भर्खरै :

नेका र एमाले चुनावबारे किन स्पष्ट भएन ?

नेका र एमाले चुनावबारे किन स्पष्ट भएन ?

काठमाडौँ, २ मङ्सिर । एमालेका नेताहरू आफ्नो पार्टी निर्वाचनबाट भाग्ने होइन पनि भन्छन् र विघटित प्रतिनिधिसभाको पुनः स्थापना हुनुपर्ने जिकिर पनि गर्छन् । एमाले निर्वाचन वा संसद् पुनःस्थापनाबारे स्पष्ट हुन नसक्नु यसको राजनीतिक अस्पष्टता हो । नेकापछि सबभन्दा बढी सरकारको नेतृत्व गरेको पार्टी एमाले नै हो । नेकाले प्रतिनिधिसभा पुनःस्थापना विषयमा खुलेर बोलेको छैन । सरकार र निर्वाचन आयोगले बोलाएको बैठकमा नेकाको मत निर्वाचन नै थियो । मङ्सिर १ गते नेका र एमालेका दुई सांसदले सभामुख देवराज घिमिरेसँग अनौपचारिक भेट गरी प्रतिनिधिसभा पुनःस्थापनाबारे छलफल गरे । नेका पनि धुलमुलमा परेको पुष्टि भयो । नेकाका ४६ र एमालेका ३२ सांसदले संसद् पुनःस्थापनाको लागि हस्ताक्षर गरेको सार्वजनिक गरी जनतामा भ्रम फैलाउने काम भइरहेको छ । नेका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाको भदौ २४ गते घर आगजनीमा परेको बेला हजार रुपैयाँको नेपाली नोट चाङका चाङ जलेको बाँकी पृष्ठ ८ मा नेका… सार्वजनिक भयो । यसलाई देउवाले अस्वीकार गरे पनि जाँचबुझ समितिको अध्ययनमा सत्य भएको सार्वजनिक भयो । सामन्ती व्यवस्थामा जनताको रगत पसिनाबाट बनाइएका दरबार र भवनहरूलाई राजामहाराजाहरूले बनाएको भनी इतिहास लेखाए । कीर्तिपुरमा क्रिकेट मैदान जनताको करबाट निर्माण भएको हो । एमालेका केपी ओली प्रधानमन्त्री हुँदा निर्माण सुरु भएको भनी क्रिकेट मैदान ओलीले बनाएको दाबी गरिँदै छ । बरोबर उपप्रधानमन्त्री र गृहमन्त्रीसमेत भएकाहरूले दलितमाथि भेदभाव गर्नेलाई आजीवन काराबासको सजाय दिनुपर्ने दाबी गरे । उनले आफू गृहमन्त्री हुँदा त्यस्तो कारबाही कसलाई भयो ? बताएनन् । भारतको कर्नाटक राज्यमा महिलालाई महिनावारीको अवधिमा बिदा हुने व्यवस्था गरिएपछि ६० लाख महिलाको स्वास्थ्यमा मद्दत पुग्ने बताइयो । यो व्यवस्थाको लागि राज्य सरकारको बजेट कति थप हुने हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *