अन्तर विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत खोखो,पोर्टबल र कसिमला पाँय् खेलको नतिजा खोखो खेल
- मंसिर २७, २०८२

भक्तपुर, २८ कार्तिक । भक्तपुर जिल्लाकै पहिलो स्काउटको रूपमा दर्ता भएको आदर्श आजाद मावि, भेलुखेलमा सञ्चालित आदर्श आजाद स्काउट ट्रुपको दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ ।
भक्तपुर नगरपालिकाका उपप्रमुख तथा भक्तपुर नगरका प्रमुख स्काउट रजनी जोशीको प्रमुख आतिथ्यमा भएको समारोहमा ५८ जना नयाँ विद्यार्थीहरूलाई सदस्यता बायजसहित दीक्षा दिइएको थियो ।
शुक्रबार नै २० जना स्काउटहरूलाई माथिल्लो तहको बायज अर्थात बेडेन पावेल शिखर बायज दिइएको थियो । रसुवामा रहेको एउटा हिमशिखरलाई स्काउटले बेडेन पावल शिखरको नाम दिएको छ ।
स्काउटलाई स्कार्फ र बायज दिँदै अतिथि रजनी जोशीले स्काउटले विपद्मा गरेका कार्यको सराहना गर्दै भक्तपुरमा विपद्मा आइपर्ने जोखिमबाट जोगाउने तरिका सिकाउनेसहित अनुशासित, कर्तव्यनिष्ठ र स्वयम्सेवी भावना जागृत युवा निर्माण गर्न भक्तपुरमा स्काउटलाई अनिवार्य गर्नेतर्फ अगाडि बढिरहेको जानकारी दिनुभयो ।
स्काउटमा बसेका विद्यार्थीहरूलाई नेपालमा बसेर र विदेशमा पढेर आए पनि मातृभूमिकै सेवा गर्ने भावना जागृत गराउनुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले स्काउटले जस्तो प्रत्येक नागरिकले दैनिक तालिका बनाई काम गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले लगनशिलता र मेहनत अनि अथक प्रयासले सफलता हासिल हुनसक्ने सूत्र ज्ञान दिनुभयो । जीवनमा हारजीत भइरहने र त्यसमाथि मात्तिने तथा आत्तिने नभइकन कर्म गर्न सिकाउने थलोको रुपमा स्काउट रहेको उहाँले स्पष्ट पार्नुभयो ।
नेपाल स्काउटका पूर्वसचिव रामगोपाल कर्माचार्यले समयको महत्व रहेको र समय तालिका मिलाएर डायरी बनाएर चल्यो भने स्काउट मात्र नभई प्रत्येक नागरिकको जीवन सहज हुने धारणा राख्नुभयो ।
नेपाल स्काउट भक्तपुर नगरका स्थानीय आयुक्त बालकृष्ण बनमालाले स्काउट प्रकृतिसँग नजिक रहेको र स्काउटले प्राणीमाथि अनि प्रकृतिमाथि दया राखी पर्यावरण जोगाउने जानकारी दिनुभयो । स्काउटले दिने मितव्ययिताले सफलतातिर अगाडि बनाउने जानकारी पनि उहाँले दिनुभयो ।
भक्तपुर नगरका सदस्यता वृद्धि आयुक्त पूर्णभक्त दुवालले स्काउटमार्फत जीवनोपयोगी शिक्षाका साथमा व्यवहारिक ज्ञान प्रयोगात्मक रूपमा दिने बताउनुभयो ।
आदर्श आजाद स्काउट ट्रुपका स्काउटर रत्नश्वरी चवालले स्काउटमार्फत इमानदार र देशभक्त नागरिक तयार हुने भएकोले प्रत्येक परिवारमा कम्तीमा एकजना स्काउट बनाउनु आवश्यक रहेको धारणा राख्नुभयो ।
विद्यालयका प्राचार्य चक्रबहादुर चाकतुले विगतमा स्काउटिङ गर्न समस्या हुने गरेकोमा अहिले सहज हुँदै गएकोले विद्यालयले स्काउट चलाइरहेको जानकारी दिनुभयो ।
Leave a Reply