विदेशी ऋणको भरमा पर्दा नेपाल उपनिवेश हुनसक्ने
- मंसिर २७, २०८२

भक्तपुर, २९ कार्तिक । जर्मनीको कोटबस सहरमा अवस्थित लाउसिट्ज चिकित्सा विश्वविद्यालयका कुलपति प्रोफेसर इखार्ड नागेलको नेतृत्वमा नेपाल भ्रमणमा आएको चिकित्सकहरूको प्रतिनिधिमण्डलले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको शनिबार अवलोकन भ्रमण ग¥यो ।
प्रतिनिधिमण्डलले अस्पतालको इमर्जेन्सी सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, ल्याव सेवा, शल्यक्रिया सेवा, ल्याव सेवा, रेडियोग्राफी सेवा, अक्सिजन उत्पादन केन्द्रलगायतको अभिरुचिपूर्वक अवलोकन तथा अन्तरक्रिया ग¥यो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् ख्वप अस्पताल सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीलगायतले प्रतिनिधिमण्डललाई अस्पतालमा स्वागत गर्नुभयो ।
अस्पतालको अवलोकनपछि आयोजना गरिएको औपचारिक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले ख्वप अस्पताल जनताको अस्पतालको रूपमा विकास भइरहेको बताउनुभयो । भक्तपुर नगरपालिकाले स्थानीय जनताको स्वास्थ्य उपचार सेवालाई प्राथमिकतामा राख्ने क्रममा सानो आकारको जनस्वास्थ्य सेवा केन्द्र स्थापना गरेको र पछि क्रमशः विकास हुँदै हाल ख्वप अस्पतालको रुपमा विकास भएको उहाँले प्रस्ट पार्नुभयो ।
स्वास्थ्य उपचार सेवामा जर्मनी प्रविधिको विकासले नेपाली बिरामीहरूले पनि गुणस्तरीय सेवा पाइरहेको उल्लेख गर्दै पार्टी सचिव सुवालले ख्वप अस्पतालसँगको आपसी अन्तरक्रिया र अनुभव आदानप्रदान कार्यले चिकित्सा सेवा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जर्मन प्रतिनिधिमण्डलको नेपालको नेपाल भ्रमण सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
नगर प्रमुख एवम् ख्वप अस्पताल सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै नगरपालिकाले सम्पदा संरक्षणसँगैै शिक्षा र स्वास्थ्य उपचार सेवालाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो । उहाँले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँद्वारा लिखित पुस्तक ‘सय वर्षपछिको भक्तपुर’ मा प्रस्तुत गरिएको भक्तपुरको अवधारणालाई साकार पार्ने क्रममा गुणस्तरीय स्वास्थ्य उपचार सेवालाई सबै नागरिकको पहुँचमा पु¥याउने उद्देश्यले ख्वप अस्पताल अघि बढिरहेको बताउनुभयो ।
लाउसिट्ज चिकित्सा विश्वविद्यालयका कुलपति प्रो. इखार्ड नागेलले ख्वप अस्पतालले प्रदान गरिरहेको सेवाबाट आपूmहरू प्रभावित भएको चर्चा गर्दै लाउसिट्ज विश्वविद्यालय पनि नगरस्तरीय कार्ल थिम क्लिनिकको जगबाट सन् २०२४ मा स्थापना भएको बताउनुभयो । उहाँले विश्वविद्यालयले चिकित्सा अभ्यासलाई शिक्षा र अनुसन्धान कार्यसँग एकीकृत गरी उत्कृष्ट सेवा प्रदान गर्ने कार्यमा जुटिरहेको जानकारी दिनुभयो ।
जर्मन प्रविधिको सिटी स्क्यान मेसिन ख्वप अस्पतालले भित्याएकोमा खुसी व्यक्त गर्दै कुलपति नागेलले चिकित्सा प्रविधि हस्तान्तरण र अनुसन्धान कार्यमा दुवै अस्पतालबिच आदानप्रदान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
अर्का प्रोफेसर एवम् प्लास्टिक सर्जन जोर्न क्राप्होलले चिकित्सा क्षेत्रमा चुनौतीहरू आइरहने हुँदा चिकित्सा अभ्याससँगै अध्ययन अनुसन्धान कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
जर्मनीका लागि नेपाली राजदूत डा. शाहिल रुपाखेतीले कला–संस्कृति संरक्षण कार्यमा भक्तपुरको प्रयास प्रशंसनीय भएको उल्लेख गर्दै जर्मनीमा नेपालको परिचय दिँदा भक्तपुरको शैलीको प्रचार गरिरहेको बताउनुभयो ।
ख्वप अस्पताल सञ्चालक समितिका सदस्य रवीन्द्र ज्याख्व, अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ल र वरिष्ठ व्यवस्थापक विश्वजीत प्रजापतिले ख्वप अस्पतालको परिचय र विकासक्रमबारे जानकारी दिनुभयो ।
कार्यक्रममा ख्वप अस्पतालको तर्फबाट सञ्चालक समिति उपाध्यक्ष रजनी जोशी, सदस्यहरू योगेन्द्रमान बिजुक्छेँ र कृष्णप्रसाद कोजू, अस्पतालका विशेषज्ञ चिकित्सक तथा विभागीय प्रमुखहरू र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माक तथा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवाललगायतको उपस्थिति थियो ।
त्यस्तै जर्मनीको लाउसिट्ज चिकित्सा विश्वविद्यालयको तर्फबाट इमर्जेन्सी मेडिसिन म्युनिखका निर्देशक डा. टिम फ्लासबेक, डा. काय क्लोप्mट, डा. जुलियाना वान्जिक र व्यवस्थापक रोमी स्नाइडरको पनि उपस्थिति थियो ।
कार्यक्रमको सहजीकरण नेपाली कन्सल्ट्यान्ट अर्थोडेन्टिस्ट डा. सितुलाल श्रेष्ठले गर्नुभयो ।
Leave a Reply