भर्खरै :

समाज परिवर्तनको लागि भिड होइन विचारको पछि लाग्नुपर्ने

समाज परिवर्तनको लागि भिड होइन विचारको पछि लाग्नुपर्ने

काठमाडौँ २८ कार्तिक । कटुन्जे सामुदायिक सिकाइ केन्द्रको नवौँ वार्षिक साधारणसभा नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरको प्रमुख आतिथ्यमा कागेश्वरीको सहिद पार्कमा एक भेला गरी सम्पन्न भयो ।
प्रमुख अतिथि थापामगरले समाज परिवर्तनको लागि भिड होइन विचारको पछि लाग्नुपर्ने आवश्यकताबारे चर्चा गर्दै सिकाइ केन्द्रका विविध गतिविधिको निरन्तरताको कामना गर्नुभयो । सिकाइ केन्द्रले सरकारमा बस्ने पार्टीहरूले फैलाएका भ्रम र गरेका खराब कार्यको विषयमा आफ्ना सदस्यहरूलाई बरोबर छलफल गराउँदा समाजमा परिवर्तनको निम्ति सकारात्मक प्रभाव पर्ने उहाँले बताउनुभयो ।
विस्तारवादी भारतले देशको सिमाना दिनानुदिन मिचिरहेको तथा देशको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको बताउँदै उहाँले देशको भौगोलिक अवस्थाबारे बुझ्न र देशको नदीनालाको विषयमा जानकारी राख्न सिमाना अध्ययन भ्रमण पनि समय समयमा गर्नु उपयुक्त हुने धारणा राख्नुभयो ।
कार्यक्रममा समाजसेवी श्याम विसङ्केले कटुन्जे सामुदायिक सिकाइ केन्द्रले जनचेतनाको स्तर उठाउन र शिक्षा क्षेत्र, भाषा–कला–संस्कृतिलगायत विषय पुस्तान्तरणमा विविध गतिविधि गरिरहेको सकारात्मक पक्ष भएको बताउनुभयो । स्वास्थ्यलाई समेत ध्यानमा राखेर केन्द्रले छिकोङ व्यायाम सञ्चालन गरेको उदाहरणीय कार्य भएको बताउँदै उहाँले त्यसको निरन्तरताको कामना गर्नुभयो ।
महेन्द्र बखुन्छेँको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रामकृष्ण बखुन्छेँ, रामप्यारी न्हेम्हाफुकी र चनमती खुलीमुलीले पनि बोल्नुभएको थियो । कार्यक्रममा सिकाइ केन्द्रले प्रस्तुत गरेको प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पनि पारित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *