स्तनपानसम्बन्धी सरोकारवाला निकायहरूलाई अभिमुखीकरण
- बैशाख ३१, २०८३
कोरिया युद्ध (१९५०–५३) देखि नै अमेरिकी साम्राज्यवाद जिवाणु युद्ध र रासायनिक युद्ध अपराधी ठहरिंदै आएको हो । भियतनाम युद्धमा अमेरिकी साम्राज्यवादले सुन्तला रङ्गको ‘अरेंज रासायनिक हतियार’ प्रयोग गरेकै कारण तेस्रो पुस्तामा समेत त्यसको दूरगामी प्रभाव चालू छ । गिदी नभएका, आँखा–कान नभएका वा विकलांग बालकहरू जन्मिदै छन् । सुरुमा त्यस्तो लक्षण नदेखिएका सद्दे बालकहरूसमेत पछि अनेक रोगले पीडित हुँदा हजारौं जनताले दुःख पाइरहेका छन् । रासायनिक हतियार के हो र त्यसले जनतालाई कस्तो दुःख दिन्छ भन्नेबारे अमेरिकी प्रशासन र राष्ट्रपति ट्रम्पलाई होइन भियतनामी जनतालाई थाहा छ, साथै भियतनामबाट फर्केका कैयौं अमेरिकी सिपाहीहरूलाई थाहा छ । तिनीहरूमध्य कति मरे र कति कष्ट भोग्दै होलान् ।
यसकारण, अमेरिकी साम्राज्यवाद संसारको सबभन्दा ठूलो आतङ्ककारी शक्ति हो । कतिपय आतङ्ककारी सङ्गठन संरा अमेरिकी केन्द्रिय गुप्तचर विभाग (CIA) कै उपज हुन् । हालै ‘सिरियाका विद्रोहीद्वारा हातहतियारसहित आत्मसमर्पण गरियो । (गोरखापत्र–१ वैशाख २०७५) त्यस खबरले सिरियामा शान्ति आउने भयो भनी खुसी हुनुपर्नेमा उल्टै आक्रोशित भएर अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नै नेतृत्वमा बेलायत र फ्रान्ससँग मिलेर सिरियामाथि क्षेप्यास्त्रहरूद्वारा आक्रमण ग¥यो ।
सिरियाको सप्तवर्षीय युद्धमा संरा अमेरिकाले नै एक स्वतन्त्र र सार्वभौम देश सिरियाको निर्वाचित सरकारको विरोधमा आफ्ना समर्थकहरूलाई भाडाका सिपाही बनाएर विद्रोह गर्न दिएको थियो । ती भाडाका सिपाहीहरूमाथि आफ्नो देश र जनताको रक्षार्थ जस्तालाई त्यस्तै नीतिअन्तर्गत दमन गर्नु न्यायोचित हो । हरेक सार्वभौम देशलाई आफ्नो देशको रक्षा गर्ने अधिकार छ र त्यसो गर्नु जनताप्रतिको कर्तव्य पनि हो ।
संरा अमेरिका, बेलायत र फ्रान्सले सिरियामाथि गरेको आक्रमणको विरोधमा संरा अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस अगाडि नै प्रदर्शनका साथै ग्रीस, चिलीको राजधानी सान्टियागो र संसारका विभिन्न देशमा विरोध प्रदर्शन हुँदैछ । तर अमेरिकी राष्ट्रपति ट्रम्पले लाजै नमानी फेरि पनि सिरियामा आक्रमण हुने धम्की दिंदैछ । आफ्ना भाडाका टट्टुहरूको पराजयपछि अमेरिकी साम्राज्यवाद नाङ्गो भयो र सीधै आक्रमणमा उत्रियो । तर अमेरिकी केन्द्रिय गुप्तचर विभाग सिआईएको ‘प्रक्सी वार’ को पराजय साबित भयो । ‘चोरको खुट्टा काट्’ भन्दा चोरले खुट्टा उचालेजस्तै अमेरिकी साम्राज्यवाद आफ्नै युद्धमा उपस्थिति भयो आफ्ना दुई मतियार बेलायत र फ्रान्ससहित । तर तिनीहरूको धम्की र आक्रमणले अब संसारलाई तर्साउन सक्ने छैन बरु अमेरिकी साम्राज्यवाद झन् झन् सङ्कटमा फस्दै जानेछ ।
हिजो इराकमा अमेरिकी साम्राज्यवादले भाडाका सिपाहीहरू नै पठाएर ‘विद्रोह’ को नाममा आक्रमण सुरु ग¥यो, विद्रोहीहरू असफल हुँदै गएपछि रासायनिक हतियार भण्डारण गरेको झुटो आरोप लगायो । अन्तर्राष्ट्रिय जाँचबुझ समितिले इराकमा कुनै खतरनाक हतियार नभएको घोषणा ग¥यो । कुनै खतरनाक हतियार नभएको प्रस्ट भएपछि अमेरिका आफै अगाडि बढेर आक्रमण ग¥यो, राष्ट्रपति सद्दाम हुसेनलाई फाँसी दिई एक सार्वभौम देशमाथि लज्जास्पद ढङ्गले कब्जा जमायो तेलको निम्ति ।
त्यस्तै अमेरिकी साम्राज्यवादको पिछलग्गु नभएकोमा लिवियामाथि पनि हमला गरी र राष्ट्रपति गद्दाफीको हत्या ग¥यो । यस्ता अनेकौं अपराधहरू अमेरिकी साम्राज्यवादले ग¥यो र गर्दै जानेछ, जबसम्म अमेरिकी जनताले नै अमेरिकी साम्राज्यवादलाई चिहानमा गाड्ने छैनन् ।
श्रमिक साप्ताहिक (बैशाख ४)को सम्पादकीय
Leave a Reply