भर्खरै :

बाँकेमा गोमादेवी शाहीको सातौँ स्मृति सभा

बाँकेमा गोमादेवी शाहीको सातौँ स्मृति सभा

बाँके, १ मङ्सिर । नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा गोमादेवी शाहीको सातौँ स्मृति कार्यक्रम बाँकेको कोहलपुरमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि हरिलाल न्यौपानेले शाहीको योगदानबारे चर्चा गर्दै मृतक शाहीले निरङ्कुश पञ्चायती शासनको बेला गुप्तरूपमा पार्टीमा रहेर सहयोग गरेको बताउनुभयो । विभिन्न जनआन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएका उहाँले पार्टी जिल्ला समितिको सदस्य हुँदै महिला सङ्घ जिल्ला समिति बाँकेको अध्यक्ष भएर काम गर्दै आएको बताउनुभयो ।
नविनकुमार शाहीले शत्रुसामु नझुकी दत्तचित्त भएर लड्ने उहाँको कार्यबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।
प्रदेश समिति सदस्य नारायणी चौधरीले शाहीको प्रेरणाले महिला दिदीबहिनी सङ्गठित भई उहाँका अधुरो सपना पूरा गर्न लाग्नुपर्ने भन्नुभयो ।
अन्जिरबहादुर शाहीले शाहीको जीवनीबारे चर्चा गर्नुभयो ।
बाँकेका अध्यक्ष शेरबहादुर विकको सभापतित्वमा भएको सो कार्यक्रममा गौरीकान्त आचार्य र जिल्ला समितिका सचिव धनबहादुर सिजापतिले पनि बोल्नुभएको थियो ।
स्मरणीय छ, गोमादेवी शाहीको २०७५ साल कार्तिक २८ गते सवारी दुर्घटनामा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *