भर्खरै :

वीरेन्द्रनगरमा वडा भेला

वीरेन्द्रनगरमा वडा भेला

सुर्खेत, १ मङ्सिर । नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर वडा नं. २ मा कार्यकर्ता भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्य एवम् पार्टी जिल्ला समिति सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोराले पार्टीको सिद्धान्तअनुसार काम गर्ने कार्यकर्ताको कर्तव्य भएकाले जनताको पक्षमा निरन्तर आवाज उठाउनुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समितिका सदस्य धनेन्द्र विकले पार्टी भनेको सिद्धान्त र विचार भएकोले विचारलाई जनतामाझ पु¥याउन हरेक पार्टी सदस्य लागिपर्नु बताउँदै पार्टी नयाँ बनाउँदैमा परिवर्तन हुने भए विगतमा धेरै पार्टी नयाँ बनेको तर भागबन्डा र कमिसनमा लागेकाले नयाँ बनेको दल पनि सत्तामा जाने भ¥याङ बनाएको बताउनुभयो ।
नेमकिपा वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाही, प्रेम सिजापति, रामप्रसाद तिमिल्सिना र वीरबहादुर रावतले पनि बोल्नुभएको थियो ।
भेलाले नरबहादुर बुढाको अध्यक्षतामा ९ सदस्यीय नेपाल मजदुर किसान पार्टी वडा नं. २ समिति गठन गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *