको उल्लेख गर्दै उहाँले शिक्षकहरूले राजनीतिलाई समाज सेवाको रूपमा सचेत भई लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नयाँ पुस्तालाई सही दिशा निर्देश गर्न नसक्दा जेन–जी आन्दोलन अराजक शैलीमा प्रस्तुत भएको र अन्ततः बलिदानमा टुङ्गिएको चर्चा गर्दै उहाँले शिक्षित, सक्षम व्यक्ति राजनीतिमा नलागी अशिक्षित असक्षम व्यक्तिको हातमा राजनीति गएको कारण देशले सङ्कट व्यहोर्नुपरेको हो भन्नुभयो ।
विव्यसका अध्यक्ष उपेन्द्र सुवालले शिक्षकहरूमा निःस्वार्थ र सामाजिक भावनाले काम गर्ने स्वभाव आवश्यक रहेको बताउँदै विद्यार्थीहरूलाई प्रोत्साहन दिन सम्बन्धित विषयबाहेक समसामयिक विषयमा पनि जानकारी राख्दै अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
विद्यालयका प्रअ प्रेमलक्ष्मी त्वायनाले रुसमा सन् १८२५ मा भएको ऐतिहासिक डिसेम्बर विद्रोहसम्बन्धी प्रस्तुति दिँदै निःस्वार्थ सेवाबाट ओतप्रोत भई आ–आफ्नो क्षेत्रमा सङ्घर्ष गरेर मात्र शोषणबाट मुक्त समाजको उदय हुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ तारा मा.वि. एकाइ समितिका पूर्ण थिकेको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षक श्याम ख्याजूले पनि बोल्नुभयो ।
Leave a Reply